खुकुरी टि–ट्वान्टी क्रिकेट माघ १० देखि

खुकुरी टि–ट्वान्टी क्रिकेट माघ १० देखि

काठमाडौँ, ७ माघ। खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ । यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष अध्यक्ष विनयविक्रम थापाले जानकारी दिनुभयो । इएनटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्र...
कृषि विकास बैंकबाट आठ खर्ब ६९ अर्ब ऋण प्रवाह

कृषि विकास बैंकबाट आठ खर्ब ६९ अर्ब ऋण प्रवाह

काठमाडौँ, ७ माघ।  कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ मा रु दुई अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले आज स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३/७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा ११.२६ प्रतिशत, साँवा असुली १३.४२ प्रतिशत, ब्याज असुली १७.६६ प्रतिशत तथा निक्षेप संकलनमा १३.८४ प्रतिशतले वृद्धि भएको छ । आव २०७३/७४ क...
समन्वय नहुँदा सेजमा विद्युत् उपलब्ध गराउन समस्या

समन्वय नहुँदा सेजमा विद्युत् उपलब्ध गराउन समस्या

काठमाडौँ, ७ माघ। उद्योग मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीच काममा समन्वय हुन नसक्दा भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् उपलब्ध गराउने कार्यतालिका पर धकेलिँदै गएको छ । प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा आगामी चैतभित्रमा विद्युत् उपलब्ध गराउने वचन दिए पनि सेज आफँैले निर्माण गर्नुपर्ने सवस्टेशन निर्माणमा ध्यान दिन नसक्दा समस्या उत्पन्न भएको हो । उद्योग मन्त्रालयका सचिव या...
रानीपोखरी पुनःनिर्माणबारे विज्ञ समूहले बुझायो प्रतिवेदन

रानीपोखरी पुनःनिर्माणबारे विज्ञ समूहले बुझायो प्रतिवेदन

काठमाडौँ, ७ माघ। रानीपोखरीको पुनःनिर्माणका लागि गठिते विज्ञ समूहले आज काठमाडौँ महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ । यसअघि पुनःनिर्माणका सम्बन्धमा प्रयोग गरिएको कङ्क्रिट नष्ट गरी पुरानै ...
पिण्डदान गर्न भारत पुग्ने नेपाली ठगिन्छन्

पिण्डदान गर्न भारत पुग्ने नेपाली ठगिन्छन्

बनारस, भारत, ७ माघ।  प्रसिद्ध धार्मिकस्थल बनारस र गयामा नेपाली ठगिने गरेका छन् । धार्मिक आस्था र विश्वासका साथ तर्पण र श्राद्ध गर्न त्यहाँ पुगेका नेपाली धर्मका नाममा स्थानीय पुरोहितबाटै ठगिने गरेका हुन् । बनारसमा स्थानीय पुरोहितले नेपालीका लागि भनेर मुण्डन गर्ने स्थान छुट्याएर पैसा लिने गरेका छन् भने गयामा स्थानीय पुरोहितले पूजाआजा तथा श्राद्ध गर्ने स्थान पैसा तिरेर किन्नुपर्ने बाध्यतामा पार्...
घोषणापत्र जारी गर्दै काँग्रेस भेला सम्पन्न

घोषणापत्र जारी गर्दै काँग्रेस भेला सम्पन्न

भक्तपुर, ७ माघ। नेपाली काँग्रेसको शुद्धीकरण तथा सुदृढीकरण राष्ट्रिय अभियानअन्तर्गत यहाँबाट शुरु भएको पहिलो काँग्रेस भेला पार्टीलाई गुट उपगुटबाट मुक्त गर्नुपर्ने लगायत बुँदा राखिएको घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘हाम्रो अभियान हाम्रो काँग्रेस’ भन्ने नाराका साथ नेपाली काँग्रेस शुद्धीकरण तथा सुदृढीकरणका लागि सात प्रदेशबाट सहभागी काँग्रेस नेताहरुको भेला घोषणापत्र जारी गर्दै सम्पन्न भएको न...
पैंतालिस अर्ब ऋण सहयोग

पैंतालिस अर्ब ऋण सहयोग

काठमाडौँ, ७ माघ।  विश्व बैंकले नेपालको सामाजिक– आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न रु ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । बैंकले व्यावसायिक शिक्षा तथा तालीम परियोजना ( दोस्रो चरण), पशुपालन नवप्रवर्तन परियोजना र भूकम्पेत्तर आवासीय भवन पुनःनिर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ऋणस्वरूप उक्त रकम उपलब्ध गराउन लागेको हो ...
उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा

उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा

सोल, ७ माघ। उत्तर कोरियाली सरकारी अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल आइतबार दक्षिण कोरिया पुगेको समाचार छ । अर्काे महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भएकोले सो खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न सो प्रतिनिधिमण्डल सोल पुगेको हो । यो स्तरको उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गर...
काबुलको पाँचतारे होटलमा आक्रमण, छ जनाको मृत्यु, होटलका पाहुनाको उद्वार गरिँदै

काबुलको पाँचतारे होटलमा आक्रमण, छ जनाको मृत्यु, होटलका पाहुनाको उद्वार गरिँदै

काबुल, ७ माघ। अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा ताबिानहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको समाचार छ । अफगान गृह मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार शनिबार राति गरिएको सो आक्रमणमा परी अरु छ जना घाइते भएका छन् भने १०० जनालाई भने उद्वार गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा रहेको इन्टर कन्टिनेन्टल नामको सो पाँचचारे होटलमा विस्फोटक पदार्थ जडित ज्या...
प्रदेश प्रणालीको अभ्यास शुरु

प्रदेश प्रणालीको अभ्यास शुरु

काठमाडौँ, ७ माघ।  मुलुकका सातै प्रदेशका प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेशसभाका सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्थानुरुप उहाँहरुले शपथ लिएसँगै मुलुकमा संक्रमणको खाडल साँगुरो हुनाका साथै संघीयता कार्यान्वयनले एक चरण पार गरेको छ । यसअघि विकेन्द्रीकरणका नाममा मुलुकमा पाँच विकास क्षेत्र भए पनि ती निजामत...
प्रदेश नं १ का प्रदेशसभा सदस्यको शपथ

प्रदेश नं १ का प्रदेशसभा सदस्यको शपथ

विराटनगर, ७ माघ। प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले आज विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ लिनुभएको छ । प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई संविधान, राष्ट्र र जनताप्रति समर्पित रहन शपथ खुवाएपछि सरावगीले १ नं प्रदेशसभाका सदस्यलाई सामूहिक रुपमा शपथ खुवाउनुभयो । सो अवसरमा प्रदेशका ५६ प्रत्यक्ष र ३७ समानुपातिक प...
अन्नबाली छाडेर व्यावसायिक कफी खेतीतर्फ

अन्नबाली छाडेर व्यावसायिक कफी खेतीतर्फ

  फलेवास (पर्वत), ७ माघ।  यहाँको एक विकट गाउँका बासिन्दा व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । फलेवास नगरपालिका– ९ भङगाराका कृषकले विगत चार वर्षदेखि व्यावसायिक रूप दिन थालेका हुन् । खेतबारीमा अन्नबाली लगाउने जनशक्तिको अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले हैरान परेपछि यहाँका अधिकांश कृषक व्यावसायिक कफीखेती शुरुवात गरेका हुन् । गाउँका ११६ कृषकले खेतबारीमा अन्नबाली लग...
इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा

इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा

बैतडी, ७ माघ ।  पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बीमा) ले पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई इसिजी र भिडियो एक्सरे यन्त्र उपलब्ध गराएपछि उक्त सेवा सञ्चालनमा आएको हो । ती सेवा पाटनमै सञ्चालनमा आएपछि बिरामीले बाहिर गएर उपचार गर्नुपर्ने समस्या हटेको केन्द्रका डा नवीन्द्र ढकालले बताउनुभयो । उहाँले भ...
दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

इलाम, ७ माघ।  जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालेको छ । हुस्सु र कुहिरोका कारण राजमार्गमा सवारी साधन एकआपसमा नदेखिएर एक्कासि ठोक्किने स्थिति आउन नदिन ट्राफिकले ट्याक्टरमा रिफ्लेक्टर स्टिकर टाँस्न थालेको हो । ट्राफिकले एक साताको बीचमा तीनसय भन्दा बढी ट्याक्टरमा रिफ्लेक्टर टाँसिसकेको ट्राफिक इञ्चार्ज पदमबहादुर राईले जानकारी दिनुभयो ...
प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ मा

प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ मा

जनकपुरधाम, ७ माघ।  प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । जनकपुरधामको उद्योग वाणिज्य संघको राजर्षि सभागृहमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ७६ वर्षीय ज्येष्ठ प्रदेशसभा सदस्य लगनलाल चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो भने चौधरीले अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउनुभयो । प्रदेश प्रमुखबाट शपथ ग्रहण आआफ्नो मातृभाषा गर्ने तर लि...
शरीर दान गर्नेको संख्या बढ्दै

शरीर दान गर्नेको संख्या बढ्दै

दमक, ७ माघ। पछिल्लो समय शरीर दान गर्नेहरु बढ्न थालेका छन् । मृत्युपछि शरीरलाई चिकित्सा विज्ञानको प्रयोगमा ल्याउन शरीर दान गर्नेको संख्या बढ्दै गएको छ । झापाको दमकस्थित मेची सहकारी संस्थाले शुरु गरेको शरीर दान कार्यक्रम यतिबेला देशभरमै चर्चाको विषय बनेको छ । संस्थाले बचत तथा ऋण कार्यक्रमसँगै शरीर र आँखा दान कार्यक्रमलाई समेत एकैसाथ अघि बढाएको छ । जिल्लाकै पुरानो सो सहकारीले विसं २०६१ देखि शरीर दान...
वडाध्यक्षबाट कम्बल वितरण

वडाध्यक्षबाट कम्बल वितरण

लहान, ७ माघ। सिरहा नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार यादवले व्यक्तिगत लगानीमा सो वडाका चिसोबाट प्रभावित १०५ दलित तथा विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको छ । अत्यधिक चिसोका कारण मानवीय क्षति भइरहेको कुरालाई दृष्टिगत गरी वडाध्यक्ष यादवले अन्य निकायमा पहल थाले पनि प्रक्रियागत रुपमा आउन ढिला भइरहेकाले आफ्नै व्यक्तिगत लगानीमा विपन्न, गरिब, दलित, वृद्धवृद्धा तथा अपाङ्गतायुक्तलाई प्राथमिकतामा राखे...
कुन सुत्ने तरिका स्वास्थ्यको लागि राम्रो हुन्छ,जानी राखौँ

कुन सुत्ने तरिका स्वास्थ्यको लागि राम्रो हुन्छ,जानी राखौँ

सुत्ने तरिका : सुत्ने तरिका स्वास्थ्यको लागि निकै महत्वपूर्ण हुन्छ । सुत्ने अवस्थाले प्रत्यक्ष रुपमा हाम्रो पिठ्यु र गर्दनलाई असर गर्छ । राम्रोसँग नसुत्दा पेट दुख्नेदेखि उमेर नपुगी अनुहारमा चाउरी पर्ने जस्ता समस्या आउँछन् । उत्तानो सुत्नेः यो सुताईलाई तटस्थ पोजिसन पनि भनिन्छ । उत्तानो सुत्दा पछाडिको भाग, गर्धन र स्पाइनलाई भार पर्छ । अर्कोतर्फ हाम्रो शिर पेटमाथि सिधा ठाडो हुँदा एसिडको मात्रा घटा...
जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’

जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’

बुटवल, ७ माघ। प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आज यहाँ पदबहाली गर्नुभएको छ । उहाँले रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा प्रमुख झालाई रुपन्देहीका सहायक प्रजिअ शम्भुप्रसाद रेग्मीले पदबहाली गराउनुभयो । रुपन्देहीलाई ५ नं प्रदेशको अस्थायी केन्द्र तोकिएपछि आफ्नो जिम्मेवारी सम्हाल्न र आज हुने प्रदेशसभाका सांसदलाई शपथ गराउन उहाँ शनिबार मात्र यहाँ आइपुग्नुभएको...
मृतक परिवारलाई बिमावापतको रकम

मृतक परिवारलाई बिमावापतको रकम

खोटाङ, ७ माघ। खोटाङमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका एक बिमित मृतक परिवारले बिमावापतको रकम प्राप्त गरेका छन्। १५ वर्षे सुखी जीवन बिमा गरेका रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल माटिकोरेका निरबहादुर कार्कीको परिवारलाई एसियन लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा दिक्तेलले तीन लाख ३९ हजार सात सय ७० रुपैयाँ प्रदान गरेको हो। बिमा गरेको दुई वर्षपछि मृत्यु भएका कार्की परिवारलाई शनिबार दिक्तेलको समिक्षालय...
बंगुरबाट राम्रो आम्दानी

बंगुरबाट राम्रो आम्दानी

काठमाडौं, ७ माघ। पछिल्लो समय युवा वर्ग कृषि पेशा व्यवसायप्रति आर्कषित हुन थालेकाछन् । विदेश भन्दा स्वादेशमै क्यै गर्नु पर्छ भन्ने जनचेतना युवा वर्गमा देखा पर्न थालेका छन् । ईलाम सूर्योदय नगरपालिका-३ का राकेस लिम्बु आप्नै गाउँमा बंगुरपालन व्यवसाय गर्दै आउनु भएको छ । बंगुरपालनबाट राम्रो आम्दानी गर्न सकेको लिम्बुको भनाई छ । सुरुमा अनुभावको लागि ४ वाट बंगुरको पाठा पाल्न सुरु गर्नु भएको लिम्बुले ८ म...
पाटन सङ्ग्रहालयमा अस्थायी प्रदर्शनी

पाटन सङ्ग्रहालयमा अस्थायी प्रदर्शनी

ललितपुर, ७ माघ।  पाटन सङ्ग्रहालयले लक्षित दर्शकका लागि अस्थायी प्रदर्शनी शुरु गर्ने भएको छ । आगन्तुकलाई दोहो¥याएर आउने वातावरण बनाउनका लागि अस्थायी प्रदर्शनी शुरु गर्न लागिएको सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले बताउनुभयो । सुन्दरीचोकमा अस्थायी प्रदर्शनी शुरु हुनेछ । नियमित सङ्ग्रहालयसँगै समय समयमा अस्थायी सङ्ग्रहालय सञ्चालन हुन लागेको हो । अस्थायी सङ्ग्रहालयमा एउटा एउटा विषयवस्तुमा केन्द्रित...
राष्ट्रियसभा चुनावको मतदाता नामावली प्रकाशन आज

राष्ट्रियसभा चुनावको मतदाता नामावली प्रकाशन आज

काठमाडौं, ७ माघ। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गर्ने भएको छ । माघ २४ का लागि राष्ट्रियसभा सदस्य चुनावको मिति तय गरेको आयोगले प्रदेश सांसद्को शपथपछि मतदाता नामावली सार्वजनिक गर्न लागेको हो । आइतबार सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिँदैछन् । शपथ ग्रहणसकिएपछि नामावली प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रियस...
ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग

ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग

पोखरा, ७ माघ।  ब्लड क्यान्सर रोगबाट पीडित पोखराको रामबजार निवासी ईश्वर गर्वुजाका छोरा मिगिन गर्वुजाको उपचारका लागि शनिबार रु छ लाख १४ हजार ५०० सहयोग प्राप्त भएको छ । पोखराको फुलबारीस्थित मनकामना बोर्डिङ स्कुलका पूर्वविद्यार्थीको संस्था (मेसा)का अध्यक्ष शिव पुनले शनिबार आठ वर्षीय पीडित बालक मिगिनका पिता ईश्वरलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । हाल उनको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा ...
रैथाने बीउ तथा बाली लोप हुँदै

रैथाने बीउ तथा बाली लोप हुँदै

बैतडी, ७ माघ। बैतडीमा तरकारी तथा अन्नबालीका रैथाने तथा स्थानीय बीउ लोप हुँदै गएका छन् । उन्नत जातको बीउको प्रयोगसँगै रैथाने बीउ लोप हुने अवस्थामा पुगेका हुन् । रैथाने बीउ लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भए पनि विभिन्न खालका रोगकीराले संक्रमण गर्ने, समयमा नपाक्ने लगायतका समस्या आइरहेका श्रीकोटका किसान हेमराज गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलापहिला गाउँघरमा पाइने बीउ आज...
सातै प्रदेशका सांसदको सपथ आज

सातै प्रदेशका सांसदको सपथ आज

काठमाडौं, ७ माघ। सातवटै प्रदेशसभाका ५५० सांसदहरुको शपथ ग्रहण सम्बन्धित प्रदेशको अस्थायी मुकाममा आज हुँदैछ । संघीयतामा गइसकेपछि नेपालको इतिहासमा आज हुन लागेको यो एउटा नयाँ र पहिलो प्रयोग हो । आजका दिनदेखि प्रदेशहरुको गठन र कार्य औपचारिकरुपमा सुरु हुनेछ । प्रदेशका सांसदहरुले सपथ प्रहण गरिसकेपछि अब प्रदेशसभाको बैठक बस्ने, प्रदेशका सभामुख चयन गर्ने मुख्यमन्त्री र मन्त्रीहरुको चयन हुने, विभिन्न विधे...
पर्यटकलाई समेत लक्षित गर्दै अत्याधुनिक मन्दिर

पर्यटकलाई समेत लक्षित गर्दै अत्याधुनिक मन्दिर

चितवन, ७ माघ। नेपालका धार्मिक तीर्थस्थलहरुले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बेला जिल्लाको पर्यटकीय नगरी सौराहा नजिकै पर्यटक तान्ने गरी एक मन्दिरको जिर्णोद्धार गरिएको छ । रत्ननगर नगरपालिका–११ जिरौनामा ५० वर्ष पुरानो मन्दिरलाई स्तरोन्नति गरी अत्याधुनिक बनाइएको हो । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाबाट ६ किलोमिटर दूरीमा रहेको सो स्थलमा अत्याधुनिक भव्य मन्दिरसँगै यज्ञ मण्डप, विवाह म...
जोखिम बस्तीका २७ परिवारलाई घर बनाउन जग्गा उपलब्ध

जोखिम बस्तीका २७ परिवारलाई घर बनाउन जग्गा उपलब्ध

नुवाकोट, ७ माघ। भूकम्पसँगै गएको सुख्खा पहिरोले बस्ती छाडेर विस्थापित भएका तादी गाउँपालिका–१ उर्लेनीका २७ परिवारका लागि खरानीटारको बुदुनेमा जग्गा खरिद गरिएको छ । भूकम्प र पहिरोले बस्ती नै बगाएपछि विस्थापित भएकालाई तादी–३ खरानीटारको बुदुनेमा जग्गा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिनुभयो । उर्लेनीबाट विस्थापित भएका २४ परिवारलाई पुस अन्तिम साता बुदुनेमा नै जग्गा उपलब्...
खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सुरुङ्गा, झापा, ७ माघ।  झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन् । लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मीको रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार

गुल्मीको रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार

गुल्मी, ७ माघ।  गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक रु ३७ करोडको कारोवार भएकोे छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा राखिएका ५०० भन्दा बढी स्टलबाट उक्त कारोबार भएको रुरु फ्रेण्ड क्लबका अध्यक्ष रामलाल विकले बताउनुभयो । यस पटकको रिडी मेलामा बजारका सामग्रीभन्दा घरेलु सामग्रीको व्यापारप्रति मानिसको आकर्षण बढेको थियो । घरेलु सामग्रीमा आकर्षण सँगै त्यसको बिक्री पनि...
बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा

बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा

काठमाडौं, ७ माघ। गत आर्थिक वर्ष ०७३-७४ मा सरकारले १० खर्ब ४९ अर्बको बजेट प्रस्तुत गरे पनि वास्तविक खर्च भने जम्मा ८ खर्ब ३१ अर्ब मात्रै भएको छ । सरकारले विनियोजन गरेभन्दा २ खर्ब १८ खर्ब रुपैयाँ कम खर्च हुँदा पनि सरकारले खर्चको स्रोत भने जुटाउन सकेन । गत वर्ष सरकारको ४८ अर्ब रुपैयाँ बजेट घाटा भएको महालेखा नियन्त्रकको कार्यालयका उपमहालेखा नियन्त्रक यदुनाथ भट्टराईले बताए । ‘पुस मसान्तमा अघिल्लो वर्...
error: Content is protected !!