काठमाडौ,२३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित १९ जना साँसदले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन जनाएको छ ।

Advertisement

अध्यक्ष थापासहित १९ जना साँसदले सोमबार संसद सचिवालयमा सरकारलाई समर्थन जनाएको पत्र दर्ता गराएका हुन ।‘मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा प्रतिनिधिसभा तथा प्रदेशसभाको आगामी चुनाव सुनिश्चित गर्न राप्रपाले बर्तमान सरकारलाई समर्थन दिने निर्णय गरेको हो ’संसद सचिवालयमा दर्ता गरिएको पत्रमा भनिएको छ ।

राप्रपा विभाजित भएपछि पशुपति शम्सेर राणा नेतृत्वको समूहले यसअघि नै सरकारमा सहभागी भएको थियो भने कमल थापा नेतृत्वको समूह सरकारमा सहभागी भएको थिएन ।

सरकारमा रहेको नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी गठबन्धन र पार्टी एकता गर्ने प्रस्ताव अगाडि बढाएपछि काँग्रेसले आफनो नेतृत्वको गठबन्धनलाई बलियो बनाउने क्रममा कमल थापा नेतृत्वको राप्रपालाई साथमा लिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!