जनकपुरसहित सम्पूर्ण मधेशमा दीपावलीसँगै छठपर्वको तयारी

जनकपुरसहित सम्पूर्ण मधेशमा दीपावलीसँगै छठपर्वको तयारी

धनुषा, २० कात्तिक । जनकपुरसहित सम्पूर्ण तराई मधेशमा दीपावलीसँगै छठ पर्वको तयारी तथा रौनक पनि शुरु भइसकेको छ । असोज महीनाको कृष्ण पक्षको औँसी तिथिका दिन लक्ष्मी पूजा अर्थात् दीपावली मनाइन्छ । लक्ष्मी पूजाको ठीक चार दिनपछि नै अर्थात् कात्तिक महीनाको शुक्ल पक्षको चौथी तिथिका दिनदेखि छठ पर्व विधिवत्रुपमा रुपमा शुरु हुन्छ । छठ पूजा तराई मधेशमा बस्ने मैथिली भाषी मधेशी हिन्दू समुदायको मुख्य पर्व हो । ...
गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

दमौली, २० कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गरेको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिश भएको र आवेदन परेको आधारमा गण्डकी प्रदेशका ती ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको हो । मन्त्रालयका अनुसार गोरखाको चुम्नुर्बी गाउँपालिकाको चु...
तीन महीनामा ६३ हजारलाई प्रहरी रिपोर्ट

तीन महीनामा ६३ हजारलाई प्रहरी रिपोर्ट

काठमाडौँ, २० कात्तिक । प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को तीन महीनामा ६२ हजार ६८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ । विदेश जान आवश्यक पर्ने भएकाले प्रहरी रिपोर्ट प्रदान गरिएको छ । गत आर्थिक वर्षमा दुई लाख ७७ हजार ४९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने प्रहरी रिपोर्ट छिटोछरितो उप...
पिपिएलका दर्शक बालकदेखि वृद्धसम्म

पिपिएलका दर्शक बालकदेखि वृद्धसम्म

कास्की। मैदानको उत्तरमा आँखै अगाडि टाँसिन आइपुग्ने माछापुच्छ«े र अन्नपूर्ण हिमशृङ्खला । खुलेको मौसममा क्रिकेटको महाकुम्भ, जहाँ खेलाडी हिमालतिर फर्केर चौका र छक्का बर्साउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टार खेलाडीले छक्का र चौका हानेको हेर्न रङ्गशालामा जम्मा भएका दर्शकको बाक्लो उपस्थिति । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिता शुरुआत गर्दै गर्दा आयोजकलाई चिन्ता थियो, दर्शकको उपस्थित...
यमपञ्चकको दोश्रो दिन आज कुकुर तिहार: के छ धार्मिक मान्यता ?

यमपञ्चकको दोश्रो दिन आज कुकुर तिहार: के छ धार्मिक मान्यता ?

काठमाडौं, २० कार्तिक । कार्तिक कृष्ण चर्तुदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको आज दोस्रो दिन कुकुर तिहारको रुपमा कुकुरलाई पूजा गरी मनाइँदै छ । कुकुरलाई यमदूतको रुपमा मान्ने शास्त्रीय परम्परा छ । खासगरी कुकुरले घरको रेखदेख गर्ने विश्वास गरिन्छ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई मन पर्ने खाना खुवाएर पूजा गरी माला लगाइदिने प्रचलन छ । कुकुरले प्राकृतिक विपत्तिको...
बामपन्थी नेता पद्मरत्न तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

बामपन्थी नेता पद्मरत्न तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ, १९ कात्तिक । बामपन्थी नेता पद्मरत्न तुलाधरको राजकीय सम्मानका साथ आज कर्णदीपमा अन्त्येष्टि गरिएको छ । स्व तुलाधरको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर पुष्पगुच्छा चढाई सम्मान गर्नुभएको थियो । यसअघि तुलाधर निवास लाजिम्पाटबाट नेवारी परम्पराअनुसार स्व तुलाधरको शवयात्रा गरिएको थियो । विसं १९९७ मा काठमाडौँमा जन्मनुभएका तुलाधरको गत कात्तिक ९ गते मस्तिष्कघात भ...
१२६ घण्टा नृत्यमार्फत विश्व कीर्तिमान राख्ने तयारी

१२६ घण्टा नृत्यमार्फत विश्व कीर्तिमान राख्ने तयारी

काठमाडौँ, १९ कात्तिक । सुन्दा प्रायः असम्भव लाग्ने क्रियाकलापमार्फत विश्व कीर्तिमान राख्ने नेपालीको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । हालसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वल्र्ड रेकडर्स’ को तथ्याङ्कले देखाएको छ । यसै सिलसिलामा धनकुटाको मूर्तिढुङ्गा गाविस हाल महालक्ष्मी नगरपालिका–९ की १७ वर्षीय बन्दना नेपाल लगातार १२६ घण्टा लोक नृत्य प्रस्तुत गरेर विश्व कीर्त...
दश हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनालाई सर्वेक्षण अनुमति

दश हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौँ, १९ कात्तिक । सरकारले हालसम्म २४ हजार ६५६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरुका लागि सर्वेक्षण अनुमति दिएको छ । सर्वेक्षण अनुमति पाएका ती आयोजनाको क्षमता आगामी दश वर्षमा उत्पादन गर्ने भनेर निर्धारण गरिएको लक्ष्यभन्दा करीब दश हजार मेगावाट बढी हो । सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । सर्वेक्षणको अनुमतिपत्र दिएका एक मय मेगावाट क्षमताभन्दा मा...
पोक्लाले जित्यो छिन्ताङ सहीद कपको उपाधि

पोक्लाले जित्यो छिन्ताङ सहीद कपको उपाधि

धनकुटा, १९ कात्तिक । साँगुरीगढीको पोक्ला फुटबल क्लवले छिन्ताङमा सञ्चालित छैठौं सहीद कप फुटवल प्रतियोगिताको उपाधि जितेको छ । साँगुरीगढीकै अजम्बरी युवा क्लव फेदीलाई ट्राईब्रेकरमा ६–५ गोलअन्तरले पराजित गर्दै पोक्लाले उपाधि माथि कब्जा जमाएको हो । निर्धारित समयमा खेल वरावरी भएपछि ट्राईबेकरमार्फत खेल टुंग्याईएको खेल प्रचारप्रसार संयोजक भक्त खड्काले जानकारी दिए । उपाधिसँगै पोक्ला फुटबल क्लवले ६५ हजार,...
धनकुटाको खानेपानी सुपरीवेक्षण कार्यालयका निमित्त प्रमुख मृत फेला

धनकुटाको खानेपानी सुपरीवेक्षण कार्यालयका निमित्त प्रमुख मृत फेला

धनकुटा, १९ कात्तिक । खानेपानी सरसफाइ क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय धनकुटाका निमित्त प्रमुख अर्जुनप्रसाद न्यौपाने मृत अवस्थामा भेटिएका छन् । हिजो बेलुका खाना खाएर कार्यालयको आवासगृहमा सुतेका ५३ बर्षीय न्यौपाने सुतेकै ठाउँमा आज बिहान मृत अवस्थामा भेटिएका हुन् । बिहान करिव ८ बजे कार्यालयका कर्मचारीले न्यौपानेलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । गोरखा घर भएका न्यौपानेको शव ...
भित्रियो इजरायली बायोग्यास प्रविधिः छतमा प्लान्ट, भान्सामा पाइप

भित्रियो इजरायली बायोग्यास प्रविधिः छतमा प्लान्ट, भान्सामा पाइप

काठमाडौं, १९ कात्तिक । शंखमूलस्थितका केशव घिमिरेको परिवारलाई अब नाकाबन्दी भए पनि भोकै बस्नु पर्ने चिन्ता छैन । फोहोरबाट ग्यास निकाल्ने इजरायली प्रविधि भित्रिएपछि उनको घरमा ग्यास सिलिन्डरको युग नै समाप्त भएको छ । ‘होम वायोग्यास’ नामक बायोग्यास प्लान्ट उद्घाटन गर्न शनिबार काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलाई नै निम्त्याइएको थियो । टोली आइतबार उनको घरमा पुगेपछि घिमिरेले होम वायोग्यासबा...
अमेरिका दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास हुने

अमेरिका दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास हुने

सोल, १० कात्तिक । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा हुने भनिएको संयुक्त सैन्य अभ्यास पुनः शुरु हुने भएको छ । पहिल्यै हुने तय भएको सो अभ्यास केही समयपछि हुन लागेको बताइएको छ । यसै वर्षको जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको उच्चस्तरीय वार्तापछि सो सैन्य अभ्यास रोकिएको थियो । त्यस समयमा रोकिएको सो सैन्य अभ्यास अहिले पुनः शुरु गर्न लागिएको...
अलैंचीमा रोग लागेपछि भोजपुरका किसान निराश

अलैंचीमा रोग लागेपछि भोजपुरका किसान निराश

भोजपुर, १९ कात्तिक । आम्दानीको मूख्य स्रोतको रुपमा रहेको अलैँचीमा रोग लागेपछि कृषक निराश बनेका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँची खेती सखाप भएको छ । विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर समेत कृषकले अलैँंची खेती गरेका हुन् । केही वर्षयता रोगले अलैँची उत्पादनमा ह्रास आएको छ । अलैँचीमा रोग लागेपछि कतिपय कृषकले खेती गर्न छाडेका छन् । अर्लैँचीमा देखिएको रोग निदान गर्न सरकारले ...
तिहार गीत ‘सम्झें तिमीलाई’ को भिडियो सार्वजनिक (भिडियोसहित)

तिहार गीत ‘सम्झें तिमीलाई’ को भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं, १९ कात्तिक । देउकृष्ण देवान लिंखा याक्खाको निर्देशनमा बनेको तिहार गीत ‘सम्झे तिमीलाई’ को भिडियो सार्वजनिक भएको छ । ललितपुरको टिकाभैरवमा छायांकन गरिएको भिडियोमा जीवन लिम्बु, कल्पना लिम्बु र धनबहादुर देवान याक्खाले फिचरिङ गरेका छन् । बाल कलाकारहरु समीक्षा देवान याक्खा र निङ्लाहाङ देवान याक्खाको पनि भिडियोमा अभिनय छ । गायक रुपक जिमीको स्वर रहेको गीत ईश्वर चाम्लिङ्गले लेखेका हुन् । संगीत ...
धनकुटा साँगुरिगढीका कृषक व्यवशायिक उखु खेतितर्फ आकर्षित

धनकुटा साँगुरिगढीका कृषक व्यवशायिक उखु खेतितर्फ आकर्षित

साँगुरिगढी, १९ कात्तिक । धनकुटा साँगुरिगढी ७ का किसान व्यवसायिक उखु खेति तर्फ आकर्षित भएका छन् । धान खेति छाडेर स्थानीय कृषकले एक हेक्टर क्षेत्रफल बढि खेतबारीमा उखु खेति विस्तार गरेका छन्। यहाँ बाट वार्षिक १५ लाख भन्दा बढि मूल्य बराबरको उखुको लाक्रा धनकुटाको विभिन्न हाटबजार तथा धरान , इटहरी लगायतका स्थानमा बिक्रि गर्ने गरिएको किसान भिमकुमारी राईले बताइन् । अहिले उखु प्रति लाक्रा २५ रुपैयाँदेखि ...
जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा

जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा

पोखरा, १९ कात्तिक । एसियन टेनिस महासङ्घको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप हुने भएको छ । प्रतियोगितामा अष्टे«लिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका १० देखिमाथि र १४ वर्षमुनिका १११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ । सङ्घका महासचिव नवीन चालिसेका अनुसार प्रतियोगिताअन्तर्ग...
तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं, १९ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याउनुभएको महत्वपूर्ण योगदान राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गर्नुभएको छ । मानवअधिकार...
आगलागीबाट ध्वस्त विद्यालयलाई सात लाख बराबरको शैक्षिक सामग्री प्रदान

आगलागीबाट ध्वस्त विद्यालयलाई सात लाख बराबरको शैक्षिक सामग्री प्रदान

खोटाङ, १९ कातिक । आगलागीका कारण सम्पूर्ण भौतिक सम्पत्ति गुमाएको खोटाङको ज्योति माविलाई एक संस्थाले रु सात लाख बराबरको शैक्षिक सामग्री प्रदान गरेको छ । आगलागीमा ध्वस्त दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित नमूना विद्यालयलाई पुनः पहिले कै अवस्थामा ल्याउन रोटरी क्लब अफ जर्मनीले फ्रेण्डस अफ नेचर नामक संस्थामार्फत शैक्षिक सामग्री प्रदान गरेको हो । २०७४ साल जेठ १५ गते अज्ञात समूहले लगाएको आ...
गौचन हत्यामा पेस्तोल उपलब्ध गराइदिने गुण्डा नाइके बस्नेतकी श्रीमती माया

गौचन हत्यामा पेस्तोल उपलब्ध गराइदिने गुण्डा नाइके बस्नेतकी श्रीमती माया

काठमाडौं, १९ कात्तिक । प्रहरीले चर्चित गुण्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलगायत अन्य व्यक्तिको हत्यामा संलग्नता रहेको भन्दै महानगरीय अपराध महाशाखाका टोलीले मायालाई काठमाडौंबाट पक्राउ गरेको हो । अपराध महाशाखाको टोलीले गत १२ कात्तिकमा लोप्साङ लामा, अम्बरबहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेको थियो । उ...
वडावासीको आर्थिक सहयोगमा प्रहरी बिटलाई मोटरसाइकल

वडावासीको आर्थिक सहयोगमा प्रहरी बिटलाई मोटरसाइकल

भद्रपुर, १९ कात्तिक । भद्रपुुर नगरपालिका–७ मा स्थापित अस्थायी प्रहरी बिटलाई वडावासीको आर्थिक सहयोगमा आइतबार वडा कार्यालयले मोटरसाइकल प्रदान गरेको छ । वडाको सुरक्षामा सहजता प्रदान गर्न वडा कार्यालयले प्रहरीलाई रु दुई लाख २५ हजार मूल्य बराबरको मोटरसाइकल उपलब्ध गराएको हो । भद्रपुर नगरक्षेत्रमा पछिल्लो समयमा चोरी–लुटपाटका घटना बढ्दै गएकाले नगरवासीलाई सुरक्षाको प्रत्याभूति गराउने गरी गार्मेन्ट चोकम...
मोदी पुनः नेपाल आउँदै

मोदी पुनः नेपाल आउँदै

काठमाडौँ, १९ कात्तिक । भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउन लागेका छन् । उनी जनकपुरमा विवाह पञ्चमीमा सहभागी हुन मंसिर २६ मा आउने तयारी छ । उनले त्यही समयमा भारतले बनाएको एकीकृत भन्सारजाँच चौकी र नयाँ बनेको जनकपुर–जयनगर रेलको पनि उद्घाटन गर्नेछन् । प्रधानमन्त्री केपी ओली र उनले संयुक्त उद्घाटन गर्ने तयारी रहेको एक अधिकारीले बताए । ‘कुनै समस्या देखिएन भने विवाह पञ्चमीमा जनकपुर आउने प्रायः नि...
नारायणहिटी संग्राहलयको शुल्क बढाउने तयारी

नारायणहिटी संग्राहलयको शुल्क बढाउने तयारी

काठमाडौँ, १९ कात्तिक । संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ । पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा मन्त्रालयमा पेश गरेको छ । करिब तीन साता अघि बसेको बैठकले शुल्क बढाउने प्रस्ताव गरेको हो । सो प्रस्ताव पुरातत्व विभाग हुदै संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश भएको छ । प्रस्तावित नया शुल...
मोदीलाई मात्रै महत्व नदिन भारतीय कांग्रेसको नेपाललाई आग्रह

मोदीलाई मात्रै महत्व नदिन भारतीय कांग्रेसको नेपाललाई आग्रह

काठमाडौँ, १९ कात्तिक । भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई)ले नरेन्द्र मोदीलाई मात्रै महत्व नदिन नेपाललाई आग्रह गरेको छ । प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो । कुटनीतिक उच्चस्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी (बीजेपी)लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ । आगामी निर्वाचनमा कांग्रेस आईले वर्तम...
वामपन्थी नेता तुलाधरको निधनमा काँग्रेसद्वारा दुःख व्यक्त

वामपन्थी नेता तुलाधरको निधनमा काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काङ्ग्रेसले मानव अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधारको निधनमा दुःख व्यक्त गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पूर्वस्वास्थ्यमन्त्री तुलाधरको निधनमा दुःख व्यक्त गर्नुभएको हो । “स्वर्गीय तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलनका साथै मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो”...
खाँदबारीमा कर कार्यालय

खाँदबारीमा कर कार्यालय

सङ्खुवासभा । अर्थमन्त्री युवराज खतिवडाले सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा कर कार्यालय उद्घाटन गरेका छन् । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको खाँदाबारीमा  कार्यालय उद्घाटन गर्दै मन्त्री खतिवडाले जनतासँग दोहोरो कर नलिने नीति लिएको बताए । उनले व्यावसायिकरुपमा आयआर्जन गर्नसक्ने र आम्दानी हुनेसँग सरकारले कर लिनेहुँदा सर्वसाधारण जनतालाई करको त्रासमा नपर्न आग्रह गरे । नेपालकै चर्चित अरुण तेस्रो जलविद्य...
नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक शुरु, आज काग तिहार

नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक शुरु, आज काग तिहार

काठमाडौँ, १९ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपाली एवं हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चन्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई ...
माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन

माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन

काठमाडौँ, १८ कात्तिक । निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म करीब रु चार अर्ब बराबरको आवेदन परेको छ । माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आज साँझसम्म दुई लाख छ हज...
पिपिएल : पोखरा र चितवन फाइनलमा भिड्ने

पिपिएल : पोखरा र चितवन फाइनलमा भिड्ने

कास्की, १८ कात्तिक । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल पोखरा पल्टन र चितवन राइनोजका बीचमा हुने भएको छ । आज यहाँ भएको इलिमिनेटर खेलमा चितवनले हुलास काठमाडौँ रोयल्सलाई छ विकेटले पराजित गरेसँगै पोखराले उपाधि भिडन्तमा चितवनलाई प्रतिष्पर्धी पाएको हो । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा कात्तिक ९ गतेदेखि पोखरा रङ्गशालामा जारी सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगि...
त्रिभुवन विश्वविद्यालयको ४४औँ दीक्षान्त समारोहमा १० हजार आवेदक

त्रिभुवन विश्वविद्यालयको ४४औँ दीक्षान्त समारोहमा १० हजार आवेदक

काठमाडौँ, १८ कात्तिक । त्रिभुवन विश्वविद्यालयको आउँदो पुसमा हुने ४४औँ दीक्षान्त समारोहमा १० हजार विद्यार्थी सहभागी हुने भएका छन् । अनलाइन फाराम भर्ने सुविधा दिइएपछि यस वर्ष दीक्षान्तमा सहभागी हुने विद्यार्थीको संख्या बढेको त्रिविले जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले बिहिबारसम्मलाई म्याद दिइएकामा सोही दिन दिउँसोसम्म नौ हजार ९२० ले अनलाइन फाराम भरेको जानकारी दिए । यस वर्ष ७३ हजार ९०१ व...
तेह्रथुमको छथर गाउँपालिकामा डिप बोरिङ गरेर खानेपानी वितरण

तेह्रथुमको छथर गाउँपालिकामा डिप बोरिङ गरेर खानेपानी वितरण

तेह्रथुम, १८ कात्तिक । छथर गाउँपालिकाले खानेपानीको समस्या समाधान गरी बसाइँसराइ दर रोक्न डिप बोरिङ गरेर खानेपानी वितरण गरेको छ । गाउँपालिकाका अधिकांश वडामा पानीका मुहान सुकेर पिउने पानीको हाहाकार भएपछि डिप बोरिङमार्फत पानी निकालेर वितरण गरिएको जमीनमुनिको पानीको स्रोतलाई उपयोग गरिएकोे गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए। भूमिगत स्रोतलाई खानेपानीमा प्रयोग गर्न जिल्लामै पहिलो पटक छथर गाउँपालि...
तुलाधरको योगदान कहिल्यै बिर्सन सकिन्नः नेता नेपाल

तुलाधरको योगदान कहिल्यै बिर्सन सकिन्नः नेता नेपाल

काठमाडौँ, १८ कात्तिक । वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व. पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुग्नुभएको छ । उहाँको आजै ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न १२.४५ मा उपचाररत रहँदाकै अवस्थामा निधन भएको हो । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारसँग कुरा गर्दै तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेल...
error: Content is protected !!