मेष राशि– पारिवारिक सुख मिल्नेछ । अधुरा काममा साथी भाइबाट सहयोग मिल्ला । खर्चमाभने बृद्धि हुनेछ । कामगर्ने तरिकामा परिवर्तन हुनेछ । शैक्षिकपक्षमा सुधार होला । यात्रामानयाँ कुरा देख्नपाइनेछ । पुरानो मित्रसंग मिलनहुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना छ । मनमा उत्साह बढ्नेछ । आफन्तको सल्लाहउपयोगी रहला । प्रेम प्रसंगमा आत्मीयता बड्नेछ ।

बृष राशि– पठनपाठनमा रुचि बढ्नेछ । कला क्षेत्रमा प्रगति हुनेछ । वैदेशिक यात्राको सम्भावना छ । नयाँ ठाउँको लगानिले मुनाफा दिनेछ । साताको अन्त्यमाखर्च बड्ला । यात्राले मानसिक सुख थप्नेछ । शरिरभने अल्छी रहला । स्वास्थ्यमा सामान्य गडबडि हुन सक्छ । मानसम्मान पनि मिल्ला । बोलिको कारण कसैको चित्तदुख्न सक्छ सावधान रहनु होला ।

Advertisement

मिथुन राशि– सन्तोस मिल्ने साता छ । रमाइलो यात्रा होला । व्यवशायबाट लाभ मिल्नेछ । नयाँ रोजगारीको सिर्जनाहुन सक्छ । कामअनुसार फल सहजै मिल्नेछ । प्रतिष्ठा बढने देखिन्छ । पठनपाठनमा रुचिकमहोला । परिवारमा रमाइलो वातावरण छाउनेछ । शत्रुले काममा बाघा पुर्याउलान । धार्मिक काममा सहभागीभइनेटछ । स्वास्थ्यको बिचार गर्नुहोला । प्रेममा सफलतामिल्नेछ ।

कर्कट राशि– धनकमाउने अनेक योजनादिमागमाआउनेछन् । अधुरा कामबन्दै जानेछन् । साहित्यिक क्षेत्रमाप्रगति हुनेछ । समाजमायश बृद्घि हुने योग छ । पारिवारिक चिन्ता बढ्नेछ । अनुसन्धानमूलककाममा रुचि बढ्नेछ । ठूला बडाबाट नयाकामको प्रेरणा मिल्ला । पढाइ लेखाइमा मन कमजाला । अनावस्यक कुरामाचिन्ता बढ्न सक्छ सावधान रहनु होला ।

सिंह राशि– काम फटाफट बन्ने साता छ । यात्रामा रमाउने अवसर मिल्ला । कलाको क्षेत्रमाप्रगतिहुनेछ । सामाजिक काममा मानसम्मान मिल्नेछ । मंगलवार लगानिगर्नबाट जोगिनु होला । धनमाल हराउने सम्भावना पनि छ सावधान रहनु होला । प्राविधिक पक्ष सबल रहनेछ । प्रेम प्रसंगमा वादविवादको सम्भावना छ । व्यवसायमा प्रगति हुने देखिन्छ ।

कन्या राशि– वैदेशिकयात्राको योग छ । नयाँ निर्णय लिँदा सोचेर लिनुहोला । मानसिकशुख बढ्नेछ । काममाभने ढिलासुस्तीहुन सक्छ । प्रेममा सफलतामिल्ला । साथीको सहयोगबाट नयाँकामहरु हातलाग्नेछन् । बोलिको मधुरता बढ्नेछ । आम्दानी सोचे अनुकुल नै होला । विद्या अध्ययनमा प्रगति हुने छ । पारिवारिक सम्बन्धमा मनमुटावको सम्भावना छ सावधान रहनु होला ।

तुला राशि– साथीभाइमा सुमधुर सम्बन्ध बन्नेछ । शैक्षिक क्षेत्रमासफलता मिल्ला । आर्थिक कुरामा सन्तोषको सास फेर्न पाइनेछ । सोचेकाकाम सहजतरिकाले बन्नेछन् । यात्रामा कठिनाइ ब्यहोर्नु पर्ला । मंगलवारपछि कडा परिश्रम भएपनि सुखदफलमिल्नेछ । शत्रुले दुखदिनखोज्लान । परोपकारी काममा मन जानेछ । प्रेम प्रस्तावआउन सक्छ । संिगत क्षेत्रमाक्रमिक सुधार हुनेछ ।

बृश्चिक राशि– सरसामान किन्ने योग छ । साथीभाइको सहयोग मिल्ला । यात्राका क्रममा केहि कठिनाइ ब्यहोर्नु पर्ला । दाजुभाइको सल्लाहलाई मान्नु पर्ने साता छ । खानपीनमा विचार गर्नुहोला । व्यवसायममा प्रगति हुनेछ  । लत्ताकपडाको कामबाट लाभमिल्नेछ । अनुसन्धान क्षेत्रमाअरुचि पैदा होला । साना साना कुराले मनमा डर उत्पन्न गराउनेछ । नयाकामको आशा बढेर जानेछ ।

धनु राशि– यो साता सोचेर लगानि गर्नु होला । शैक्षिकक्षेत्रमा आलस्य बढ्ला । व्यवसायबाट लाभ मिल्नेछ । सोचे अनुरुपकामहरु बन्नेछन् । यात्राकाक्रममा सावधान रहनु होला । नेतृत्व क्षमतामा बृद्धि हुनेछ । उच्च पदस्त व्यक्ति संग परिचयको अवसर मिल्नेछ । बोलिको प्रभाव बढ्नेछ । परिवारमा वैवाहिककार्यको कुराकानि होला । विलाशिताको काममा सफलता मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ ।

मकर राशि– सोच्ने शक्तिमा विकास हुनेछ । बोलीमा प्रभाव बढ्ला । काममा सफलता मिल्नेछ । अनौठो तरिकाले साहस बढ्नेछ । अधुरा कामपनिबन्नेछन्  । वादविवादगर्नबाट जोगिनु होला । साताको अन्त्यमा रमाइलो गर्न पाइनेछ । स्वास्थ्यमाभने सामान्यबाधा देखिन्छ । व्यवसायमाप्रगतिहोला । रमाइलो यात्राको सम्भावना छ । मायालुसंग रमाइला कुरा हुनेछन् ।

कुम्भ राशि– परिश्रम अनुसार फलमिल्नेछ । कामबन्नाले मनमाआनन्दको अनुभवहुनेछ । प्राविधिक क्षेत्रमा मन रमाउनेछ । प्रेम सम्वन्ध सम्झन योग्य रहला । काममाभाग्यउदयको सम्भावना छ । बुधवार पछि रमाइलो गर्नपाइनेछ । धार्मिक कार्यमा मन जाला । नयाँ काम पाउने योग छ । आयआम्दानी रामै्र हुनेछ । शुभ समाचारले साताको अन्तिमउत्साहमय रहला ।

मीन राशि– पढाइमा कम मन जाला । मानसम्मानपाइनेछ । कामको प्रयास खेर जाने छैन । यो सातानया क्षेत्रमालगानि नगर्नु होला। काममाजोश जागँर बढ्नेछ । व्यवसायमा प्रगति हुनेछ । सञ्चार क्षेत्रमा उन्नती हुनेछ । रिस बढ्न सक्छ सावधान रहनु होला । अनावश्यक धन खर्च हुने देखिन्छ । प्रेम प्ररङ्गमा रमाइलो क्षण आउनेछ । समयको ख्यालगर्न नसक्दा काम रोकिन सक्छ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!