ग्रामीण सम्पर्क सुधार परियोजनाका लागि १० अर्ब ऋण सहयोग

ग्रामीण सम्पर्क सुधार परियोजनाका लागि १० अर्ब ऋण सहयोग

काठमाडौँ, २९ माघ ।  एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ । उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति रु १० करोड बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय नि...
फरार अपराधी २० वर्षपछि पक्राउ

फरार अपराधी २० वर्षपछि पक्राउ

बुटवल, २९ माघ ।  कर्तव्य ज्यान मुद्दामा अदालतबाट सर्वस्वसहित जन्म कैदको फैसला सुनाइएका एक फरार अपराधी २० वर्षपछि पक्राउ परेका छन् । रुपन्देही जिल्लाको साविक हर्नैया गाविस–२ हाल सियारी गाउँपालिका–३ की चन्द्रावती थारुलाई विसं २०५३ जेठमा कर्तव्य गरी मारेको अभियोगमा रुपन्देही जिल्लाको साविक सिक्टहन गाविस–६ (हाल देवदह नपा–१२) बस्ने वर्ष ५० को राधेश्याम जैसवाल कलवारले भैरहवामा आफ्नो वास्तविक परिचय लुका...
तातोपानी नाकाबाट ११८ किलोग्राम सुन बरामद

तातोपानी नाकाबाट ११८ किलोग्राम सुन बरामद

मेलम्ची, २९ माघ ।  सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ । भूकम्पअघि तातोपानी नाका सञ्चालन हुँदा सुन तस्करको गिरोह जिल्लामा सक्रिय थियो । नेपाली र चिनियाँ नागरिकको मिलेमतोमा नेपाल ...
विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज नेपाल र केन्या भिड्दै

विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज नेपाल र केन्या भिड्दै

काठमाडौं, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तरगत नेपालले आज आफ्नो चौथो खेल आज केन्याविरुद्ध खेल्दैछ । पाँच पटक एक दिवसीय विश्वकप खेलेर सेमिफाइनलसम्म पुगिसकेको केन्याविरूद्ध आज नेपाली टोलीले दिउँसो सवा १ बजे नामिबियाको वन्डरर्स मैदानमा खेल्दैछ। विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट नेपालसँगै रेलिगेट भएर केन्या डिभिजन–२ मा पुगेको हो। डिभिजन–२ मा यसअघि खेलेका दुबै खेल गुमँएइसकेको केन्या ...
प्रदेश नं ३ : मुख्यमन्त्री डोरमणि पौडेलद्वारा सपथ ग्रहण

प्रदेश नं ३ : मुख्यमन्त्री डोरमणि पौडेलद्वारा सपथ ग्रहण

हेटौँडा, २९ माघ । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आज यहाँ आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराउनुभएको छ ।  मुख्यमन्त्री पौडेलले आजै पदभार सम्हाल्ने छन् । प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दागी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गर्नुभएको थियो । नेकपा (एमाले) का तर्फबाट मकव...
ज्येष्ठ नागरिकद्वारा वृद्धाभत्ता बढाउनुपर्नेमा  जोड

ज्येष्ठ नागरिकद्वारा वृद्धाभत्ता बढाउनुपर्नेमा जोड

काठमाडौँ, २९ माघ ।  ज्येष्ठ नागरिकले वृद्धाभत्ता बढाउनुपर्नेमा जोड दिंदै आएका छन् । अहिले पाउँदै आएको रु दुई हजार भत्ता पुनरावलोन गरी महँगी र समयअनुसार बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि धर्ना समेत दिँदै आएका हुन् । ऐनमा व्यवस्था भएअनुसार यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिनुपर्नेलगायतका माग गर्दै विगत पाँच वर्षदेखि नयाँ बानेश्वरस्थित संविधानस...
सौराहा महोत्सवमा हात्ती वनभोज कार्यक्रम थप आकर्षण

सौराहा महोत्सवमा हात्ती वनभोज कार्यक्रम थप आकर्षण

रत्ननगर, चितवन, २९ माघ । प्रेम दिवस (भ्यालेन्टाइन डे)का अवसर पारेर चितवनको सौराहामा आइतबारदेखि शुरु भएको खाना महोत्सव (फुड फेस्टिवल)मा हात्ती वनभोज कार्यक्रम थप गरिएको छ । यसपालि पहिलो पटक खाना महोत्सवमा हात्तीको वनभोज कार्यक्रमसमेत समावेश भएको सौराहा खाना महोत्सवका संयोजक कपिल रेग्मीले जानकारी दिनुभयो । चितवनको रत्ननगरस्थित सिसवार चौरमा माघ २८ देखि फागुन ३ गतेसम्म १२औँ सौराहा खाना महोत्सव गरिए...
एड्सबारे जनचेतना जगाउन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने

एड्सबारे जनचेतना जगाउन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने

नगरकोट, २९ माघ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने भएको छ । एड्स हेल्थकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा ‘सुरुवात’ नामक संस्थाले भक्तपुरमा सो कन्सर्ट गर्न लागेको हो । उक्त कन्सर्ट भक्तपुर दरबार क्षेत्रस्थित पद्म माध्यमिकविद्यालय परिसरमा हुने संस्थाले ज...
प्रदेश नं ५ को सभामुख घर्तीलाई बनाउने माओवादी निर्णय

प्रदेश नं ५ को सभामुख घर्तीलाई बनाउने माओवादी निर्णय

बुटवल, २९ माघ । माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ । माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपनेतामा प्यूठानका कृष्णध्वज खड्का, दलको प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा...
प्रदेश १ मा आज प्रदेश सभा बैठक बस्दै

प्रदेश १ मा आज प्रदेश सभा बैठक बस्दै

विराटनगर, २९ माघ । प्रदेश १ मा प्रदेश सभा बैठक आज बस्दैछ। प्रदेश १ को सभामुखमा एमालेका प्रदीपकुमार भण्डारी आज निर्विरोध चयन हुँदै छन् । आइतबार प्रदेश सभा सचिवालयमा सभामुखको मनोनयनमा भण्डारीको मात्रै उम्मेदवारी परेको छ । प्रदेश १ को प्रदेश सभाको बैठक सोमबार दुईपटक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकले सभामुख चयन गर्नेछ । प्रदेश सभा सचिवालय सचिव ध्रुवप्रसाद घिमिरेले पहिलो बैठकले सभामुख चयन गर्ने बताए...
प्रदेश १ : प्रदेश प्रमुख सरकार गठनका लागि पत्रको प्रतीक्षामा

प्रदेश १ : प्रदेश प्रमुख सरकार गठनका लागि पत्रको प्रतीक्षामा

विराटनगर, २९ माघ। सरकार गठनका लागि प्रदेश १ का प्रदेश प्रमुख प्रा. गोविन्दबहादुर तुम्बाहाङ दलको पत्र कुरेर बसेका छन् । प्रदेश १ मा बहुमत प्राप्त दलले संसदीय दलको नेता चयन गरिसकेकाले प्रदेश प्रमुख सरकार गठनका लागि पत्रको प्रतीक्षामा छन् । संविधानअनुसार बहुमत प्राप्त दलले सरकार गठनका लागि माग गर्दै पत्र लिएर आएमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेर शपथग्रहण गराउनेछन् । मुख्यमन्त्रीको अध्यक्षत...
फोनिज उदयपुरको अध्यक्षमा राई निर्वाचित

फोनिज उदयपुरको अध्यक्षमा राई निर्वाचित

गाईघाट, उदयपुर, २९ माघ ।  नेपाल आदिवासी तथा जनजाति महासंघ आबद्ध भ्रातृ संगठन आदिवासी तथा जनजाति पत्रकार महासंघ (फोनिज) उदयपुर जिल्लाको तेस्रो अधिवेशनले पत्रकार सुपराज राईको अध्यक्षता नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनमा राईले अर्का प्रतिद्वन्द्वी पत्रकार देवराज राईलाई पराजित गर्र्दै अध्यक्षमा विजयी हुनु भएको हो । यस्तै, उपाध्यक्षमा उर्मिला दनुवार ,सचिवमा ईश्वर बलाम्पाकी ...
नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ

नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ

लहान, २९ माघ । नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिका–२ निवासी १६ वर्षीय महेशकुमार यादवलाई पक्राउ गरेको हो । नयाँ चोहर्वा चोकम...
शैनिक दिबशको अबशरमा राउत आज नेपाल आउँदै

शैनिक दिबशको अबशरमा राउत आज नेपाल आउँदै

काठमाडौं, २९ माघ । भारतीय स्थल सेना प्रमुख विपिन राउत आज  नेपाल आउँदैछन् । महाशिवरात्रीको दिन मनाइने नेपाली सेना दिवसमा सहभागी हुन राउत नेपाल आउन लागेका हुन् । सेनाका प्रवक्ता नैनराज दाहालले भने, ‘आर्मी डेकै लागि भारतीय सेना प्रमुख नेपाल आएको पहिलोपटक नै हो ।’ नेपाल एकीकरण भएको सम्झनामा हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रीको दिन सेना दिवस मनाउने गर्दछ । दिवसको अवसरमा मंगलबार सैनिक मञ्च टुँडिखेलम...
लाप्राकमा मकैको बिहे धुमधामले गरियो

लाप्राकमा मकैको बिहे धुमधामले गरियो

काठमाडौं, २९ माघ। लाप्राकका किसानले शनिबार धुमधामले मकैको बिहे गरेका छन् । ‘मकैको बिहे नगरी मकै रोप्न नहुने परम्परा छ’, स्थानीय मार्सिङ गुरुङले अन्नपूर्णसँग भनेका छन्, ‘फागुन लागेपछि मकै रोप्ने काम हुन्छ, त्यसैले मकैको बिहे गरेका हौं ।’ मनाङे डाँडादेखि सुरु भएको बिहे कार्यक्रम गाउँमा आएर समापन भएको थियो । मकै रोप्नुअघि प्राचीन परम्पराअनुसार उनीहरुले मकैको बिहे गरेको समाचार अन्नपूर्ण पोस्ट दैन...
प्रेमी गर्भवती बनाएर विदेशिए, प्रेमिकाले बिहे गरिन् : बिहेकै रात छोरा जन्मियो !

प्रेमी गर्भवती बनाएर विदेशिए, प्रेमिकाले बिहे गरिन् : बिहेकै रात छोरा जन्मियो !

लहान,२९ माघ । सुन्दा पनि अच्चम लाग्छ। तर, यथार्थ हो। बिहे गरेर घर भित्र्याएकै दिन बेहुलीले बच्चा जन्माइन्। यो सिरहा सुखिपुर नगरपालिका ४ को घटना हो। स्थानीय उमेश मोचीले बिहे गरेर घर ल्याएकै दिन दुलहीले बच्चा जन्माइन्। यो घटना अहिले चर्चाको विषय बनेको छ। बरियारपट्टी गाउँपालिका ३ शिवनगरकी शोभा रामसँग उमेशले धुमधामसँग बिहे गरेका थिए । तर, घर भित्राएकै रात शोभाले छोरालाई जन्म दिएपछि परिवारका सदस्य ...
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सुरुङ्गा, झापा, २९ माघ ।  झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आइतबार साँझ दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा मे१त ४०४९ नंको ट्र्याक्टरले मे२प १८८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँ निवासी १७ वर्षीय बुद्धिराज लिम्बूको मृत्यु भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेक...
रेडक्रसको लापरबाही: राज्यलाई छलेर ५ अर्ब खर्च

रेडक्रसको लापरबाही: राज्यलाई छलेर ५ अर्ब खर्च

काठमाडौं, २९ माघ । नेपाल रेडक्रस सोसाइटीले राज्यको नीति–नियम लत्याउँदै अर्बौं रुपैयाँ खर्च गरेको छ । परोपकारी संस्था रेडक्रसले समाजकल्याण परिषदको स्वीकृति नलिई विभिन्न कार्यक्रम सञ्चालन गरेको हो । ‘राज्यलाई छलेर ५ अर्ब खर्च’ शीर्षकको समाचारमा नागरिकले लेखेको छ– रेडक्रसका पदाधिकारीहरुले राजनीतिक प्रभावका आधारमा कानुनी प्रक्रिया नै पूरा नगरी संस्था नवीकरण गरिएको पाइएको छ । रेडक्रसका यस्ता कार्यले स...
‘प्रधानन्यायाधीश पराजुलीको नागरिकतामै ३ जन्ममिति’

‘प्रधानन्यायाधीश पराजुलीको नागरिकतामै ३ जन्ममिति’

काठमाडौं, २९ माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीले जिल्ला प्रशासन कार्यालयमा कम्तिमा दुई पटक जन्ममिति फेरबदल गरेको र तीन पटक प्रतिलिपि निकालेको तथ्य फेला परेको छ। नागरिकताको अभिलेखमा पटक पटक तथ्यांक फेरबदल गर्नु कानुनी रुपमा दण्डनीय मानिन्छ । ‘२०३० साउन २१ मा तनहुँबाट नागरिकताको प्रमाणपत्र निकालेका पराजुलीले त्यसपछि काठमाडौंबाट कम्तिमा दुई पटक प्रतिलिपि निकालेको तथ्य यसअघि सार्वजनिक भएको थियो ...
वाम एकता: एमालेलाई महासचिव, माओवादीलाई अध्यक्ष

वाम एकता: एमालेलाई महासचिव, माओवादीलाई अध्यक्ष

काठमाडौं,२९  माघ ।  समाचार अनुसार एमाले र माओवादी केन्द्रले एकता वार्तालाई निर्णायक मोडमा पुर्याउने तयारी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले दुई–तीन दिनभित्रै परिणाम आउने गरी निर्णायक वार्ता गर्ने जनाएका छन् भने एमालेले पनि नयाँ मोडालिटीसहित वार्तामा बस्ने तयारी गरेको छ । नयाँ पत्रिकाका अनुसार एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्...
कर्णालीमा एमबिबिएस पढाइ भएको हेर्ने धोका छ: प्रधानमन्त्री देउवा

कर्णालीमा एमबिबिएस पढाइ भएको हेर्ने धोका छ: प्रधानमन्त्री देउवा

सुर्खेत, २८ माघ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई प्रदेश नं ६ कै स्वास्थ्य क्षेत्रको गौरव भएको बताउनु भएको छ । रु ७५ करोड बजेटमा निर्मित ३०० शय्याको प्रतिष्ठानको नवनिर्मित भवन आज उद्घाटन गर्दै उहाँले भौगोलिक रुपले विकट र पिछडिएको क्षेत्रमा निर्मित प्रतिष्ठानबाट स्वास्थ्य क्षेत्रमा समृद्धि आरम्भ हुने बताउनुभयो । “जसरी स्थापनाकालदेखिको तीव्र गतिम...
भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउने

भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउने

काठमाडौँ, २८ माघ । भारतीय सेनाध्यक्ष विपीन रावत सोमबार नेपालको भ्रमणमा आउनुहुने भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउन लाग्नुभएको हो । नेपाल एकिकरणको २५० वर्षगाँठ मनाउने क्रममा आगामी फागुन १ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विषेश अतिथिको रुपमा सहभागि हुन उहाँ नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । नेपाली सेना र भारतीय स...
जिप दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो

जिप दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो

म्याग्दी, २८ माघ।  बेनी–जोमसोम सडकखण्डअन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी बेपत्ता भएकी रघुगंगा गाउँपालिका–१ की लिमाया पुर्जा मृत फेला परेपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो । उनलाई दुर्घटनास्थलदेखि करिब एक किलोमिटर तल राहुपारे नजिकैको झोलुङ्गे पुल छेउको कालीगण्डकी किनारमा फ...
नेपालद्वारा युएई चार विकेटले पराजित, पारसको अर्धशतक

नेपालद्वारा युएई चार विकेटले पराजित, पारसको अर्धशतक

काठमाडौँ, २८ माघ ।  आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले युएईलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले २८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान पारस खड्काले ५१ रन बनाए । यस क्रममा उनले पाँच छक्का र दुई चौका हाने । आरिफ शेखले १६ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले अविजित रहँदै क्रमशः १२ र १० रन बनाए । नामिबियाको युनाइटेड ग्राउ...
पार्टी एकता फागुनभित्रै टुङ्ग्याउने: नेकपा (एमाले)

पार्टी एकता फागुनभित्रै टुङ्ग्याउने: नेकपा (एमाले)

काठमाडौँ, २८ माघ । नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकमा नेकपा (माओवादी केन्द्र) संगको पार्टी एकता फागुनभित्रै टुङ्ग्याउने विषयमा छलफल भएको छ । पार्टी कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा नयाँ सरकार गठनसँगै नेकपा (माओवादी केन्द्र) सँग आगामी फागुनभित्र नै एकता गर्ने विषयमा छलफल भएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले सरकारल...
नागा बाबाबाट हुने अश्लिलता रोक्न माग गर्दै रिट

नागा बाबाबाट हुने अश्लिलता रोक्न माग गर्दै रिट

काठमाडौँ, २८ माघ । सर्वोच्च अदालतमा शिवरात्रि पर्वका अवसरमा धर्मका नाममा नागा बाबाबाट प्रदर्शन हुने अश्लिलता रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता यज्ञमूर्ति न्यौपानेले आज मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोषलगायतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा सो माग गरिएको हो । रिट निवेदनमा भनिएको छ, “शिवरात्रिमा...
प्रदेश नं ३ को मुख्यमन्त्रीमा पौडेल नियुक्त

प्रदेश नं ३ को मुख्यमन्त्रीमा पौडेल नियुक्त

हेटौँडा, २८ माघ । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले आज नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा (एमाले) प्रदेश नं ३ का संसदीय दलका नेता डोरमणि पौडेललाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भएको छ । प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले आज साँझ पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पदको नियुक्तिको जानकारी दिनुभयो । नवनियुक्त मुख्यमन्त्री पौडेललाई सोमबार बिहान पद र गोपनियताको ...
नेपालमा ३२ हजारभन्दा बढी एचआईभी संक्रमित

नेपालमा ३२ हजारभन्दा बढी एचआईभी संक्रमित

भक्तपुर, २८ माघ ।  नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आज भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो । कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) का प्रतिनिधि रवि सिंहले हालैको तथ्याङ्कअनुसार ३२ हजार ७३५ एचआईभी संक्रमित रहेको र त्यसमध्ये २३ हजार एचआईभी संक्रमितको पहिचान भएको र अझै १० हजारको पहिचा...
विश्व क्रिकेट लिग: युएईले दियो ११५ रनको लक्ष्य

विश्व क्रिकेट लिग: युएईले दियो ११५ रनको लक्ष्य

काठमाडौं, २८ माघ । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपालसामू युएईले ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेर फिल्डिङ रोजेको नेपालले युएइलाई ३१ ओभरमा ११४ रनमा समेट्दै अलआउट गरेको हो। वर्षाले प्रभावित भएपछि ३४ ओभरमा छोट्याइएको खेलमा सोमपाल कामीले अहम्मत राजालाई ३१ ओभरमा आउट गरेसँगै युएइ ११४ रनमा समेटियो। खेलको १७ ओभरमा ...
निर्माणाधिन अरुण ३ काे आयोजना भवनमा बम विस्फोट

निर्माणाधिन अरुण ३ काे आयोजना भवनमा बम विस्फोट

संखुवासभा,२८ माघ। निर्माणाधिन बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत आयोजनाको भवनमा शनिबार राती अज्ञात समूहले  बम विस्फोट गराएकाे छन । अरुण ३ को निर्माणाधिन स्थल चिचिला गाउँपालिका ३ पुखुवामा रहेको भवनमा अज्ञात समूहले विस्फोट गराएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक वेदप्रसाद गौतमले बताए । उक्त भवनमा पटकपटक आक्रमण हुँदै आएको बताइएकाे छ । यस पटक पनि मर्मत सम्पन्न भए लगत्तै आक्रमण भएको गौतमले ...
गैँडाको खागसहित दुई सैनिक पक्राउ

गैँडाको खागसहित दुई सैनिक पक्राउ

काठमाडौँ, २८ माघ ।  संरक्षित वन्यजन्तु गैँडाको खाग राखेको अवस्थामा नेपाली सेनाका कार्यरत दुई जनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा खरिद बिक्री गर्न भनी ओसारपसार गरी ल्याएको अवस्थामा लैनचौरबाट गैँडाको दुई थान खागसहित उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । नेपाली सेनामा कार्यरत गोरखा सिरान्चोक गाउँपालिका–२ बस्ने हरिबहादुर ढकाल र उदयपुर त्रियुगा नगरपा...
error: Content is protected !!