धनकुटा नगरवासीले आगामी साउनदेखि निःशुल्क उपचार पाउँने
धनकुटा, १६ फागुन । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आगामी आर्थिक बर्षदेखि धनकुटा नगरवासीले जिल्ला अस्पतालबाट निःशुल्क उपचार पाउँने घोषणा गरेका छन् ।
जिल्ला अस्पतालको १०४ औं वार्षिकोत्सव एवं स्वास्थ्य सेवा दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले यस्तो घोषणा गरेका हुन् ।
धनकुटा जिल्ला अस्पतालबाट पाईने सम्पूर्ण उपचार आगामी आर्थिक बर्ष ०७५/०७६ देखि निःशुल्क गरिने नगर प्रमु...



























