काठमाडौं, १५ चैत । उपत्यका सहित देशका पूर्व र पश्चिमका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । शुक्रबार दिउँसो देशका केहि स्थानमा मेघ गञ्र्जनसहित वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार दिनभर देशका अधिकासं स्थानको मौसम बदली हुने संभावना रहेको छ ।
बिहिबारदेखि नै मौसम बदली भएकाले विगत दुई दिनको तुलनामा उपत्यकाको तापक्रम बढेको छ । उपत्यकाको न्युनतम तापक्रम शुक्रबार १४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।