काठमाडौं, २० कार्तिक । कार्तिक कृष्ण चर्तुदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको आज दोस्रो दिन कुकुर तिहारको रुपमा कुकुरलाई पूजा गरी मनाइँदै छ ।

Advertisement

कुकुरलाई यमदूतको रुपमा मान्ने शास्त्रीय परम्परा छ । खासगरी कुकुरले घरको रेखदेख गर्ने विश्वास गरिन्छ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई मन पर्ने खाना खुवाएर पूजा गरी माला लगाइदिने प्रचलन छ । कुकुरले प्राकृतिक विपत्तिको पूर्वसंकेत दिने विश्वास गरिनुका साथै यसलार्इ भैरवको बाहन पनि भनिन्छ।

अाजकाे दिन कुकुरलाई मीठा, मीठा परिकार खान दिएको खण्डमा यमराजको ढोकामा द्वारपालकारुपमा बस्ने श्याम र सबल नामका कुकुरहरुले यमलोक जाँदा सजिलैसँग बाटो छोडिदिने धार्मिक विश्वास रहँदै आएको छ ।

परापूर्वकालमा वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको हिन्दुहरुमाँझ धार्मिक विश्वास रहँदै आएको छ । विशेषगरी तिहारको दोश्रो दिनमा पूजा गरिने कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरकारुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग नलाग्ने विश्वास समेत गरिन्छ ।

साथै, यसैदिनको बिहान अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने प्रचलन समेत रहँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!