काठमाडौँ, १८ कात्तिक । बाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आज निधन भएको छ ।

Advertisement

मस्तिष्काघात भएर अस्पताल भर्ना हुनुभएका उहाँको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको उहाँको परिवारका एक सदस्यले  राससलाई  जानकारी दिनुभयो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नु

एका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गर्नुभएको थियो । उहाँ पत्रकार तथा साहित्यकार पनि हुनुहुन्थ्यो । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!