धनकुटा, १९ कात्तिक । खानेपानी सरसफाइ क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय धनकुटाका निमित्त प्रमुख अर्जुनप्रसाद न्यौपाने मृत अवस्थामा भेटिएका छन् ।
हिजो बेलुका खाना खाएर कार्यालयको आवासगृहमा सुतेका ५३ बर्षीय न्यौपाने सुतेकै ठाउँमा आज बिहान मृत अवस्थामा भेटिएका हुन् ।
बिहान करिव ८ बजे कार्यालयका कर्मचारीले न्यौपानेलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । गोरखा घर भएका न्यौपानेको शव पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पतालमा राखिएको छ ।
घटनाको बिषयमा अनुसन्धान भईरहेको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए ।