ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष– दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला ।

वृष– समाजमा कुरा काट्नेहरू बढ्नेछन् । दैनिक कार्यमा केही समस्याहरू देखिएलान् । सावधान रहनु होला ।

Advertisement

मिथुन– मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ ।

कर्कट– सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ तरपनि पछि काम बन्छ आम्दानीका स्रोतहरू बड्नाले मन प्रसन्न रहला ।

सिंह– कृषि र व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि मनग्ये धन कमाउने अवसर जुट्नेछ ।

कन्या– सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला होसियार रहनु होला ।

तुला– नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्नतिको सम्भावना छ तर आत्मीयजनसँग बिछोड होला ।

वृश्चिक– आफन्तको भेटले हर्ष बढ्नेछ । सन्तानको सहयोग मिल्नेछ । याात्रामा  मन रमाउनेछ  ।

धनु– रोकिएका काम बन्नेछन, व्यापार–व्यवसायमा उन्नति हुनेछ । काममा जसपाउने सम्भावनाछ ।

मकर– विश्वासपात्रबाट धोका पाइएला । मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला ।

कुम्भ– काममा कठिनाई देखिए पनि अन्ततः खशी मिल्नेछ । घर–जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ ।

मीन– प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययनका लागि अनुकुल समय छ । ब्यपार पनि फस्टाउनेछ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!