बुटवल, २९ माघ ।  कर्तव्य ज्यान मुद्दामा अदालतबाट सर्वस्वसहित जन्म कैदको फैसला सुनाइएका एक फरार अपराधी २० वर्षपछि पक्राउ परेका छन् ।

रुपन्देही जिल्लाको साविक हर्नैया गाविस–२ हाल सियारी गाउँपालिका–३ की चन्द्रावती थारुलाई विसं २०५३ जेठमा कर्तव्य गरी मारेको अभियोगमा रुपन्देही जिल्लाको साविक सिक्टहन गाविस–६ (हाल देवदह नपा–१२) बस्ने वर्ष ५० को राधेश्याम जैसवाल कलवारले भैरहवामा आफ्नो वास्तविक परिचय लुकाई बसोबास गरेको अवस्थामा प्रहरीले विशेष सुराकीको आधारमा शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

उनलाई सर्वोच्च अदालतले विसं २०६५ भदौ २३ मा भएको फैसलामा सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!