एजेन्सी

काठमाडौँ । रजनीकान्त, अक्षय कुमार अभिनीत फिल्म ‘२.०’ को प्रदर्शन मिति तय भएको छ। । विभिन्न कारणले पटकपटक सर्दै आएको फिल्म आउँदो नोभम्वर २९ मा प्रदर्शनमा आउने भएको छ।

Advertisement

सुरुमा अप्रिलमा प्रदर्शनमा आउने भनिएको उक्त फिल्मको मिति अगस्टमा सरेको थियो। तर, अक्षयको ‘गोल्ड’ पनि अगस्टमै आउने पक्का भएपछि ‘२.०’ को प्रदर्शन मिति अन्तत: नोभेम्वरका लागि तय गरिएको हो।

अहिलेसम्म निर्माण भएका बलिउड फिल्ममध्ये सर्वाधिक महँगो बजेटमा निर्माण गरिएको भनिएको ‘२.०’ दर्शकका लागि पनि बहुप्रतीक्षित फिल्म बनेको छ। विज्ञान कथा अन्तर्गत रहेर निर्माण गरिएको फिल्मको कुल बजेट ४ सय करोड रहेको जनाइएको छ।

फिल्ममा अक्षय कुमार रजनीकान्तको अपोजिटमा खलनायकको भूमिकामा देखिनेछन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!