प्रियंकाको जुत्ताको मूल्य एक लाख
काठमाडौं, १६ चैत। प्रियंका चोपडालाई बलिउडकी फेसनेबल हिरोइनको रूपमा लिइन्छ । प्रियंका कपडाका साथै फुटवेयरकी पनि सौखिन छिन् । यही कारण पनि प्रियंका चर्चित ड्रेससँगै चर्चित डिजाइनरले बनाएका जुत्ताको साथमा देखिन्छन् । उनी प्रायः नयाँ जुत्तामा देखिने गर्छिन् ।
बलिउडमा एकपटक लगाएको कपडा दोस्रोपटक लगाउने चलन कम छ, तर प्रियंका चोपडा ती अभिनेत्रीमध्ये फरक अभिनेत्री हुन् । उनलाई दोस्रोपटक त्यही लुगा लगाउ...































