चुनावअघी नै एमालेले गर्याे १३६ मध्ये ७०वटा स्थानीय तहमा जितकाे दाबी
लहान। नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज २ गते हुने दुई नं. प्रदेशको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तीमा ७० स्थानीय तहमा जित्ने दाबी गर्नुभएको छ ।
नेकपा (एमाले) प्रचार विभाग र प्रेस चौतारी सिरहा शाखाद्वारा आज लहानमा आयोजित स्थानीय तह निर्वाचन प्रचार–प्रसार भेला शुभारम्भ गर्दै उहाँले अन्य प्रदेशमा जस्तै एमाले २ नं प्रदेशको १३६ स्थानीय तहमध्ये कम्तीमा ७० स...


















