काठमाडौ, ७ कात्तिक । विश्वकै सबैभन्दा लामो समुद्री पुल औपचारिक रूपमा बुधबारबाट प्रयोगमा आउने भएको छ । चीनका राष्ट्रपति सी जिनपिङले मंगलबार उद्घाटन गरेसँगै त्यसको औपचारिक रूपमा प्रयोगमा आउने भएको हो । पुल निर्माण सुरु गरेको नौ वर्षपछि सञ्चालन हुने भएको हो ।

Advertisement

सडकको पहुचसँगै सो पुल ५५ किलोमिटर फैलिएको छ । पुलले हङकङदेखि मकाउ र चीनको झाउहाई सहरलाई जोड्छ । पुल निर्माण गर्न २० अर्ब डलर खर्च लागेको छ । पुल निर्माण कार्यमा निकै ढिलाइ भएको थियो । पुल निर्माण गर्ने क्रममा १८ मजदुरको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

के छ पुलको विशेषता ?
पुलले दक्षिणी चीनका तीन मुख्य तटीय सहर हङकङ, मकाउ र झाउहाईलाई जोड्छ । पुल भूकम्प र टाइफुनप्रतिरोधी छ । पुल निर्माणका लागि चार लाख टन स्टिल प्रयोग गरिएको थियो । सो स्टिलबाट ६० वटासम्म इफेल टावर बन्छ । पुलको कुल लम्बाइमध्ये ३० किलोमिटर लम्बाइ पर्ल रिभर डेल्टा पार गर्छ । पुलको साढे ६ किलोमिटर खण्ड समुद्रमुनिको दुई कृत्रिम टापुको सुरुङ छ । अाजकाे नयाँ पत्रिकामा खबर छ ।

के जो–कोहीले पनि पुलमाथि ड्राइभ गर्न सक्छन् ?
पुलमा जो कोहीले पनि ड्राइभ गर्न पाउँदैनन् । पुल पार गर्न चाहने चालकले विशेष अनुमति लिनुपर्छ । पुल तर्न कोटा प्रणाली छुट्याइएको छ । सबै सवारीसाधनले निश्चित दस्तुर तिर्नुपर्छ । पुलमा निजी सवारीसाधन पनि गुड्न पाउनेछन् । पुलमा रेलको लिंक छैन । सुरुमा अधिकारीहरूले दैनिक ९२ सय सवारीसाधनले पुल पार गर्ने अनुमान गरेका थिए । सो क्षेत्रमा नयाँ यातायात सञ्जाल निर्माण भएपछि पहिला अनुमान गरिएभन्दा केही कम सवारी गुड्ने अनुमान गरिएको छ ।

किन बनाइयो पुल ?
हङकङ मकाउलगायत दक्षिणी चीनका नौ सहरलाई समेटेर तयार गर्न लागिएको ग्रेटर बे एरिया बनाउने चिनियाँ योजनाको एउटा अंशको रूपमा यो पुल निर्माण गरिएको हो । ग्रेटर बे एरियामा ६ करोड ८० लाख मानिस बसोवास गर्छन् । पुल निर्माणपूर्व झुहाईदेखि हङकङ पुग्न चार घन्टा लाग्नेमा नयाँ पुल बनेपछि ३० मिनेटमै यात्रा पूरा हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!