डुबेर बालकको मृत्यु

डुबेर बालकको मृत्यु

राजविराज ।  सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिका–१४ डलुवास्थित खाल्डोमा डुबेर आज एक बालकको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीका अनुसार स्थानीय पाँच वर्षीय इनदल यादवको मृत्यु भएको हो । शौच गर्न कोशी नदीको किनार जानेक्रममा उनी खाल्डोमा डुबेका थिए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको छ ।
जीप दुर्घटनामा एमाले नेतृको निधन, पूर्व सांसद घाइते

जीप दुर्घटनामा एमाले नेतृको निधन, पूर्व सांसद घाइते

काठमाडौं।धनुषाको मुझेलियामा भएको जीप दुर्घटनामा एमाले नेतृ तथा सलहेश संग्राहलय निर्माण समितिका सदस्य सरितादेवी चौधरीको निधन भएको छ । बिहीबार भएको सो दुर्घटनामा परी नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् पूर्व सांसद रामरति रामलगायत व्यक्तिहरू गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी रामरति रामका अतिरिक्त सलहेश संरक्षण सम्वद्र्धन विकास समितिका अध्यक्ष तथा प्रदेश नं. २ संगठन कमिटीका सदस्य मागेन कामत, सिर...
जसको हत्याको आरोपमा ८ वर्षदेखि लुकिरहेका थिए उसलाई जिउँदै भेटेपछि …

जसको हत्याको आरोपमा ८ वर्षदेखि लुकिरहेका थिए उसलाई जिउँदै भेटेपछि …

काठमाडौँ। एक महिलाको हत्याको आरोप लागेका ६ जना अभियुक्तहरु ८ वर्षदेखि लुक्दै हिँडिरहेका थिए । प्रहरीबाट बच्न लुकिछिपी हिँडिरहेका उनीहरु त्यतिबेला छक्क परे जब ती महिला जिउँदै भेटिइन् । भारतको बिहार बैशालीको जंदाहा भन्ने ठाउँकी माला कुमारी रायको हत्याको अभियोगमा उनका पति र अन्य पाँच जना लुकिछिपी बसिरहेका थिए । मृत्यु भएकी भनिएकी महिला मालाका पिता शंकर रायले मालाका परिवारका ६ जनाविरुद्ध आफ्नी छोरीक...
नुवाकोटमा कर्मचारी नहुदाँ इलाका प्रशासनको सेवा बन्द

नुवाकोटमा कर्मचारी नहुदाँ इलाका प्रशासनको सेवा बन्द

नुवाकोट।स्थानीय सातविसेस्थित इलाका प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा कर्मचारीको अभावमा बन्द भएको छ । शाखाअधिकृतले नेतृत्व सम्हाल्ने सो कार्यालयमा पदपूर्ति नहुदाँ काजमा रहेका नायब सुब्बाको पनि कार्यकाल पूरा भएपछि सेवा बन्द भएको हो । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने तादी र दुप्चेश्वर गाउँपालिकाको १३ वटा वडाका नागरिकलाई सेवा दिँदै आएको सो कार्यालयमा असार २६ गते सोमबारदेखि कार्यालय प्रमुख नहँुदा ब...
दुई महिनादेखि दुई बालिका बेपत्ता

दुई महिनादेखि दुई बालिका बेपत्ता

राजविराज । दुई महिनाअघि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकाबाट हराएका दुई बालिका अहिलेसम्म घर फर्किएका छैनन् । सोही नगरपालिका–१ स्थित भारदह निवासी दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो खड्गा र सात वर्षीया छोरी सरोकुमारी खड्का घरमा सामान्य विवाद हँुदा आवेशमा आएर दुई महिनादेखि घरबाट निस्केका उनीहरू हालसम्म घर नफर्केपछि परिवारमा चिन्ता बढेको छ । स्थानीय बिपी मावि भारदहमा कक्षा ९ मा अध्ययन गर्दै आएकी...
स्थानीय तहको अधिकार कटौती मान्य छैन: ओली

स्थानीय तहको अधिकार कटौती मान्य छैन: ओली

 भक्तपुर  । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न लागेको भन्दै एमालेलाई यो मान्य नहुने बताएका छन् । आज सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै उनले संविधानले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न खोज्नु गलत भएको बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘संविधान निर्माण गर्दा संविधानमै उल्लेख भएक...
लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले ९६२ एम्पुल लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित रौतहटको गौर नगरपालिका-३ बस्ने अमित कुमारलाई पक्राउ गरेको हो । अमितले गौरबाट काठमाडौं आउँदै गरेको बा ३ ख ६१४३ नम्बरको बसको डिकीमा डसनाभित्र लुकाएर लागुऔषध काठमाडौं प्रवेश गराउन खोज्दा प्रहरीले पक्राउ गरेको हो । अमितको लुकाएर ल्याएको डाइज्यल्याव ३२५ एम्पुल, फेनार्गन ३२५ एम्पुल र नु...
बलात्कारपछि हत्या भएको घटनाको त्रुटिपूर्ण अनुसन्धानमा संग्लन १२ प्रहरी अधिकारीमाथि विभागीय कारबाही हुने

बलात्कारपछि हत्या भएको घटनाको त्रुटिपूर्ण अनुसन्धानमा संग्लन १२ प्रहरी अधिकारीमाथि विभागीय कारबाही हुने

काठमाण्डौ ।साँढे पाँच बर्षअघि १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कारपछि हत्या भएको घटनाको त्रुटिपूर्ण अनुसन्धानमा संग्लन १२ प्रहरी अधिकारीमाथि विभागीय कारबाही हुने भएको छ । घटनाका मुख्य अभियुक्त श्याम राउतलाई प्रहरीले असार ११ मा भारतबाट पक्राउ गरेर ल्याएपछि मुद्दा फेरि सतहमा आएको हो । अनुसन्धानमा प्रहरीले गम्भीर गल्ती गरेको भन्दै मध्य क्षेत्रिय प्रहरी कार्यालयले धनुषाका एसएसपी सुभाष चौधरीलाई...
वन रक्षक शाहीका हत्यारालाई सर्वस्वसहित जन्म कैद

वन रक्षक शाहीका हत्यारालाई सर्वस्वसहित जन्म कैद

ताप्लेजुङ । कार्यसम्पादनकै क्रममा हत्या गरिएका वन रक्षक गणेश शाहीको हत्यारालाई जिल्ला अदालत ताप्लेजुङले सर्बस्वसहित जन्मकैदको फैसला गरेको छ । शाहीको हत्या गर्ने मिक्वाखोला गाउँपालिकाका टेकबहादुर लिम्बुलाई जिल्ला न्यायाधिस अशोककुमार बस्नेतको इजलासले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो । हत्यामा संलग्न नागथाने भनिने दावा शेर्पालाई ८ महिना कैद र प्रमाण नष्ट गर्न भूमिका खेलेका देउकला लिम्बु, रामब...
ताप्लेजुङमा महिलाको शव भेटियो, हत्याको आशंका

ताप्लेजुङमा महिलाको शव भेटियो, हत्याको आशंका

ताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालीका १ मा एक महिला मृत अवस्थामा फेला परेकी छन् । साविक निगुरादिन–६ का दिलिप थलङ लिम्बुकी ३० वर्षीया श्रीमती सिर्जना लिम्बु घर नजिकैको बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान घाँस काट्न आएका गाउँलेले घर नजिकैको बारीमा सिर्जनालाई मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले सो स्थानमा प्रहरी पुगेर घटनाको विषयमा अनुसन्धान गरीरहेको छ । घ...
इटहरीमा आगलागी, सात करोड बढी क्षति भएको अनुमान

इटहरीमा आगलागी, सात करोड बढी क्षति भएको अनुमान

इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२ः३० बजेपछि भएको भीषण आगलागीमा करिब रु साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत्को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका सबै सामग्रीसहित दोकानका अन्य सामग्रीसमेत जलेर ध्वस्त हुँदा कार्कीको मात्र रु ६ करोडभन्दा बढीको नोक्सा...
मोरङको बूढीगंगा गाउँपालिकामा करेन्ट लागेर एकको मृत्यु

मोरङको बूढीगंगा गाउँपालिकामा करेन्ट लागेर एकको मृत्यु

मोरङ । मोरङको बूढीगंगा गाउँपालिका–५ स्थित हात्तीमुढा चौक नजिकै बिहीबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ बस्ने सुरेन्द्र तोदीको खेतीमा मजदुरी काम गर्ने दुहबी नगरपालिका–६ बस्ने ५५ वर्षीय रामचन्द्र शर्माको मृत्यु भएको हो । शर्मालाई पानी खाने क्रममा तोदीको खाली जग्गामा रहेको कलमा जडान गरेको मोटरबाट करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका शर्मालाई उपचारका लागी सा...
बालकको जन्मदिन पार्टीमा नरसंहारः अन्धधुन्ध छुरी प्रहार हुँदा ११ को मृत्यु

बालकको जन्मदिन पार्टीमा नरसंहारः अन्धधुन्ध छुरी प्रहार हुँदा ११ को मृत्यु

मेक्सिको। मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा नकाबधारीहरुले बच्चाको बालकको जन्मदिनको उपलक्ष्यमा आयोजना गरेको एक पार्टीमा अन्धधुन्ध छुरी प्रहार गर्दा ११ को मृत्यु भएको छ । पुलिसका अनुसार उनीहरुले घटनास्थलबाट तीन बालकलाई उद्धार गरेको तर पार्टीमा उपस्थितमध्ये दुई नाबालिगसहित  ११ वयस्कको मृत्यु भएको छ । मृत्यु हुनेमा मेक्सिको सिटी पुलिसको आइडीधारी पनि रहेको बताइएको छ । पुलिस अधिकारीले बिहिब...
पाँचथरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

पाँचथरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाउँपालिका–४ का ४२ वर्षीय नेत्र चेम्जोङले आफ्नी ४० वर्षीया श्रीमती यशोदा राई चेम्जोङको हत्या गरेका हुन् । बिहीबार श्रीमतीसँगै नजिकैको राँकेबजार आएका चेम्जोङले घर फर्कने क्रममा फाल्गुनन्द–४ लिगिम्बा भन्ने ठाउँमा श्रीमतीलाई खुकुरी र लाठी प्रहार गरी हत्या गरेका हुन् । घर फर्कंदै गर्दा श्रीमान् श्रीमतीको विवाद...
झुन्डिएको अवस्थामा महिलाको कङ्काल फेला

झुन्डिएको अवस्थामा महिलाको कङ्काल फेला

इलाम।तीन सातादेखि हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बाकी एक महिलाको कङ्काल बिहीबार फेला परेको छ । चुनावी प्रचारका लागि घरबाट गत असार ७ गते हिँडेकी ३९ वर्षीया देवीमाया फागोको कङ्काल फेला परेको हो । इलाम नगरपालिका–१२ दोकान टोलका धनबहादुर बोहराको अम्लिसो बारीमा रूखमा झुन्डिएको अवस्थामा उनको कङ्काल फेला परेको प्रहरीले जनाएको छ । मृतकको खोजीका लागि बाबु लाखबहादुर फागोले असार १० गते जिल्ला प्रहरी का...
२०७४ असार ३० गते शुक्रबारको राशिफल

२०७४ असार ३० गते शुक्रबारको राशिफल

मेष– आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । वृष– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला । मिथुन– अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कर्कट– अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ । सिंह– उद्योग र...
उदयपुरमा फोटो पत्रकार संगठित

उदयपुरमा फोटो पत्रकार संगठित

उदयपुर, २९ असार । उदयपुरका फोटो पत्रकारहरु संगठित भएका छन । नेपाली फोटो पत्रकारहरुको साझा संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को उदयपुर शाखा बिस्तार भएको हो । रेडियो नेपालका उदयपुर प्रतिनिधि गजेन्द्र राईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नव गठित समितिको उपाध्यक्षमा रेडियो उदयपुरकी समाचार संयोजक अप्सरा समाल चयन भएकी छन् । त्यस्तै त्रियुगा एक्सप्रेस दैनिकका कार्यका...
वडाध्यक्षद्धारा खेलकुद सामाग्री प्रदान

वडाध्यक्षद्धारा खेलकुद सामाग्री प्रदान

सिधुवा (धनकुटा), २९ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्वर ६ का नव निर्वाचित वडाध्यक्ष दिलबहादुर थापाले सिधुवाको सिंहदेवी युथ क्लवलाई खेलकुद सामाग्री प्रदान गरेका छन । एक कार्यक्रमको आयोजना गरी चुनाव अघि गरेको वाचा बमोजिम वडाध्यक्ष थापाले क्लवलाई फुटबल, जर्सीसहित अन्य खेल सामाग्री प्रदान गरेका हुन । वडाअध्यक्ष थापाले २ थान फुटबल, एक÷एक सेट फुटबल जर्सी तथा अन्य सामाग्री प्रदान गरेको कार...
फरार आरोपी श्रेष्ठ पक्राउ

फरार आरोपी श्रेष्ठ पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले डाँका मुद्दाका फरार आरोपीलाई पक्राउ गरी आज जिल्ला अदालतमा पेश गरेको छ । विसं २०६१ असार ३० गते सिन्धुपाल्चोक जिल्ला अदालतले साँगाचोकगडी नगरपालिका–७ बस्ने ३४ वर्षको राम श्रेष्ठलाई डाँका मुद्दामा पाँच वर्ष आठ महिना सात दिन जेल र १८ हजार १७२ रुपैयाँ ५० पैसा जरिवाना तिर्ने फैसला सुनाएको थियो । फैसला भएपनि फरार आरोपी श्रेष्ठ हालसम्म फरार रहेकामा प...
लेखा समितिले सरकारलाई भन्योः २ महिनाभित्र एनसेलको पूँजीगत लाभकर असुल गर्नू

लेखा समितिले सरकारलाई भन्योः २ महिनाभित्र एनसेलको पूँजीगत लाभकर असुल गर्नू

काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले २ महिनाभित्र एनसेलको पूँजीगत लाभकर असुल गर्न सरकारलाई पुनः सचेत गराएको छ । समितिको बिहीबार बसेको बैठकले एनसेलको पूँजीगत लाभकर असुल गर्न अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई २ महिनाको समयसीमा दिएको हो । एनसेलले करिव ३५ अर्ब पूँजीगत लाभकर सरकारलाई बुझाउन बाँकी छ । समितिका सभापति डोरप्रसाद उपाध्यायले एनसेल कम्पनीको हालसम्मको सेयर खरिद विक्रीको...
श्रमशोषण गरेको भन्दै,म्यादी प्रहरीहरू आन्दोलित

श्रमशोषण गरेको भन्दै,म्यादी प्रहरीहरू आन्दोलित

बेलबारी –  सहमति अनुसार सेवा सुबिधा नपाएको भन्दै मोरङमा कार्यरत रहेका म्यादी प्रहरीहरु आन्दोलित भएका छन । मोरङको बेलबारीमा भेला भएका म्यादी प्रहरीहरुले आफुहरुलाई काम लगाएर सरकारले नै श्रमशोषण गरेको आरोप लगाएका छन । शुरुमा ५५ दिनका लागी भनेर भर्ना भएका म्यादी प्रहरीलाई सो बापत ५७ हजार दिने सहमति भएको थियो । पछि सरकारले म्याद बढाएर ३ महिनाका लागी काम लगाएपनि ७५ हजार ९ सय मात्र दिएको भन्दै सेवा सु...
कपिलवस्तुको एचडी स्कुलमा आगलागी, तीनवटा कोठामा क्षति

कपिलवस्तुको एचडी स्कुलमा आगलागी, तीनवटा कोठामा क्षति

तौलिहवा । कपिलवस्तु नगरपालिकामा रहेको एक बोर्डिङ स्कुलमा आगलागी भएको छ । कपिलवस्तु नगरपालिका-२ स्थित हरिवंश दयाशंकर (एचडी) मेमोरियल स्कुलमा बिहीबार दिउँसो आगलागी भएको हो । आगलागीबाट विद्यालयका ३ वटा कोठा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । दमकलको सहयोगमा सुरक्षाकर्मी, स्थानीयबासी आगो निभाउन खटिएका छन् । आगो लागेको समयमा विद्यार्थीहरु भने थिएनन् । आगलागीबाट प्लाई उडले बेरेर बनाइएका कोठा ...
यौन धन्दा चलाउने होटल सन्चालक सहित ३ जना रङ्गेहात पक्राउ

यौन धन्दा चलाउने होटल सन्चालक सहित ३ जना रङ्गेहात पक्राउ

दोलखा। दोलखा सदरमुकाम स्थित चरिकोटको एक होटलमा विगत ६ महिनादेखि लगातार यौन धन्दा चलाएको भन्दै प्रहरीले होटल सञ्चालक सहित ३ जनालाई पक्राउ गरेको छ । दोलखाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीका अनुसार चरिकोट स्थित बसपार्कमा ‘तहल्का’ नामको होटल सञ्चालन गरेर बसेकी तामाकोशी गाउँपालिका-३ जफे स्थायी घर भएकी तारा काफ्लेले विगत ६ महिनादेखी निरन्तर यौन धन्दा चलाएको प्रशस्त प्रमाणका आधारमा उनी सहित अन...
१६ करोड प्रकरणमा आपत्तिजनक पोस्ट गर्ने पत्रकार पक्राउ

१६ करोड प्रकरणमा आपत्तिजनक पोस्ट गर्ने पत्रकार पक्राउ

काठमाडौं। राष्ट्रपतिको १६ करोडको गाडी खरिद प्रकरणको बिषयलाई लिएर  सामाजिक संजालमा जथाभाबी लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गाडी खरिद प्रकरणसंग जोडेर अपमानजनक शब्द प्रयोग गर्ने प्यूठान घर भै हाल कपिलबस्तुको तौलिहवामा बस्दै आएका  पत्रकार सोनुकुमार सुनारलाई प्रहरीले पक्राउ गरेको हो । तौलिहवाकै रेडियो हुदामा कार्यरत रहेका सुनारलाई प्रहरीले रेडियो स्टेशन बाहिरबाट पक्राउ गरेको जिल्ला प्रहरी...
बर्षातका कारण पठनपाठन अवरुद्ध

बर्षातका कारण पठनपाठन अवरुद्ध

डोल्पा । बर्षातले खेलमैदान लगायतका विद्यालयका संरचनामा क्षती पु¥याएपछि डोल्पाको एक विद्यालयको पठनपाठनमा समस्या भएको छ । एक सातयता परिरहेको बर्षातले तल्लो डोल्पाको मुड्केचुला गाँउपालिका अन्तर्गत वडा नं ८ ओक्टमा पर्ने रारा निम्न माध्यामिक बिद्यालय अगाडीकोे सिडी, पर्खाल तथा खेलमैदान भत्काएपछि विद्यार्थीहरुलाई विद्यालय जान र पठनपाठनमा समेत समस्या भएको प्रधानाध्यापक लंकमान रोकायले जानकारी दिए । बिद्य...
भक्तपुरका अधिकांश पेट्रोल पम्प असुरक्षित

भक्तपुरका अधिकांश पेट्रोल पम्प असुरक्षित

भक्तपुर । मध्यपुर थिमि–१ लोहकिल्थली मनहरा पुलसँगै रहेको सिद्धार्थ पेट्रोल पम्पमा गत असार १३ गते आगलागी हुँदा दुईजना घाइते भए । ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा ट्याङ्करको नोजल र ट्याङ्कीको पाइपको बीचको जोर्नीबाट अचानक आगोको झिल्को निस्केपछि पम्पमा आगलागी भएको थियो । आगलागीबाट सोही पम्पमा कार्यरत रामबहादुर तामाङको दाहिने कुहिना र दाहिने खुट्टा जलेको थियो भने सोही स्थानमा खुद्रा पसल गरी बस्ने प...
नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलास्थित चार किलोमा खसेको पहिरो पन्छाएपछि आज बिहान १०ः३० बजेबाट सडक सञ्चालनमा आएको छ । बुधबार अपराह्न ३ः२५ बजे पहिरो खसेर अवरुद्ध भएको सडकको पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो । राति ८ बजे एकतर्फी बाटो खुलाएर बीच सडकमा अड्किएर जोखिममा परेका झण्डै ३०० सवारी साधनलाई कटाएपछि पहिरो पन्छाउने काम राति रोकेर आज बिहान ४ बजेदेखि पुनः पन्छाउन सुरु गरिएको थियो । ...
‘मृत्यु भएकी’ महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

‘मृत्यु भएकी’ महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

एजेन्सी । एक महिला जसलाई डाक्टरहरुले मृत घोषित गरेका थिए उनै महिलाले त्यसको १ सय २३ दिनपछि जुम्ल्याहा बच्चा जन्माउनु कुनै चमत्कार भन्दा कम होइन । यो घटना दक्षिणी ब्राजिलको हो । जहाँ एक महिलाले मरिसकेपछि पनि जुम्ल्याहा बच्चा जन्माएर सबैलाई अचम्ममा पारेकी छन् । गत वर्ष ब्रेन डेथ भएकी ती महिलाको गर्भाशयमा रहेका भ्रूण बाँच्न सक्लान् भन्ने आशा डाक्टरहरुमा थिएन । तर चामत्कारिक रुपमा उनको गर्भाशयमा बच्...
धनकुटाका १८ वर्षीय रुद्रबहादुर १० वर्षदेखि खोरभित्रै जिउन बाध्य

धनकुटाका १८ वर्षीय रुद्रबहादुर १० वर्षदेखि खोरभित्रै जिउन बाध्य

धनकुटा । हेर्दा कलिलो देखिने पशु झैँ अबोध, भोक, तिर्खा बाह्य संसारको अनुभूति गर्न नपाएका १८ वर्षीय रुद्रबहादुर राई विगत १० वर्षदेखि खोरमा जीवन जिउन बाध्य भएका छन् । धनकुटा नगरपालिका–३ सिप्तेनमा गरिब परिवारमा जन्मिएका रुद्र बाँस र टिनले बारिएको चौघेरामा दैनिकी बिताइरहेका छन् । बिहान सबेरै खोलेफाँडो खुवाएर अरूको मेलापात धाउने बाबुआमा रुद्रबहादुरलाई खोरमा थुनेर साँझ अबेर मात्र घरमा आउने गरेको बताउ...
बाराका टाँगियावासीको पीडा : न घरका न घाटका

बाराका टाँगियावासीको पीडा : न घरका न घाटका

वीरगञ्ज। दोसो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन लागेको बारा जिल्ला निजगढको टाँगियाबस्तीका सुकुम्वासीले क्षतिपूर्तिका रुपमा सरकारबाट जग्गा नपाउने भएपछि उनीहरु न घरको न घाटको भएका छन् । लालपुर्जा नभएका करिब एक हजार ४७३ टाँगियावासीलाई सरकारले मुआब्जास्वरुप अर्को ठाउँमा जग्गा नदिएपछि उनीहरु न घरको न घाटको भएका छन् । विमानस्थल निर्माणका लागि करिब २८ हजार बिघा क्षेत्रफल आवश्यक पर्ने भएको र करिब सा...
बर्दियामा डुबेर दुई बालकको मृत्यु

बर्दियामा डुबेर दुई बालकको मृत्यु

बर्दिया  । बुधबार साँझा बर्दियाको वढैयाताल गाउँपालिका–३ जोडीपीपल बस्ने कालु सिंह महराको १२ वर्षीय छोरा राजेश महरा र सोही ठाउँ बस्ने राम सिंह महराको १० वर्षीय छोरा पवन महराले सोही स्थानको चपलनाला तर्ने क्रममा पानीमा डुब्दा दुवैको मृत्यु भएको छ । उक्त घटना घटेको थाहा पाउँनासाथ मैनापोखरको इलाका प्रहरी कार्यालयको टोलीले घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जनाएको छ । खोलामा पानीको वेग ...
error: Content is protected !!