जुम्लामा जीप दुर्घटना: एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु
जुम्ला, ७ कात्तिक । सिंजा गाउँपालिकाको नराकोटमा आज जीप दुर्घटना हुँदा एकै परिवारका नाबालिकासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जुम्ला बजारबाट नराकोटसम्म रिजर्भमा गएको भे १ ज ८६५ नंको जीप दुर्घटना हुँदा तिला गाउँपालिका–३ का लाले सार्कीसहित उनकी श्रीमती जानकी र आठ महीनाकी छोरी मैनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीप सडकबाट २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक ...































