संगालोखबर सम्वाददाता

धनकुटा। असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले धनकुटाको महालक्ष्मी नगरपालिकामा आज उम्मेदवार घोषणा गर्ने भएको छ ।

एमालेले महालक्ष्मीमा उम्मेदवारको टुंगो लगाएर चुनावी घरदैलो, सभा लगायत गर्दै आएको भएपनि औपचारिक रुपमा उम्मेदवार घोषणा गर्न लागिएको हो ।

Advertisement

महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुरमा विहान ११ बजेका लागि उम्मेदवार घोषणा सभा आयोजना गरिएको एमाले महालक्ष्मी–७ का सदस्य प्रकाश दाहालले जानकारी दिए ।

एमाले केन्द्रिय सदस्य रामकुमारी झाक्री, सांसद टिकाराम चेम्जोङ्ग, नेपाल प्रगतिसिल प्रद्यापक संगठनका केन्द्रिय अध्यक्ष प्रा.डा. यादव प्रसाद लामिछाने, एमाले धनकुटा अध्यक्ष राजेन्द्र राई लगायतले घोषणा सभालाई संबोधन गर्ने कार्यक्रम छ ।

लोक गायक तुलसी पराजुली, साजन राई लगायत कलाकारको साथमा साँस्कृतिक कार्यक्रम पनि हुने एमाले सदस्य रेवती नेपालले जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!