मेष– टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ ।
वृष– गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला ।
मिथुन– अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अनावश्यक यात्राको योग छ ।
कर्कट– श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ ।
सिंह– दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ ।
कन्या– बिहान काम बन्नेछ बेलुका सामान्य तनाब होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ ।
तुला– पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ ।
वृश्चिक– धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ ।
धनु– काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला ।
मकर– काममा समस्या देखिएला । अनेक किसिमका झमेला मा परिएला ।
कुम्भ– तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ ।
मीन– अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला, टाढाको यात्राको पनि योग रहेको छ ।