चिनियाँ राष्ट्रपतिद्वारा चीन, हङ्कङ र मकाउ जोड्ने पुलको उद्घाटन

चिनियाँ राष्ट्रपतिद्वारा चीन, हङ्कङ र मकाउ जोड्ने पुलको उद्घाटन

जुहाई, चीन, ६ कात्तिक । चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गर्नुभएको छ । सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ । चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ । समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ । चीनका राष्ट्रपति चिनफिङले मङ्गलबार सो पुल उद्घाटन गर्नुभए...
आन्तरिक पर्यटकले भरियो पोखरा

आन्तरिक पर्यटकले भरियो पोखरा

पोखरा, ६ कात्तिक । पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतही यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्न पर्यटक लालायित देखिन्छन् । पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्याधिक पर्यटक आउने याम हो । त्यस्तै मार्च, अप्रिल, नेपाली र अङ्ग्रेजी नयाँ वर्षको समयले पनि पर्यटकलाई ...
भारतमा बाटो काट्ने क्रममा तीन वर्षमा करिब ५० हजार जनाको मृत्यु

भारतमा बाटो काट्ने क्रममा तीन वर्षमा करिब ५० हजार जनाको मृत्यु

नयाँ दिल्ली, ६ कात्तिक । भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ । रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ठूलो सङ्ख्यामा नागरिकका मृत्यु भएको बताइएको हो । भारतीय रेलसेवाले मङ्गलबार सो तथ्याङ्क सार्वजनिक गरेको हो । भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो । सो दुर्घटनापछि भारतीय ...
प्रधानमन्त्रीले गरे ‘विद्युतीय बस’काे उद्घाटन

प्रधानमन्त्रीले गरे ‘विद्युतीय बस’काे उद्घाटन

ललितपुर, ६ कात्तिक । साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरेका हुन । सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युत्ले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक असर गर्ने बताए । विद्युतीय बसले ऊर्जाको किफायत गर्नेमा उनको जोड छ । उनले भने, “हाम्रो देशमा आफ्नो पेट्र...
नेपालीको सरदर आयु ७३ वर्ष पु¥याइने

नेपालीको सरदर आयु ७३ वर्ष पु¥याइने

काठमाडौँ, ६ कात्तिक । नेपालीको सरदर आयु विसं २०७७ सम्म ७३ वर्ष पु¥याउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण तय गरिएको छ । प्रतिवेदनमा विसं २०७३ मा आयु ६९ वर्ष रहेको जनाइएको छ । पछिल्लो समय नवजातशिशु, बालस्वास्थ्य तथा मातृस्वास्थ्यका क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेका कारण आयुमा वृद्धि भएको बताइ...
साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि

साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि

काठमाडौँ, ६ कात्तिक । चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश, माल्दिभ्स र पाकिस्तान छन् भने समूह...
अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

काठमाडौँ, ६ कात्तिक । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । रक्षामन्त्रीमा नियुक्तपछि पोखरेलको यो पहिलो विदेश भ्रमण हो । मन्त्रालयका सचिव ...
तराई–मधेस समृद्धि कार्यक्रम लागू

तराई–मधेस समृद्धि कार्यक्रम लागू

काठमाडौँ, ६ कात्तिक । सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेसका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्न तराई–मधेस समृद्धि कार्यक्रम लागू गरेको छ । तराई–मधेसमा बसोवास गर्ने जनताको सघन रुपमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्न एवं जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको त...
अस्ट्रेलियामा सुलभ मास्केको गोल ‘वर्षको उत्कृष्ट’ मा मनोनित

अस्ट्रेलियामा सुलभ मास्केको गोल ‘वर्षको उत्कृष्ट’ मा मनोनित

काठमाडौँ, ६ कात्तिक । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ को उत्कृष्ट १० गोलमा सुलभको गोल परेको हो । अष्ट्रेलियाको नर्थन टेरिटोरी स्टेट लिग क्लब हेलेनिक एट्लेटिकबाट व्यवसायीक फुटबल खेल खेल्दै आएका सुलभले वेष्टर्न सिड्नी क्लबविरुद्ध गरेको गोल वर्ष गोल अवार्ड...
नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

ललितपुर, ६ कात्तिक । ग्रामीण तथा शहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन अर्को साता राजधानीमा आयोजना हुँदैछ । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभूवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौँमा हुन लागेको सो सम्मेलनमा नेपाललगायत करीब २० देशको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा ऊर्जा र दिगो विकास, ऊर्जा सुरक्षा...
चीनको आकाशमा ‘उसकै नक्कली चन्द्रमा’, तर कति सम्भव ?

चीनको आकाशमा ‘उसकै नक्कली चन्द्रमा’, तर कति सम्भव ?

काठमाडौँ । चन्द्रमाको बारेमा हामी प्रायः चलचित्रको गीतमा सुन्ने गरेका छौँ । सबै कवि, लेखक र शायरहरुले चन्द्रमाकै पर्खाइमा आफ्नो रचनाहरु रच्ने गरेका छन् । तर, अब चीनको आकाशमा भने हर समय चन्द्रमा देखिने दाबी गरिएको छ । चीनको एक कम्पनीले आकाशमा कृत्रिम चन्द्रमा पठाउने योजना बनाइरहेको घोषणा गरेको छ । जसले रातमा चीनको आकाशलाई उज्यालो बनाउने उसको दाबी छ । चीनको पत्रिका पिपल्स डेलीका अनुसार छेङ्दुमा ...
धनगढीमा निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै

धनगढीमा निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै

कैलाली, ६ कात्तिक । सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि रु १० करोड बढीको लगानीमा २५ श्ययाको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ । अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजि...
कृष्णनगरमा कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कृष्णनगरमा कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कपिलवस्तु, कृष्णनगर, ६ कात्तिक। कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको थियो । कफ्र्यु हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन स...
ट्रम्पको खुल्ला धम्कीः अब अमेरिकाले बनाउनेछ परमाणु हतियार

ट्रम्पको खुल्ला धम्कीः अब अमेरिकाले बनाउनेछ परमाणु हतियार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र चीनलाई दबाब दिनका लागि अमेरिकाले आफ्नो परमाणु हतियार बलियो बनाउने चेतावनी दिएका छन् । ट्रम्पले पत्रकारसँगको कुराकानीमा रुसले सन् १९८७ को इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेज (आइएनएफ) सन्धीको उल्लंघन गरेको दोहोराउँदै अब आफू उक्त सन्धीबाट पछि हट्ने चेतावनी दिए । यद्यपी, ट्रम्पको उक्त आरोप रसियाले खण्डन गरेको छ । शीतयुद्ध कालको यो सन्धीले मध्यम दूरीको मिसा...
पाँचथरमा दशैँका बेला पेट्रोल अभाव

पाँचथरमा दशैँका बेला पेट्रोल अभाव

हिलिहाङ, पाँचथर, ६ कात्तिक । दशैँको समयमा पाँचथरमा पेट्रोलको अभाव भएको छ । दशैँ अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको थियो । यसबाट आफन्तकोमा टीका लगाउन तथा ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध पाथीभरा मन्दिरमा गएका दर्शनार्थी प्रत्यक्ष मारमा परेका छन् । झापाको विर्तामोडबाट पाथीभरा मन्दिर गएका अनिल तिवारीले भन्नुभयो, “मन्दिरको दर्शन गर्न भनेर हिँडियो तर आज बीच बाटोमै अलपत्र परियो, पम्पमा गयो,...
अस्ट्रेलियाको ‘बिग बास’ क्रिकेट लिग खेल्दै सन्दीप

अस्ट्रेलियाको ‘बिग बास’ क्रिकेट लिग खेल्दै सन्दीप

काठमाडौँ, ६ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् । सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्ट...
जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना : मेसिन वीरगन्जबाट, अाइडिया इन्टरनेटबाट

जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना : मेसिन वीरगन्जबाट, अाइडिया इन्टरनेटबाट

काठमाडौँ, ६ कात्तिक । कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ परेका अभियुक्तले नोट छाप्ने अाइडिया इन्टरनेटबाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठले नक्कली नोट छाप्ने योजना सिरहास्थित कारागारबाटै बनाएका थिए । जुन बे...
विश्वकप क्रिकेट ट्रफी यसै साता नेपाल ल्याइने

विश्वकप क्रिकेट ट्रफी यसै साता नेपाल ल्याइने

काठमाडौँ, ६ कात्तिक । अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ। ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नेपालस्थित प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन्। ‘आईसीसी विश्वकप ट्रफीको नेपाल टुर कार्यक्रम भव्य बनाउने तयारीमा हामी जुटेका छौं’, उनले भनिन्, ‘यसै साता आउने भए पनि दिनको टुंगो ल...
अरुणखोला बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

अरुणखोला बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

नवलपरासी, ६ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ । यसअगावै मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत गुल्...
राष्ट्रपतिको राजसी टीका : सर्वत्र अालाेचना

राष्ट्रपतिको राजसी टीका : सर्वत्र अालाेचना

काठमाडौँ, ६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्विरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ । नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । अाजकाे नागरिक दैनिकमा समाचार छ । ...
आजदेखि निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने

आजदेखि निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने

काठमाडौँ, ६ कात्तिक । स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ । यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारबाट सन् २०१८ को जनवरीदे...
प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएकाे राजीनामा अस्वीकृत

प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएकाे राजीनामा अस्वीकृत

काठमाडौँ, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो । बैठकको निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “सचिवालयको बैठकले केन्द्रीय प्रवक्ताले पदबाट दिएको राजीनामा अस्वीकार गरेको छ ।” प्रा डा गो...
सोलुखुम्बुमा लेक लागेर अस्ट्रेलियन नागरिकको मृत्यु

सोलुखुम्बुमा लेक लागेर अस्ट्रेलियन नागरिकको मृत्यु

सोलुखुम्बु, ५ कात्तिक । खुम्बु पासङल्हामु गाउँपालिका–४ मा लेक लागेर आज एक विदेशी नागरिकको ज्यान गएको छ । सगरमाथा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर अस्ट्रेलियन नागरिक पोटरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । लेक लागेर बिरामी भएका ७० वर्षीय अस्ट्रेलियन नागरिक पोटरको उपचारका लागि लैजाने प्रयास हुँदाहुँदै ज्यान गएको प्रहरीले जनाएक...
आणविक सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले दुई पटक सोच्नुपर्छ: चीन

आणविक सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले दुई पटक सोच्नुपर्छ: चीन

बेइजिङ, ५ कात्तिक । करिब ३० बर्ष पहिले अर्थात् शीतयुद्धकालीन समयमा अमेरिका र रूसबीच भएको आणविक हतियार सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले ‘दोहोराएर सोच्नुपर्ने’ चीनले सोमबार जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता सन् १९८७ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनल्ड रेगन र रूसी राष्ट्रपति मिखायल गोर्भाचोभबीच भएको मध्यम दूरीको आणविक हतियारको प्रयोग रोक्न गरेको सम्झौताबाट पछि हट्ने घोष...
मारिएका साउदी पत्रकारप्रति साउदी राजपरिवारको समवेदना

मारिएका साउदी पत्रकारप्रति साउदी राजपरिवारको समवेदना

रियाद, ५ कात्तिक । रहस्यम तरिकाले हत्या गरिएका साउदी पत्रकारका परिवारजनप्रति साउदी राजपरिवारले समवेदना व्यक्त गरेको छ । साउदी राजा सल्मान बिन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद बिन सल्मान बिन अब्दुलाजिजले पत्रकारका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको हो । मारिएका साउदी पत्रकार जमाल खाशोग्गीका छोरालाई उहाँहरुले समवेदना व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ । साउदीको राज्यद्वारा संचालित समाचा...
अनलाइन प्रणाली ३७ मालपोत कार्यालयमा विस्तार

अनलाइन प्रणाली ३७ मालपोत कार्यालयमा विस्तार

काठमाडौँ, ५ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गाको कारोवारलाई व्यवस्थित बनाउन प्रयोगमा ल्याएको अनलाइन प्रणाली हाल काठमाडौँ उपत्यकालगायत ३७ मालपोत कार्यालयमा विस्तार गरिएको छ । यी कार्यालयमा प्रयोगमा ल्याइएको उक्त सेवाले देशभर हुने जग्गाजमीनको करीब ७० प्रतिशत कारोवार समेटेको छ । मन्त्रालयले दुई वर्षअगाडि शुरु गरेको यो प्रणालीले कारोवारलाई व्यवस्थित बनाउने र सम्बन्धि...
नेपाली महिला फुटबल टोली थाइल्याण्ड प्रस्थान

नेपाली महिला फुटबल टोली थाइल्याण्ड प्रस्थान

काठमाडौँ, ५ कात्तिक । थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको छनोट खेलमा सहभागिता जनाउन नेपाली यू–१९ महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेण्डर निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पूजा रानामगर, मिडफिल्डर सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अ...
पाँचसय नेपाली कलाकारसँग अमेरिकाको ‘ग्रिनकार्ड’

पाँचसय नेपाली कलाकारसँग अमेरिकाको ‘ग्रिनकार्ड’

काठमाडौँ, ५ कात्तिक । नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र ग्रिनकार्ड लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ । उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरु उतै रमाउन थालेका छन् । ‘नेपाली अमेरिकन कलाकार सङ्घ’ का अध्यक्ष सुमन बुढामगरका अनुसार हालसम्म ५०२ जना नेपाली कलाकारले अमेरिकाको स्थायी आवास...
हृदयाघातको बिरामीलाई ग्यास्ट्रिकको औषधि

हृदयाघातको बिरामीलाई ग्यास्ट्रिकको औषधि

भक्तपुर, ५ कात्तिक । दशैँको महाअष्टमीका दिन चाँगुनारायण नगरपालिका वागिश्वरीका ४४ वर्षीय रामकृष्ण गिरी देब्रे छाती दुखेपछि उपचारका लागि भक्तपुर अस्पताल आइपुग्नुभयो । बिदाको दिनमा ओपिडी सेवा बन्द हुने भएपछि आकस्मिक कक्षमा रहेका चिकित्सकलाई स्वास्थ्य परीक्षण गराउनुभयो । स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले देब्रे छाती दुखेको ग्यास्ट्रिकका कारणले भन्दै ग्यास्ट्रिकको औषधि दिएर पठाइदिनुभयो । भोलिपल्ट...
बाघको बहन क्षमताबारे अध्ययन हुँदै

बाघको बहन क्षमताबारे अध्ययन हुँदै

काठमाडौँ, ५ कात्तिक । दुर्लभ वन्यजन्तु पाटेबाघको सङ्ख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता(क्यारिङ क्यापासिटी)बारे अध्ययन थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन थालिएको नेपालमै पहिलो हो । विभिन्न देशमा गरिएको तरिका अपनाएर शुरु भएको अध्ययनका लागि अन्तरराष्ट्रिय विज्ञका रुपम...
अहिले पनि काङ्ग्रेसको बलियो अस्तित्व छ–महामन्त्री डा. कोइराला

अहिले पनि काङ्ग्रेसको बलियो अस्तित्व छ–महामन्त्री डा. कोइराला

विराटनगर, ५ कात्तिक । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उनले सो कुरा बताउँदै जति सक्दो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिए । उनले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै यसको जस–अपजस नेतृत्वले ...
error: Content is protected !!