विराटनगर, २९ माघ । प्रदेश १ मा प्रदेश सभा बैठक आज बस्दैछ। प्रदेश १ को सभामुखमा एमालेका प्रदीपकुमार भण्डारी आज निर्विरोध चयन हुँदै छन् । आइतबार प्रदेश सभा सचिवालयमा सभामुखको मनोनयनमा भण्डारीको मात्रै उम्मेदवारी परेको छ । प्रदेश १ को प्रदेश सभाको बैठक सोमबार दुईपटक बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकले सभामुख चयन गर्नेछ । प्रदेश सभा सचिवालय सचिव ध्रुवप्रसाद घिमिरेले पहिलो बैठकले सभामुख चयन गर्ने बताए । ‘दिउँसो १ बजे बस्ने बैठकले सभामुख निर्वाचित गर्ने कार्यसूची बनाएका छौँ ।

Advertisement

ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले पहिलो बैठकको अध्यक्षता गर्नुहुनेछ । एकजनाको मात्रै उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुहुनेछ,’ उनले भने । सभामुख चयनसँगै प्रदेश प्रमुखबाट शपथग्रहण हुने र शपथपछि सभामुखको अध्यक्षतामा दोस्रो बैठक बस्ने सचिव घिमिरेले बताए ।

‘सभामुखको शपथअघि एउटा बैठक र शपथपछि सभामुखकै अध्यक्षतामा अर्को बैठक बस्नेछ । सभामुखको अध्यक्षतामा बस्ने बैठकले उपसभामुखको मिति घोषणा गर्नेछ,’ उनले भने ।

आइतबार विराटनगरमा बसेको एमाले संसदीय दलको पहिलो बैठकले सुनसरी १ (क) बाट विजयी भण्डारीलाई सभामुखका लागि सर्वसम्मत चयन गरेको हो । उनको प्रस्तावकमा प्रदेश सभा सदस्यहरू तुलसीप्रसाद न्यौपाने र समर्थकमा लछुमण तिवारी छन् । निर्वाचित सभामुखलाई सोमबार नै प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले शपथग्रहण गराउने कार्यक्रम छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!