स्वर्गद्वारी आश्रमका किसान आन्दोलित

स्वर्गद्वारी आश्रमका किसान आन्दोलित

घोराही, २१ माघ । दाङमा रहेको स्वर्गद्वारी आश्रमको जग्गाको भोगचलन गर्दै आएका किसान आन्दोलित भएका छन् । भूमि सुधार मन्त्रालयले गुठीको जग्गा व्यवगस्थापनका लागि तयार पारेको मस्यौदा विधेयक (गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयक)मा आफूहरुलाई नसमेटिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । प्रस्तावित विधेयकमा नेपालभरिका गुठीलाई समेटिएता पनि स्वर्गद्वारी आश्रमलाई छुटाइएको उनीहरुको भनाइ छ । सर...
एक हजार सात सय चालकलाई कारवाही

एक हजार सात सय चालकलाई कारवाही

अमरगढी, २१ माघ । चालू आर्थिक वर्षको ६ महीनामा डडेल्धुरामा एक हजार ७०० भन्दा बढी सवारीसाधनका चालकलाई कारवाही गरिएको छ । जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकल, जिप, बस, ट्रक र ट्याक्टरका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेशसिंह नागारीले जानकारी दिनुुभयो । चालू आवको पुस ३० गतेसम्म ती सवारीसाधनका चालकबाट रु आठ लाख ९३ हजार राजश्व सङ्कलन गरिएको छ...
भोजपुरमा चौसठ्ठी मुद्दा फैसला

भोजपुरमा चौसठ्ठी मुद्दा फैसला

भोजपुर, २१ माघ । जिल्ला अदालतले चालू आवको ६ महीनामा ६४ मुद्दाको फैसला गरेको छ । साउनदेखि पुस मसान्तसम्म विभिन्न शीर्षकमा १४७ मुद्दा परेको थियो । अझै ८३ मुद्दाको फैसला हुन बाँकी छ । छ महीनाको अवधिमा कर्तव्य ज्यानका सात, ज्यान मार्ने उद्योगको एउटा, जबर्जस्ती करणीका १६, जबर्जस्ती करणी उद्योगका चार, सम्बन्धविच्छेदका ४८, ठगीका तीन, अंशसम्बन्धी १५, मानाचामलका ६, गाली बेइज्जतीका पाँच तथा कुटपिटको ८ मु...
भोजपुरमा फरार अभियुक्त कारागार चलान

भोजपुरमा फरार अभियुक्त कारागार चलान

भोजपुर, २१ माघ । फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । अवैध गर्भपतन मुद्दामा २०६९ जेठ २५ गते जिल्ला अदालतद्वारा तीन वर्ष कैद सजाय पाएका आमचोक गाउँपालिका–३ थिदिङखाका ३९ वर्षीय राजकुमार राईलाई पक्राउ गरी आइतबार कारागार चलान गरिएको छ । प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीका अनुसार इलाका प्रहरी कार्यालय घोडेटारको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रदेश राजधानी माग्दै धनकुटामा जुलुश

प्रदेश राजधानी माग्दै धनकुटामा जुलुश

धनकुटा, २० माघ । धनकुटालाई १ नम्बर प्रदेशको स्थायी राजधानी बनाउँन माग गर्दै आईतवार जुलुश प्रदर्शन गरिएको छ । प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएपछि धनकुटामा जुलुश निकालिएको हो । यो अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउँने बताईएको छ । सोही कारण धनकुटाबासीले राजधानी माग गर्दै प्रदेश सांसदहरुलाई सचेत गराएका हुन् । सांसदहरुको ध्यानाकर्षण गराउँने उद्धेश...
डा.शर्माद्वारा पथरीमा एम्बुलेन्स प्रदान, शर्मा दम्पतीलाई गरियो भव्य नागरिक अभिनन्दन

डा.शर्माद्वारा पथरीमा एम्बुलेन्स प्रदान, शर्मा दम्पतीलाई गरियो भव्य नागरिक अभिनन्दन

मोरङ, २० माघ । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मा दम्पतीलाई मोरङको पथरीशनिश्चरेमा भव्य नागरिक अभिनन्दन गरिएको छ । पथरीशनिश्चरे–९ पुलचौकमा डा.शर्मा र उनकी धर्मपत्नी एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मालाई सम्मानसहित अभिनन्दन गरिएको हो । डा.शर्माले सो क्षेत्रका बासिन्दाको सहजताका लागि करिव ११ लाखको लागतमा एम्बुलेन्स खरिद गरेर स्थानीय त्रिपुरेश्वर शिवपञ्चायन मन्...
नेपालले पहिलो टी-२० क्रिकेट सिरिज  जित्यो

नेपालले पहिलो टी-२० क्रिकेट सिरिज जित्यो

काठमाडौँ, २० माघ ।  तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जितेको छ ।  वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी-२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा यूएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । कप्तान पारस खड्काले ललित राजवंशीलाई बल दिए । पहिलो र दोस्रो बलमा विकेट लि...
फोरजी/एलटिइ सेवा विस्तार गर्न सम्झौता

फोरजी/एलटिइ सेवा विस्तार गर्न सम्झौता

काठमाडौँ, २० माघ । नेपाल टेलिकमको फोरजी/एलटिइ सेवा विस्तारका लागि आज सम्झौता भएको छ । संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा ट...
विराटनगरमा प्रदेश अधिवेशन शुरु

विराटनगरमा प्रदेश अधिवेशन शुरु

विराटनगर, २० माघ । प्रदेश नं १ प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशन आजदेखि शुरु भयो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि बैठकमा राजनीतिक दलका प्रतिनिधिले प्रदेश नं १ को राजधानी र नामकरणमा प्रदेश सरकारले ढिलाइ गरेमा जनतामा अविश्वास बढ्ने धारणा व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले...
व्यापारीलाई त्रास देखाएर रकम ठग्ने पक्राउ

व्यापारीलाई त्रास देखाएर रकम ठग्ने पक्राउ

काठमाडौँ, २० माघ । काठमाडौँ मलका व्यापारीलाई त्रासमा पारेर पैसा ठगी गर्दै आएका एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आज पक्राउ गरेको छ । गुण्डागर्दी नियन्त्रण तथा फरार अपराधी पक्राउ गर्ने अभियानअन्तर्गत चाबहिल बस्ने राजु भन्ने राजेन्द्रबहादुर गोर्खालीलाई बानेश्वरबाट पक्राउ गरिएको महाशाखाका प्रमुख धीरजप्रताप सिंहले जानकारी दिनुभयो । विगत एक वर्षदेखि काठमाडौँ मलको शिवल...
गर्भावस्थासँग जोडिएका पाँच झुट

गर्भावस्थासँग जोडिएका पाँच झुट

गर्भवती महिलालाई टिप्सको रुपमा यस्ता विभिन्न कुरा बताइन्छ जुन सही हुँदैनन् । तीमध्ये केही भ्रम हुन्छन् जुन निकै वाहियात  हुन्छन् । यहाँ केही यस्ता भ्रम बारे जानकारी दिइएको छ जुन डाक्टर अनुराधा कपूरसँगको कुराकानीपछि तयार गरिएको हो । उनी दिल्लीको म्याक्स अस्पतालकी स्त्रीरोग विशेषज्ञ हुन् । झुट १: गर्भावस्थामा व्यायाम गर्नुहुँदैन डाक्टर कपूर भन्छिन्ः ‘गर्भावस्थामा व्यायाम गर्नुहुँदैन भन्ने मान्य...
युएईसामु नेपालद्वारा १०५ रनको लक्ष्य प्रस्तुत

युएईसामु नेपालद्वारा १०५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, २० माघ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा नेपालले घरेलु टोलीलाई जितका लागि १०५ रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले पूरै १० ओभर खेल्दै आठ विकेट गुमाएर १०४ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले २९ तथा सन्दीप जोराले २८ रन बनाए । वर्षा र हावाहुरीको कारण ढिला शुरु भएको खेल १०...
पानीजहाज कार्यालयको दरबन्दी स्वीकृत

पानीजहाज कार्यालयको दरबन्दी स्वीकृत

काठमाडौँ, २० माघ । सरकारले नेपाल पानी जहाज कार्यालयका लागि राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिकतर्फका रजिष्ट्रारको नेतृत्वमा १६ को दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनीयर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनीयर एक/एक गरी तीन, सहायक र कार्यालय सहयोगी गरी आठ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको...
नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

काठमाडौँ, २० माघ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ पारित गरेको छ । समितिको आज बसेको बैठकले व्यवस्थापिका–संसद् सचिवालयसम्बन्धी ऐन २०६४ र छुवाछूत तथा भेद्भाव (कसुर र सजाय) ऐन २०६८ गरी दुई वटामा सामान्य संशोधनसहित पारित गरेको सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । विधेयकमा १०६ वटा ऐन संशोधनको प्रस्ताव ...
अमेरिकी बालबालिकाले दन्तमन्जन बढी प्रयोग गरे

अमेरिकी बालबालिकाले दन्तमन्जन बढी प्रयोग गरे

वासिङ्टन, २० माघ । अमेरिकाका धेरै बालबालिकाले चिकित्सकले सिफारिश गरेको भन्दा धेरै मन्जन प्रयोग गर्ने गरेको पाइएको छ । अमेरिकाको रोग नियन्त्रण तथा न्युनीकरण केन्द्रले दिएको जानकारी अनुसार सन् २०१३ देखि २०१६ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा ३८ प्रतिशत बालबालिकाले तोकिएको भन्दा बढी मन्जन प्रयोग गर्ने गरेका देखिएको छ । यसरी बढी मात्रामा दन्तमन्जन प्रयोग गर्नेमा तीन वर्षदेखि छ वर्षसम्मका बालबालिका...
शिशु जन्माउन नसक्दा मृत्यु

शिशु जन्माउन नसक्दा मृत्यु

डोटी, २० माघ । जिल्लाको सायल गाउँपालिका बस्ने ४३ वर्षीया नारु ऐरले शिशु जन्माउन नसक्दा उनको आज दिउँसो ज्यान गएको छ । पेटमै मृत्यु भएको शिशु निकाल्ने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दीपायलले जनाएको छ । घरमै रहेकी ऐरको पेट दुखेपछि उनलाई दिपायलस्थित अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा मृत शिशु निकालिएपछि ऐरको ज्यान गएको बताइएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर शुरु

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर शुरु

चितवन, २० माघ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको छ । भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी र्यालीका साथ निर्माणस्थल रामपुर पुर्याइएको थियो । रङ्गशाला निर्माणस्थलमा आयोजित रङ्गशालासम्बन्धी गृहजिल्ला घोषणा एवं डिपिआर निर्माण शुभारम्भ कार्य...
१० मिनेटका लागि प्रतिनिधिसभाको दोस्रो बैठक स्थगित

१० मिनेटका लागि प्रतिनिधिसभाको दोस्रो बैठक स्थगित

काठमाडौँ, २० माघ । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक २०७५ सहित राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरिएको छ । आजको दोस्रो बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको उक्त विधेयक टेबुल गर्नुभएको हो । दोस्रो बैठक १० मिनेटका लागि स्थगित गरिएको सभामुख कृष्णबहादुर महराले जानकार...
अविवहिताद्वारा शिशुको जन्म

अविवहिताद्वारा शिशुको जन्म

फिक्कल, २० माघ । इलाम अस्पतालमा सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित युवती बालिका सुनुवारले गए राति बच्चीलाई जन्म दिएकी छिन् । राति करीब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिशुको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जनाएकोे छ । शिशुको बाबु बेपत्ता भएकाले उसको नाम प्रहरीले नखुलाएको बताइएको छ ।
यसवर्ष ईदमा ‘विवाह’ गर्दैछन् सलमान खान– कट्रिना कैफ

यसवर्ष ईदमा ‘विवाह’ गर्दैछन् सलमान खान– कट्रिना कैफ

सलमान खान यो वर्ष विवाह गर्दैछन् । उनकी दुलही हुनेछिन् कट्रिना कैफ । सलमान र कट्रिनाको विवाहको तयारी पनि भइसकेको छ । तर यी दुईको विवाह ‘रियल’ मा नभई ‘रिल’ लाइफमा हुँदैछ । डिएनएको रिपोर्ट अनुसार सलमान र कट्रिनाको अपकमिङ फिल्म भारतका लागि वेडिङ सिक्वेन्स सुट गर्ने तयारीमा छन् । रिपोर्टका अनुसार यो एक विवाहको गीत हुनेछ । यो एक अपबीट गीत हो । यो गीतका लागि फिल्मको सेट फूलले सिंगारिँदै छन् । भारतको...
साइबर अपराधमा युवावर्ग बढी

साइबर अपराधमा युवावर्ग बढी

काठमाडौँ, २० माघ । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ९२६ उजुरी दर्ता भएका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरी...
तीन सय पेटी मदिरा बरामद

तीन सय पेटी मदिरा बरामद

अछाम, २० माघ । साँफेबगरबाट चौरपाटी गाउँपालिकातर्फ लैजाँदै गरेको रु दुई लाख मूल्य बराबरको गुणस्तरहीन मदिरा चौखुट्टे प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ । माघ १८ गते बेलुका साफेबगरबाट चौखुट्टेको बाटो हुँदै चौरपाटीतर्फ लैजाँदै गरेको ३०० पेटी सौफी नामको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो । स्थानीय युवा, व्यापारी र सरोकारवालाको पहलमा मदिरा नियन्त्रणमा लिइएको प्रहरी चौकी चौखुट्टेका प्रहरी सहायक ...
विद्युत् प्राधिकरणलाई निःशुल्क जग्गा दान

विद्युत् प्राधिकरणलाई निःशुल्क जग्गा दान

इनरुवा, २० माघ । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रलाई हरिनगर गाउँपालिका–४ का राजकुमार मेहता कोइरीले कार्यालय भवन निर्माणका लागि एक कठ्ठा जग्गा निःशुल्क दान दिनुभएको छ । करीब रु ४० लाख मूल्य बराबरको सो जग्गा कोइरीले निःशुल्क रूपमा दान दिएको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका प्रमुख सञ्जीवकुमार साहले जानकारी दिनुभयो । मेहताले आफ्नो स्वर्गीय आमा सम्झादेवी मेहताको सम्झनास्...
मालपोत कार्यालयका नासु घुससहित पक्राउ

मालपोत कार्यालयका नासु घुससहित पक्राउ

महोत्तरी, २० माघ । रु १० हजार रकमसहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गरेवापत एक सेवाग्राहीसँग रु १० ...
मिनीबसको ठक्करबाट वृद्धाको मृत्यु

मिनीबसको ठक्करबाट वृद्धाको मृत्यु

भरतपुर, २० माघ । चितवनमा मिनीबसको ठक्करबाट आज बिहान ६ः१५ बजे एक वृद्धाको मृत्यु भएको छ । पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा३ख २५६५ नंको स्थानीय रुटमा चल्ने मिनीबसले पैदलयात्री राप्ती नगरपालिका–४ डुडुवा चोककी करीब ७५ वर्षीया लीलामाया हुमागाईंलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस प्रहरी निन्त्रणमा रहेको र चालक...
बर्दिया राष्ट्रिय निकुञ्जभित्र टाइमकार्ड लागू

बर्दिया राष्ट्रिय निकुञ्जभित्र टाइमकार्ड लागू

बाँके, २० माघ । बर्दिया राष्ट्रिय निकुञ्जभित्र मन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत ठूला उच्च ओहोदाका व्यक्तिले प्रयोग गर्ने सवारी साधनसमेत निकुञ्जले जाँच शुरु गरेको छ । बर्दिया निकुञ्जभित्र सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने घटना बढेपछि नियन्त्रणका लागि प्रशासनले टाइमकार्ड लागू गरेको छ । निकुञ्जको प्रवेश बिन्दुमा दिइने कार्डमा उल्लेख समयभित्र अर्को सुरक्षा पोष्टमा पुग्नुपर्छ स...
नेपाल–युएई टि–२० आइतबार : इतिहास रच्ने अर्को मौका

नेपाल–युएई टि–२० आइतबार : इतिहास रच्ने अर्को मौका

काठमाडौँ, १९ माघ । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग अन्तिम खेल खेल्नेछ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम गर्दै एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । टि–२० सिरिज भने १–१ को बराबरीमा छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरी बनाएको छ । दुबईस्थित आइसिसी ग्लोबल ...
अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट : नेपाल १० विकेटले विजयी

अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट : नेपाल १० विकेटले विजयी

काठमाडौँ, १९ माघ । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली पाकिस्तानलाई १० विकेटले पराजित गरेको छ । शुक्रबारका लागि फैसलावादमा तय भएको खेल वर्षाका कारण आज इस्लामावादमा सारिएको थियो । उक्त मैदानमा पाकिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले सात ओभर ३ बलमा विनाविकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा मनकेसी चौधरील...
समृद्धिको सपना यही सरकारले पूरा गर्छ : प्रधानमन्त्री

समृद्धिको सपना यही सरकारले पूरा गर्छ : प्रधानमन्त्री

लहान, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउनुभएको छ । सदरमुकाम सिरहामा आज आयोजित शहीद हेमनारायण यादवको १५ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “गरीबी र बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौँ, तपाईंहरु धैर्य गर्नुस्, तपाईंहरुको समृद्धिको सपना यही सरकारले पूरा गर्छ ।” प्रधानमन्त्री ओलीले व्...
कपालका लागि प्याजको रस

कपालका लागि प्याजको रस

प्याज सजिलै पाइने खाद्य वस्तुमा पर्छ । धेरैजसो मानिस प्याज काट्दा आँसु आउने भएकाले यसलाई मन पराउँदैनन् तर प्याज कपालका लागि निकै लाभदायक मानिन्छ । प्याजमा पाइने सल्फरले कपालको जरालाई पोषण दिन्छ । सल्फरले कपाललाई दह्रो र लामो बनाउन मद्दत गर्छ । त्यसकारण धेरै जसो मानिसहरू कपाललाई लामो बनाउनका लागि प्याजको रस लगाउने गर्छन् । प्याजमा पाइने एन्टी–ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउँदा कपाल झ...
मृत अवस्थामा चितुवा भेटियो

मृत अवस्थामा चितुवा भेटियो

डोटी, १९ माघ । दिपायल सिलगढी नगरपालिका–८ लडागडाको टिमुरदह गाउँनजिकै ब्रमण्डी सामुदायिक वनमा मरेको अवस्थामा चितुवा फेला परेको छ । उक्त चितुवालाई मुचुल्का तयार गरी सिलगढी ल्याउनका लागि डिभिजन वन अधिकृत रामविचारी ठाकुर, रेञ्जर सुरेश रोकाया, सिलगढी सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भोजराज शर्मा र लडागडा प्रहरी चौकीको टोली उक्त स्थान पुगेको छ । चितुवा अन्दाजी तीन वर्षको रहेको र शरीरमा घाउ देख...
error: Content is protected !!