काठमाडौँ, १५ फागुन ।  वर्षाका कारण प्रभावित बनेको नेपाल र युएईबीचको पहिलो अभ्यास खेल शुरु भएको छ । जिम्बावेको क्वे क्वे स्पोर्टस् क्लबको खेल मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ ।

आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो अभ्यास खेलमा वर्षा बाधक बनेपछि खेल निर्धारित समयमा हुन सकेको थिएन ।

खेल शुरु हुनुअगावै वर्षाका कारण मैदान भिजेपछि निर्धारित समयमा खेल हुन सकेको थिएन । निर्धारित ५० ओभरको खेललाई २९ ओभरमा छोट्याइएको छ ।

यही फागुन २० गतेदेखि जिम्बावेमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङ्कङ छन् ।

नेपालले फागुन २० गते जिम्बावेसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । विश्वकप छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले सन् २०१९ मा इङ्ल्याण्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन् ।

नेपाली टोलीमा कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सोमपाल कामी, करन केसी, अनिलकुमार साह, वसन्त रेग्मी, शक्तिप्रसाद गौचन, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, रोहितकुमार पौडेल र ललित राजवंशी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!