संगालोखबर सम्वाददाता

धनकुटा, १७ कात्तिक । धनकुटाका सुजल श्रेष्ठको एकमात्र निर्णायक गोलको सहायतामा मनाङ मस्र्याङ्दी क्लबले भारतको सिक्किममा सञ्चालित गभनर्स गोल्ड कप फुटबलको उपाधि जितेको छ ।

Advertisement

सिक्किमको पाल्जोर रङ्गशालामा शनिवार भएको फाइनलमा रेड आर्मी क्लब भारतलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै मनाङले उपाधि माथि कब्जा जमाएको हो ।

मनाङको जितमा धनकुटाका सुजलले एकमात्र निर्णायक गोल गरेका थिए । धनकुटाको हुलाकटोलका सुजलले खेलको ८१ औं मिनेटमा गरेको गोलनै मनाङलाई जित दिलाउँन निर्णायक बन्यो ।

क्वार्टरफाइनलमा कोलकाता कस्टम्स क्लबलाई दुईका विरुद्ध चार गोलले हराएको मनाङले सेमिफाइलनमा कोलकाता एटिकेलाई दुईका विरुद्ध छ गोलले पराजित गर्दै फाइनल पुगेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!