सोल, १५ फागुन ।  दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई उहाँले गरेको भनिएको भ्रष्टाचारको काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको समाचार छ ।

Advertisement

यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हाइले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उहाँलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन् ।

पार्क ६६ वर्षकी हुनुहुन्छ । उहाँले भ्रष्टाचार गरेको र आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलिरहेको छ ।

सो मुद्दामा गएको करिब एक वर्षदेखि सुनुवाई जारी रहेको छ । गत वर्षको मार्च महिनामा उहाँमाथि भ्रष्टाचारको आरोप लागेको थियो ।

उक्त मुद्दाको सुनुवाई दक्षिण कोरियाको सर्वाेच्च अदालतमा जारी छ । उहाँलाई गएको वर्षदिनदेखि प्रहरी हिरासदमा राखिएको छ ।

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उहाँलाई संसदमा महाभियोग लगाएर बर्खास्त गरिएको थियो ।

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उहाँ यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुनुहुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!