गाउँ छाडेर तराई बसाइँ सर्दै

गाउँ छाडेर तराई बसाइँ सर्दै

डोटी, १९ माघ । बोगटान गाउँपालिकाका स्थानीय तेजबहादुर मगर आफ्नो घरको सरसामान बोकी बिहीबार साँझ दीपायलस्थित पिपल्ला बजार आइपुग्नुभयो । गाउँमा खासै रोजगारी तथा व्यवसाय नभएपछि उहाँ तराईतिर बसाइँसराइका लागि आउनुभएको हो । तेजबहादुर मात्र नभई गाउँका अन्य बासिन्दा पनि हिजोआज बसाइँसराइका लागि तराई झर्न थालेका छन् । प्रदेशको राजधानी कैलाली तोकिएकाले यहाँका क्षेत्रीयस्तरका कार्यालय कैलालीमा सरेपछि गाउँमा ...
जिल्ला प्रहरी कार्यालयमा आगलागी

जिल्ला प्रहरी कार्यालयमा आगलागी

बाजुरा, १९ माघ । बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ । आगलागीबाट रु एक लाखभन्दा बढीको सामान क्षति भएकोे बताइएको छ । उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो । आगो प्रहरी जवान र बजारवासीको सक्रियमा नियन्त्रणमा आइसकेको...
द्वन्द्वका घाइते हाल सफल उद्यमी

द्वन्द्वका घाइते हाल सफल उद्यमी

दाङ, १९ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४२ वर्षीय चन्द्रबहादुर डाँगी व्यावसायिक रूपमा उन्नत जातका गाईपालनमा लागेर छोटो समयमै एक सफल उद्यमी बन्नुभएको छ । आफ्नो परिवारका तीन सदस्यसहित विगत तीन वर्षदेखि गाईपालनमा संलग्न उहाँले स्थानीय अन्य दुईलाई आंशिक रोजगारी पनि दिनुभएको छ । यो पेशाबाट सन्तुष्ट रहनुभएका डाँगी भन्नुहुन्छ, “वार्षिक करीब रु आठ लाख बचत गर्न सफल भएको छु, यसमै सन्तोष म...
धनकुटामा प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा, तीन महिनापछि हत्यारा पक्राउ

धनकुटामा प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा, तीन महिनापछि हत्यारा पक्राउ

धनकुटा, १८ माघ । धनकुटामा प्रेमीसँग मिलेर श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । गत कात्तिक १७ गते हिलेमा लागेको मिनी मेलामा इटहरी–१५ का ३५ वर्षीय रामबावु चौधरीको हत्या भएको थियो । घटना भएको तीन महिनापछि प्रहरीले हत्यामा संलग्न रामवावुकी श्रीमती २९ बर्षीया प्रिया चौधरी र धनकुटाको साँगुरीगढी–९ घर भई सुनसरीको बराहक्षेत्र–५ बस्दै आएका ३१ बर्षीय सविन राईलाई पक्राउ गरेपछि घटनाको रहस्...
वासना मात्र होइन यी रोगमा पनि औषधी सावित हुन्छ धनियाँ

वासना मात्र होइन यी रोगमा पनि औषधी सावित हुन्छ धनियाँ

एजेन्सी । धनियाँले भान्सामा खानाको स्वाद र बासना बढाउने काम गर्छ यसका साथै यो मसला स्वास्थका लागि पनि निकै फाइदाजनक छ । यसको दानादेखि पत्तासम्म विभिन्न रोगको उपचारका लागि प्रयोग गर्न सकिन्छ । १. रुघाखोकी यदि तपाई रुघाखोकीबाट ग्रसित हुनुहुन्छ भने धनियाँको रसमा मिश्री, बेसार र चूर्ण मिसाएर पिउनुहोस् । धनियाँको दाना चबाउँदा पनि चिसो लागेको र रुघाखोकीका लागि राम्रो हुन्छ । चियामा धनियाँको प्रयोग स...
‘मुलुक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च’

‘मुलुक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च’

बनियानी, १८ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च रहेको बताउनुभएको छ । भवानी घिमिरे साहित्यिक प्रतिष्ठान झापाले बिर्तामोडमा आयोजना गरेको दुई दिवसीय ‘मितेरी साहित्यिक सम्मेलन–२०७५’को आज उद्घाटन गर्दै उहाँले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान अतुलनीय रहेको बताउनुभयो । “मुलुकमा जति पनि आन्दोलन भए ती सबै साहित्...
पूर्वयुवराज घर फिर्ता

पूर्वयुवराज घर फिर्ता

काठमाडौँ, १८ माघ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट आज निर्मल निवास फर्कनुभएको छ । हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना हुनुभएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुग्नुभएको थियो । उहाँको मुटुको एन्जिओप्लास्टिक गरिएको अस्पतालले जनाएको छ । उहाँ अहिले सामान्य खानपिन र हिँड्डुुल गर्न सक्षम भएको भए पनि नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । ए...
भ्रष्टाचार अभियोगमा मुद्दा दायर

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

काठमाडौँ, १८ माघ ।  नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने आरोपमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । चौधरीले सार्वजनिक सेवामा रहँदा रु दुई करोड १४ लाख ५८ हजार ८३४ बराबरको भ्रष्टाचार गरेको आयोगले अभियोग लगाएको छ । उपप्रबन्धक चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती प्रियङ्काकुमारी चौधरी लगायतको न...
नर्वेले बनाउँदैछ समुद्रको पानीमा तैरिने सुरुङ मार्ग

नर्वेले बनाउँदैछ समुद्रको पानीमा तैरिने सुरुङ मार्ग

एजेन्सी  । विज्ञान र प्रविधिको अहिलेको युगमा के असम्भव छ र ? अब निकट भविष्यमै मानिसहरु समुद्रको पानीमुनि तैरिरहेको सुरुङमा कुँद्न सक्नेछन् । समुद्री बाटोबाट एक सहरबाट अर्को सहरसम्मको यात्रालाई सहज बनाउनका लागि नर्वेले एउटा अनौठो प्रयोग गर्दैछ । उसले निकट भविष्यमै समुद्रको पानीभित्र तैरिने सुरुङको निर्माण गदैृछ । कंक्रिटबाट बन्ने उक्त सुरुङ दुई लेनको हुनेछ । सन् २०५० सम्ममा उक्त समुद्री सुरुङको...
जेल परेका पत्रकारले मोबाइलबाट लेखेको पुस्तक पुरस्कृत

जेल परेका पत्रकारले मोबाइलबाट लेखेको पुस्तक पुरस्कृत

अस्ट्रेलियाले प्रशान्त क्षेत्रको एउटा टापुमा वर्षौँदेखि थुनामा राखिएका एक इरानी पत्रकारले सबैभन्दा ठूलो धनराशिको साहित्यिक पुरस्कार प्राप्त गरेका छन्। शरणार्थी बन्न अस्ट्रेलिया जान खोज्दा समातिएका बेहरुज बोचानीले थुनाबाट ह्वाट्सएपमा सन्देश पठाउँदै 'नो फ्रेन्ड बट द माउन्टेन्स: राइटिङ फ्रम मानुस प्रिजन' लेखेका थिए। त्यो पुस्तकले एक लाख अस्ट्रेलियन डलर (नेरु ८२ लाख ६० हजार बराबर) राशिको सन् २०१९ ...
नेपाललाई यूएईले दियो १०८ रनको लक्ष्य

नेपाललाई यूएईले दियो १०८ रनको लक्ष्य

काठमाडौँ, १८ माघ ।  टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएपछि नेपालले समान्य चुनौती पाएको हो । यूएईका लागि ओपनर सीपी रिजवनले ४४ रन बनाए । ४३ बलमा ४४ रन बनाएका रिजवनले चार चौका र एक छक्का प्रहार गरेका थिए । उनलाई अविनाश बोहराले आउट गरे । यूएईका अनुभवी ...
आयो नूनको बिक्री मूल्यमा एकरुपता भएन

आयो नूनको बिक्री मूल्यमा एकरुपता भएन

वीरगञ्ज, १८ माघ । सरकारी स्वामित्वमा रहेको साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने आयोडिनयुक्त नूनको बिक्रीमा एकरुपता नआउँदा उपभोक्ता ठगिँदै आएका छन् । उक्त लिमिटेडको अञ्चल कार्यालयले आफ्ना आठ वटा डिलरमार्फत सो आयोडिन नून पर्सा जिल्लामा बिक्री गर्दै आएको छ । सो कार्यालयले डिलरलाई उपभोक्ता मूल्य प्रतिकिलो रु २० सम्ममा बिक्री गर्न निर्देशन दिए पनि डिलर तथा विक्रेताले रु २२ देखि रु २५ सम्ममा...
‘जर्सी गाई’को दूध विकाउन गाह्रो

‘जर्सी गाई’को दूध विकाउन गाह्रो

लमही, १८ माघ । दाङमा जर्सी गाईको दूध विक्री हुन नसकेपछि किसानहरु प्रभावित भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १६ लक्ष्मीपुरका रमेश गिरीले पाँच वटा जर्सी गाई पाल्नुभएको छ । तर अहिले दुई वटा गाईले नियमित दूध दिन्छन् । सधै बिहान जर्सीको दूध ल्याएर बजार आउने गिरीलाई दूध विकाउन भने निकै सङ्घर्ष गर्नुपर्छ । “बजारमा भैँसीको दूध सहजै किन्छन् तर जर्सी गाईको दूधतिर आँखा पनि लाउँदैनन्”, उहाँले भन्न...
असक्त, असहाय र छाडा कुकुरकी आमा ‘बीना’

असक्त, असहाय र छाडा कुकुरकी आमा ‘बीना’

काठमाडौँ, १८ माघ । अघिल्लो महीना काम विशेषले सिंहदरबाट पार गर्न लाग्दा काठमाडौँकी बीना पन्तले लुतोले आक्रान्त भएर लडिरहेको कुकुर देख्नुभयो । कुकुरको घाउबाट रगत बगिरहेको थियो । उक्त दृश्यले उहाँको ध्यान तान्यो । तत्कालै गाडी रोकेर कुकुरको उद्धार गरी बूढानीलकण्ठ नगरपालिका–६ स्थित विष्णुमति किनारमा रहेको ‘करुणा पशु स्याहार’ केन्द्रमा लैजानुभयो । उपचारपछि अहिले कुकुरको घाउमा खाटो बसेको र हिँडडुल गर...
कलाकार राणाको निधन

कलाकार राणाको निधन

काठमाडौँ, १८ माघ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिनुभयो । करीब ३० वर्ष बेलायतमा बस्नुभएका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गर्नुभएको थियो । राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिन...
गाडीको ठक्करबाट एकको मृत्यु

गाडीको ठक्करबाट एकको मृत्यु

बेझाड, १८ माघ । गाडीको ठक्करबाट पाल्पाको तानसेनस्थित राईडाँडामा एकको मृत्यु भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४५३४ नंको बसले आज बिहान ११ः५५ मा ठक्कर दिँदा रुपन्देही रामपुर बस्ने २७ वर्षीय सोनु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक मोतीबहादुर खड्काले जानकारी दिनुभयो । अहिले ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकमा हिँड्ने क्रममा ...
रुकुमकोटमा यातायात र बजार बन्द

रुकुमकोटमा यातायात र बजार बन्द

रुकुम (पूर्व), १८ माघ । रुकुमकोटमा आजबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । स्वःस्फूर्त रुकुमकोटका यातायात व्यवसायी र व्यापार व्यवसायीले सदरमुकामका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्न बजार र यातायातका साधन ठप्प पारेको यातायात व्यवसायी समितिका अध्यक्ष मुलमान बुढाले बताउनुभयो । रुकुमकोटमा बिहानैदेखि यातायातका साधन चल्न दिइएको छैन । जसले गर्दा रुकुमकोट भित्रिने र बाहिरिने यात्रु अलपत्र परेका छन...
चिनी उद्योगमा अनिश्चितकालीन अनशन

चिनी उद्योगमा अनिश्चितकालीन अनशन

महोत्तरी, १८ माघ ।  विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड रामनगरका मजदूरले आज दोस्रो दिन पनि आमरण अनशन जारी राखेका छन् । वर्षौदेखि पाउँदै आएका सेवा सुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको भन्दै १० जना मजदूरले सामूहिकरुपमा उद्योग प्रशासनको गेट अगाडि अनिश्चितकालीन आमरण अनशनमा बसेका हुन् । बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी अखिल नेपाल औद्योगिक मजदूर युनियनका उपा...
आणविक कार्यक्रम विवरण खुलस्त पार्न अमेरिकी आग्रह

आणविक कार्यक्रम विवरण खुलस्त पार्न अमेरिकी आग्रह

स्टानफोर्ड, क्यालिफोर्निया, १८ माघ । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक नजिकिँदै गर्दा उत्तर कोरियाका लागि अमेरिकी कुटनीतिज्ञले आणविक र क्षेप्यास्त्र कार्यक्रम बारे पूर्ण रुपमा जानकारी गराउन आग्रह गरेका छन् । उत्तर कोरियासँग वार्ताको वातावरण तयार गर्न खटिएका अमेरिकी विशेष प्रतिनिधि स्टेफन बाइगनले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई निष्कर्षमा पुर्याउन आणविक कार्यक्रमको विस्तृत...
मुलुकभर दश हजार दुर्घटना, एक हजारभन्दा बढीको मृत्यु

मुलुकभर दश हजार दुर्घटना, एक हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, १८ माघ ।  साँघुरो बाटो र मुलुकभर बढ्दो सवारी साधनका कारण देशभर १० हजार ६८० दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहनामा मुलुकभर उक्त सङ्ख्यामा सवारी दुर्घटना भएको हो । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । मोटरसाइकल चार हजार २३०, जिप, कार दुई हजार ९५२, बस एक हजार २४४, ट्रक, ट्याङ्कर ९८८, टिपर २५१, टेम्पो १७१ र अन्य ५१ सवारी दु...
बन्द हुँदै गुगल प्लस

बन्द हुँदै गुगल प्लस

एजेन्सी । इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्ने मिति गुगलले सार्वज्निक गरेको छ । गुगल प्लसको सपोर्ट पेज अपडेट गर्दै गुगलले यो जानकारी दिएको हो । गुगलका अनुसार गुगल प्लसको दोस्रो संस्करण अर्थात् कन्जुमर भर्सन टू आगामी अप्रिल २ बाट बन्द हुनेछ । झण्डै ५ करोडभन्दा बढी प्रयोगकर्ताका डाटा चोरी भएको खब...
झण्डा महोत्सवको तयारी पूरा

झण्डा महोत्सवको तयारी पूरा

लहान, १८ माघ ।  राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपलिकामा आयोजना हुने झण्डा मेला महोत्सवको तयारी पूरा भएको छ । ‘कला संस्कृति हामो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हामो पहिचान’ भन्ने मूल नाराका साथ यही माघ २० गतेदेखि २९ गतेसम्म चल्ने महोत्सवमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता राखिने आयोजकले जनाएको छ । सखुव...
चालीस कार्टुन मदिरासहित पक्राउ

चालीस कार्टुन मदिरासहित पक्राउ

सप्तरी, १८ माघ ।  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित नेपाल– भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले ४० कार्टुन मदिरासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–५ बस्ने ३५ वर्षीय अशोककुमार रायलाई ४० कार्टुन मदिरासहित पक्राउ गरेको जनाएको छ । कार्टुनभित्र १२०० थान मदिरा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएक...
अमेरिकाको चिसोले रेकर्ड तोड्यो

अमेरिकाको चिसोले रेकर्ड तोड्यो

अत्यधिक चिसोका कारण संयुक्त राज्य अमेरिकाका जनजीवन अस्तव्यस्त बनेको छ । यहाँको मध्यपश्चिमी भागको तापक्रमले दशकौंपछि रेकर्ड तोडेको छ जसले अहिलेसम्म आठजनाको ज्यान लिइसकेको छ । युनिभर्सिटी अफ लोवाका एक विद्यार्थी कलेज भवन बाहिर मृत भेटिएका छन् । १८ वर्षे गेराल्ड ब्लेजलाई बुधबार अचेत अवस्थामा भेटिएको थियो । उनलाई अस्पतालले पछि मृत घोषित गर्यो । अधिकारीका अनुसार उनको अत्यधिक चिसोका कारण मृत्यु भएको...
म्याग्दीमा दुर्लभ ‘लोन्डेसी’ गुराँस भेटियो

म्याग्दीमा दुर्लभ ‘लोन्डेसी’ गुराँस भेटियो

गलेश्वर, १८ माघ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको छ । नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलमा विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको गाउँपालिका–४ का अध्यक्ष चन्द्रप्रसाद फगामीले जानकारी दिनुभयो । वडाध्यक्ष फगामीका अनुसार नारच्याङमा निर्माणाधीन मिस्त्रीख...
शृङ्खला जोगाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब

शृङ्खला जोगाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब

काठमाडौँ, १८ माघ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ । आजको खेल जित्नसके नेपालले शृङ्खला जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृङ्खला ...
विराटनगरमा उद्योगी र व्यापारीको माग ब्याज दर घट्नुपर्ने

विराटनगरमा उद्योगी र व्यापारीको माग ब्याज दर घट्नुपर्ने

विराटनगर, १८ माघ । बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरूपमा विहीबार आयोजित छलफलमा सहभागीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प र पाँच लाख युवालाई रोजगार द...
धनकुटामा सरकार विरुद्ध मसाल जुलुस

धनकुटामा सरकार विरुद्ध मसाल जुलुस

धनकुटा, १८ माघ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सरकार विरुद्ध धनकुटा बजारमा मसाल जुलुस प्रर्दशन गरेको छ । सरकारले जनविरोधी निर्णय गर्दै गएको, जवरजस्त अधिनायकवाद शैलीमा चिकित्सा शिक्षा विधेयक पास गरेको, हत्या वलात्कारमा संलग्नलाई कारवाही गर्न नसकेको भन्दै विरोध स्वरुप मसाल जुलुश प्रदर्शन गरिएको हो । सरकार विरुद्ध नारावाजी गर्दै निश्किएको जुलुश मदनचौकमा पुगेर समापन भयो । समापन अघि ...
मृगौलापीडित गुरुङको उपचारका लागि डा.शर्माद्वारा एक लाख सहयोग (भिडियोसहित)

मृगौलापीडित गुरुङको उपचारका लागि डा.शर्माद्वारा एक लाख सहयोग (भिडियोसहित)

मोरङ, १७ माघ । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको बेलबारीकी मृगौलापीडित सरस्वती गुरुङको उपचारका लागि एक लाख सहयोग गरेका छन् । बेलबारी नगरपालिका–४ धरहरा स्थित गुरुङको घरैमा पुगेर डा.शर्माले सहयोग प्रदान गरेका हुन् । सहयोग संकलनका विषयमा भएको छलफल कार्यक्रममा डा.शर्माले मृगौलापीडित गुरुङलाई एक लाख रकमको चेक हस्तान्तरण गरे । आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आ...
रोजगार संयोजक पदपूर्ति : अनलाइनबाटै आवेदन र परीक्षा

रोजगार संयोजक पदपूर्ति : अनलाइनबाटै आवेदन र परीक्षा

काठमाडौँ, १७ माघ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न आवश्यक ठानिएको रोजगार संयोजकको अनलाइनबाटै परीक्षा लिने तयारी गरेको छ । रोजगार संयोजका भर्ना प्रक्रियालाई बढीभन्दा बढी व्यवस्थित र पारदर्शी बनाउन अनलाइनबाटै परीक्षा लिने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । रोजगार संयोजकको प्रारम्भिक छनोटमा परेका उम्मेदवारसँग सातै प्रदेशमा तोकिएको स्थानमा ...
यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी

यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी

केटीहरुलाई हाँसो–ठट्टा गर्ने केटा मनपर्छ भनेर तपाईंले सुन्नुभएकै होला । तर धेरैलाई यसको कारणबारे भने थाहा नहुन सक्छ ? आउनुहोस्, यसबारे जानकारी लिऔं । १. ‘बोर फिल’ हुन दिँदैनन्ः रमाइलो गर्ने व्यक्तिसँग जो पनि बस्न रुचाउँछ किनभने यस्ता व्यक्ति वरिपरि हुँदा कहिले पनि बोर महसुस हुँदैन । यसका साथै उनीहरुको जोकले माहौल हल्का हुन्छ जसका कारण खुसी प्राप्त हुन्छ । यही कारण केटीहरु यस्ता केटासँग नै डेटि...
error: Content is protected !!