रबिन कटेल/संगालोखबर

धनकुटा । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले धनकुटाका सातवटै स्थानीय तहका सम्पुर्ण उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

एमाले धनकुटाले बिहीबार पत्रकार सम्मेलन गरी जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका उम्मेदवारहरु सार्वजनिक गरेको हो । एमालेले धनकुटा नगरपालिकाको मेयरमा चिन्तन तामाङ्ग र उप–मेयरमा शकुन्तला बस्नेतलाई उम्मेदवार बनाएको छ ।

Advertisement
उम्मेदवार सार्वजनिक गर्न एमाले धनकुटाले गरेको पत्रकार सम्मेलन । तस्वीर: रबिन कटेल/संगालोखबर

त्यस्तै बृषबहादुर राईलाई पाख्रीवास नगरको मेयर र उप–मेयरमा देवकला पौडेल तिम्सिनालाई एमालेले उम्मेदवारको रुपमा अघी सारेको छ । एमालेले महालक्ष्मी नगरपालिकाको मेयरमा पर्शुराम नेपाल र उप–मेयरमा मञ्जुकुमारी कार्की (अधिकारी) लाई उम्मेदवार बनाएको छ ।

यता चौबिसे गाउँपालिकाको अध्यक्षमा खजिन्द्र राई, उपाध्यक्षमा यज्ञकुमारी रुचाल, साँघुरीगढी गाउँपालिकाको अध्यक्षमा कुमारजंग याखा र उपाध्यक्षमा बिन्द्रा राईलाई एमालेले उम्मेदवार घोषणा गरेको छ ।

त्यस्तैगरी खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिकाको अध्यक्षमा मनोज राई र उपाध्यक्षमा रत्नश्वरी राईलाई उम्मेदवार बनाईएको छ । छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा शेरबहादुर लिम्बु र उपाध्यक्षमा भीमकला श्रेष्ठलाई एमालेले उम्मेदवार बनाएको छ ।

उम्मेदवार सार्वजनिक गर्न एमाले धनकुटाले गरेको पत्रकार सम्मेलन । तस्वीर: रबिन कटेल/संगालोखबर

कार्यक्रममा एमाले अध्यक्ष राजेन्द्र राईले धनकुटाका सातवटै स्थानीय तहमा एमालेले जित्ने दावी गरेका छन । पत्रकारहरुसमक्ष राईले भने ‘लेखेर राख्नुस्, धनकुटाका सातवटै स्थानीय तहमा एमालेले कब्जा जमाउँछ ।’

जिल्लाका कतिपय स्थानीय तहमा एमाले बाहेकका दलहरुले गरेको चुनावी गठबन्धनलाई लक्षित गर्दै राईले कुनै गठबन्धनले पनि एमालेलाई असर पार्न नसक्ने जिकिर गरेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!