खोटाङ, १९ कातिक । आगलागीका कारण सम्पूर्ण भौतिक सम्पत्ति गुमाएको खोटाङको ज्योति माविलाई एक संस्थाले रु सात लाख बराबरको शैक्षिक सामग्री प्रदान गरेको छ ।

आगलागीमा ध्वस्त दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित नमूना विद्यालयलाई पुनः पहिले कै अवस्थामा ल्याउन रोटरी क्लब अफ जर्मनीले फ्रेण्डस अफ नेचर नामक संस्थामार्फत शैक्षिक सामग्री प्रदान गरेको हो ।

Advertisement

२०७४ साल जेठ १५ गते अज्ञात समूहले लगाएको आगोले विद्यालय ध्वस्त भएको थियो । रोटरी क्लब अफ जर्मनीले पुस्तक, लाइब्रेरी सफ्टवेर, दुरबिनलगायतका शैक्षिक सामग्री प्रदान गरेको वडाअध्यक्ष विकास राईले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान राईलाई जालपामा आइतबार आयोजित कार्यक्रममा फ्रेण्डस अफ नेचरका निर्देशक राजु आचार्यले शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन ।

२०६४ सालदेखि अङ्ग्रेजी माध्यमबाट पठन पाठन शुरु गरेको ज्योति माविलाई रोटरी क्लब अफ जर्मनीले कला, साहित्य, राजनीति, विज्ञान, वातावरण, शिक्षालगायत विभिन्न विद्याका दुई हजार थान पुस्तक, ई–लाइब्रेरी सञ्चालनका लागि दुई वटा सफ्टवेर, दुई थान लाइब्रेरी ब्याग, दुई थान दुरबिन, दुई थान पृथ्वीको ग्लोब, शैक्षिक चार्टलगायतका शैक्षिक सामग्री प्रदान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!