भीम देवान

काठमाडौं, १९ कात्तिक । देउकृष्ण देवान लिंखा याक्खाको निर्देशनमा बनेको तिहार गीत ‘सम्झे तिमीलाई’ को भिडियो सार्वजनिक भएको छ ।

Advertisement

ललितपुरको टिकाभैरवमा छायांकन गरिएको भिडियोमा जीवन लिम्बु, कल्पना लिम्बु र धनबहादुर देवान याक्खाले फिचरिङ गरेका छन् । बाल कलाकारहरु समीक्षा देवान याक्खा र निङ्लाहाङ देवान याक्खाको पनि भिडियोमा अभिनय छ । गायक रुपक जिमीको स्वर रहेको गीत ईश्वर चाम्लिङ्गले लेखेका हुन् । संगीत रुपकुमार राईको रहेको छ ।

स्वदेशमै रहेर पनि तिहारमा आफन्तसँग भेट्न नपाउँदाको पीडालाई म्युजिक भिडियोमा प्रस्तुत गरिएको निर्देशक देवानले बताए । भिडियोलाई गायक रुपक जिमीले निर्माण गरेका हुन् । देवान ‘तारेभीर’ फिल्मकोे निर्माता समेत हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!