दुई नेपाली बालक ‘सारेगमप लिटिल च्याम्प्स्’ को टप १५ मा
भारतीय टेलिभिजन च्यानल जिटिभीमा प्रसारण भइरहेको कार्यक्रम 'सारेगमप लिटिल च्याम्प्स्' मा दुई नेपाली बालकले प्रतिस्पर्धा गरिरहेका छन्। इटहरीका प्रितम आचार्य र भक्तपुरका आयुस केसी 'सारेगमप लिटिल च्याम्प्स्' को टप १५ मा पर्न सफल भएका छन्। गायन प्रतिस्पर्धामा उनीहरू दुवै खरो उत्रिँदै टप १५ मा छनौट भएका हुन्।
कार्यक्रमको नियमअनुसार यो राउन्डबाट टप १५ जना मात्र छानिने भए पनि जजहरूले यसपालि १६ जना छाने...































