गृहमन्त्री निधि भन्छन ‘भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ, ढुक्क भएर मतदान गर्नुस्’
काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आइतबार हुने पहिलो चरणको निर्वाचनमा सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
आज गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मतदान गर्न जाँदा कुनै किसिमको अवरोध उत्पन्न हुन नदिनका लागि नेपाली सेना, सशस्त्र प्रहरीबाट पैदल मार्ग र हवाइगस्तीको समेत प्रबन्ध गरिएको जानकारी दिनुभयो ।
...
