चार कलाकार तथा गायक पुरस्कृत
काठमाडौँ, १६ माघ । राष्ट्रिय युवा कोषले यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार तथा अरनिको युवा कला पुरस्कार चारजनालाई प्रदान गरेको छ ।
कोषले आज एक कार्यक्रमको आयोजना गरी नारायणगोपाल युवा सङ्गीत पुरस्कार गायक मनोजराज शिवाकोटी र इतु जोजिजु तथा अरनिको युवा कला पुरस्कार कलाकार नगेनसिंह ठकुरी तथा विष्णुप्रसाद श्रेष्ठलाई प्रदान गरेको हो । पुरस्कार राशि प्रत्येक व्यक्तिलाई रु २५ हजारका दरले प्रदान...






























