काठमाडौँ, १८ कात्तिक । ‘बर्खाको हिलोमा गाडी एक गियरमै चल्छ। अब मौसम फेरिएको छ, सरकारले २,४ गियरमा मात्रै होइन, उडान नै भर्नेवाला छ। यसमा विश्वस्त हुनुस्।’ –पुष्पकमल दाहाल, अध्यक्ष नेकपा।

Advertisement

‘चुनाव घोषणापत्र बनाउने संयोजक म आफैं थिएँ। तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा त्यसको केही आएन। दुईतिहाइको बहुमतले कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन। मेलमिलापमै जानुपर्छ।’ –वामदेव गौतम, सचिवालय सदस्य नेकपा।

०००

यी दुई बोली नेकपाका दुई शीर्ष नेताका हुन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल सरकारको समर्थनमा जुन दिन बुटवलमा बोल्दै थिए, त्यही दिन काठमाडौंमा सचिवालय सदस्य वामदेव गौतमले विरोध गरिरहेका थिए। अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकारबारे नेकपा नेताका स्वर बाझिएका हुन्। दाहालले पार्टीको प्रदेश ५ कमिटीले गरेको कार्यक्रममा पुगेर प्रधानमन्त्री ओलीको समेत प्रशंसा गरे। गौतमले भने ओखलढुंगाका शिक्षक गुरु लुइँटेलको स्मृति सभामा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका थिए।  आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

‘चुनाव घोषणापत्र बनाउने संयोजक मै थिएँ तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा घोषणापत्रमा उल्लेख विषय आएनन्, चुनावी घोषणापत्र कार्यान्वयन गर्नैपर्छ,’ गौतमले भने, ‘दुईतिहाइको बहुमत त हामीसँग छ, काम हुन सकिरहेको छैन। त्यो दुईतिहाइको कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन। मेलमिलापमै जानुपर्छ। कांग्रेस सभापति देउवाले भने जस्तै।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!