काठमाडौँ, २३ असोज। ‘ए मेरो हजुर २’ को सफलतापछि अभिनेत्री झरना थापाले फिल्म ‘भागवत गीता’ बनाउने घोषणा गरेकी छन्। चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको सात्क्षाकार कार्यक्रममा झरनाले नयाँ फिल्म बनाउने घोषणा गरेकी हुन्।

हरिहर अधिकारीको कथा रहेको ‘भगवत गीता’को कथा तयार भएको पनि कार्यक्रममा जानकारी दिइएको छ। होम प्रोडक्सनबाट सुनिल कुमार थापाले निर्माण गर्ने ‘भागवत गीता’ को यो बर्षको अन्त्यबाट छायाँकन हुँदैछ।

झट्ट सुन्दा धार्मिक फिल्म जस्तो लागेपनि ‘ए मेरो हजुर २’ जस्तै यो फिल्म पनि युवाको प्रेम कथामा आधारित रहने बताइएको छ।फिल्मको विषयमा विष्तृत कुरा भने खुलाइएको छैन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!