प्रदेश १ को मुख्यमन्त्री राई वा लिम्बु समुदायबाट: एमाले नेता ढकाल

प्रदेश १ को मुख्यमन्त्री राई वा लिम्बु समुदायबाट: एमाले नेता ढकाल

सुन्दरहरैंचा, ८ माघ। एमाले नेता भानुभक्त ढकालले प्रदेश १ कोे मुख्यमन्त्री राई वा लिम्बु समुदायबाट हुँदा राम्रो हुने बताएका छन् । समावेशिताका लागि प्रदेश १ मा राई वा लिम्बू, प्रदेश २ मा मधेसी वा थारु, प्रदेश ३ मा नेवार वा तामाङ र प्रदेश ४ मा गुरुङ हुनुपर्ने पनि ढकालले बताए । मोरङको सुन्दरहरैंचामा सोमबार अत्याधुनिक सार्वजनिक शौचालय उद्घाटन गर्न आएका उनले प्रदेश १ मा आदिवासी जनजातिको बाहुल्यता रह...
काबुलमा भएको आक्रमणमा सात युक्रेनी नागरिकको मृत्यु

काबुलमा भएको आक्रमणमा सात युक्रेनी नागरिकको मृत्यु

किभ, ८ माघ। अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा भएको आक्रमणमा परी मृत्यु हुनेहरूमध्ये सात जना युक्रेनी नागरिक रहेको पुष्टि भएको छ । इन्टरकन्टीनेन्टल होटलमा भएको आतङ्कवादी आक्रमणमा परी उनीहरु मारिएको युक्रेनी राजदूतलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले सोमबार समाचार सम्प्रेषण गरेका छन् । ताजकिस्तान र अफगानिस्तानका लागि युक्रेनी राजदूत भिक्टोर निकित्युकले पिडितहरू अफगान एयरला...
काबुलस्थित होटलमा हमलाप्रति भत्र्सना

काबुलस्थित होटलमा हमलाप्रति भत्र्सना

काठमाडौँ, ८ माघ।  नेपाल सरकारले अफगानिस्तानको काबुलस्थित होटलमा शनिबार भएको हमलाप्रति भत्र्सना गरेको छ । उक्त घटनालाई मानवीय क्षति तथा निर्दोष व्यक्ति घाइते हुने गरी गरिएको बर्बर तथा विवेकहीन संज्ञा दिँदै परराष्ट्र मन्त्रालयले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै सो घृणित अपराध कर्मलाई न्यायिक कठघरामा ल्याउनुपर्ने आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकार अफग...
अवैध भारतीय नोटसहित एक पक्राउ

अवैध भारतीय नोटसहित एक पक्राउ

विराटनगर, ८ माघ। आठ लाख पचास हजार अवैध भारतीय रुपैयाँसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा भद्रपुर–१ क ५० वर्षीय आनन्द मितल रहेको छ । उनलाई विराटनगरको ट्राफिकचोक क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सटही गर्न खोजिरहेको अवस्थामा उनको साथबाट प्रहरीले भारतीय नोट दुई हजारको ४२५ थान बरामद गरेको जनाएको छ । पक्राउमा परेका मितललाई जिल्ला प्रहरी कार्यालयमा राखि...
भलिबलका उत्कृष्ट खेलाडी र प्रशिक्षक सम्मानित

भलिबलका उत्कृष्ट खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौँ ८ माघ। अखिल नेपाल भलिबल संघले २०७३ सालमा भलिबल खेलमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, प्रतियोगिता आयोजक र जिल्ला संघलाई आज सम्मान गरेको छ । विस २०३३ मा स्थापना भई पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट नौ महिना अगाडि मात्र राष्ट्रिय खेल मान्यता पाएको भलिबलमा समर्पितलाई पुरुष र महिला गरी आठ विधामा सम्मान गरिएको हो । राष्ट्रिय खेल घोषणा भएपछि भलिबलको इतिहासमा पहिलो पटक आयोजना गरिएको कार्य...
तरुण दलको राष्ट्रिय भेला नगरकोटमा

तरुण दलको राष्ट्रिय भेला नगरकोटमा

काठमाडौँ, ८ माघ।  नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको राष्ट्रिय भेला भक्तपुरको नगरकोटमा यही माघ २८ र २९ गते हुने भएको छ । मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा समसामयिक राजनीतिक समीक्षा, तरुण दलको संगठनको चुस्तदुरुस्तता तथा थप निर्माण र भावी रणनीतिका बारेमा बृहत् छलफल गरी ठोस निर्णय लिन बैठक बस्न लागेको दलका महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिनुभयो । शाहील...
मुलुककै ठूलो अक्सिजन ग्यास प्लान्ट स्थापना

मुलुककै ठूलो अक्सिजन ग्यास प्लान्ट स्थापना

नेपालगन्ज, ८ माघ।  बाँकेको परशपुरमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट स्थापना गरिएको छ । नेपालकै सबैभन्दा ठूलो यो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने बताइएको छ । दैनिक एक हजार २०० लिटर लिक्विड नाइट्रोजन र अक्सिजन उत्पादन क्षमता रहेको यो प्लान्टबाट ‘जिरो एयर’ ग्यास पनि उत्पादन हुने सञ्चालक गौरव श्रेष्ठले बताउनुभयो । एच ओ अक्सिजन इन्डस्ट्रि...
माथिल्लो अरुणको डिपिआर बनाउने जिम्मा चिनियाँ कम्पनीलाई

माथिल्लो अरुणको डिपिआर बनाउने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौँ, ८ माघ।  माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल विद्युत् प्राधिकरण र चिनियाँ परामर्शदाता कम्पनी च्यान्जिङ इन्स्टिच्युट अफ सर्भे प्लानिङ डिजाइन एण्ड रिसर्च (सिआइएसपिआर) बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । प्राधिकरणका तर्फबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाका प्रमुख विश्वध्वज जोशी र सिआइएसपिआरका निर्देशक झाङ भिझियाङले हस्ताक्षर गर्...
चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

काठमाडौँ, ८ माघ । दक्षिण एसियामै पहिलोपटक एशियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ । एसियन मेडिकल स्टुण्डेटस एशोसिएन नेपालको आयोजनामा भइरहेको सम्मेलनमा नेपाललगायत भारत, बंगलादेश, थाइल्याण्ड, जापान, सिंगापुरलगायत १६ राष्ट्रका चिकित्सा विषयका विद्यार्थीको सहभागिता छ । ‘मातृ तथा नवजात शिशु स्वास्थ्य’ विषयमा केन्द्रित हुने पाँच दिने सो सम्मेलनको नेपाली काँ...
विभाग छ, रेल र इञ्जिनियर खोइ ?

विभाग छ, रेल र इञ्जिनियर खोइ ?

काठमाडौँ, ८ माघ।  सार्वजनिक यातायातमा रेलको चर्चा धेरै हुने गरेको छ, रेल विभाग पनि गठन गरिएको छ तर विभागमा आवश्यकमात्रामा जनशक्ति र रेलकै इञ्जिनियरसमेत छैनन् । यसै कारण एक वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने बथना–जोगवनी–बुधनगर हुँदै विराटनगर आउने १८.५ किमी र जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग पनि अलपत्र छ । रेलमार्ग निर्माणका लागि आवश्यक जन...
धनकुटाको आमहड्ताल ७ दिनका लागि स्थगित, अव यस्तो छ आन्दोलनको स्वरुप

धनकुटाको आमहड्ताल ७ दिनका लागि स्थगित, अव यस्तो छ आन्दोलनको स्वरुप

धनकुटा, ८ माघ । धनकुटामा ६ दिनदेखि जारी अनिश्चितकालिन आमहड्ताल सोमबार साँझबाट स्थगित गरिएको छ । धनकुटा सदरमुकाममा साँझ सम्पन्न आन्दोलन परिचालन समितिको बैठकले आमहड्ताल फिर्ता लिने निर्णय गरेको हो । आमहड्ताल फिर्ता लिएर आन्दोलनको स्वरुप परिवर्तन गरिएको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन् । उनका अनुसार मंगलबारबाट १२ देखि १ बजेसम्म १/१ घण्टा चक्काजाम गरिन...
फिलिपिन्समा पाँच कम्युनिष्ट विद्रोही मारिए

फिलिपिन्समा पाँच कम्युनिष्ट विद्रोही मारिए

दाभाओ सिटी, फिलिपिन्स, ८ माघ। दक्षिणी फिलिपिन्सको एक ग्रामीण क्षेत्रमा यहाँको कम्युनिष्ट विद्रोही समूह र सेनाबीचको भिडन्तमा परी पाँचको ज्यान गएको समाचार छ । मारिनेमा यहाँको कम्युनिष्ट विद्रोही समूह, न्यू पिपुल्स् आर्मी (एनपिए) का पाँचजना गुरिल्ला परेका छन् । सोमबार बिहान सबेरै सैनिक र विद्रोहीबीच भएको झपडमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको र केही घाइते भएको सैनिक अधिकारीहरुले जानकारी दिए...
सल्यानमा बस पल्टिदा तीन जनाकाे मृत्यु

सल्यानमा बस पल्टिदा तीन जनाकाे मृत्यु

सल्यान, ८ माघ। रुकुमबाट दाङको घोराही जाँदै गरेको बस अाज अपरान्ह सल्यानमा दुर्घटना हुदा तीन जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा परी कम्तिमा १९ जना घाईते भएकाे प्रहरीले जनाएकाे छ । ना ५ ख ५३१ नम्बरको बस सल्यानकाे त्रिबेणी गाउँपालिकाकाे भाण्टाखोला नजिक दुर्घटना भएकाे हाे । बस सडकबाट करिव २०० मिटर तल खसेकाे छ । घाईतेकाे श्रीनगर स्थित अस्पतालमा उपचार भईरहेको छ । घटनाकाे बिस्तृत विवरण अाउन वांकि छ ।
चुक्ता पूँजी पु¥याउन हकप्रदको बाटोमा बैंक

चुक्ता पूँजी पु¥याउन हकप्रदको बाटोमा बैंक

काठमाडौँ, ८ माघ।  ‘क’ वर्गका चारवटा वाणिज्य बैंकले छ करोड ५६ लाख ८६ हजार ७८४ कित्ता बराबरको हकप्रद शेयर बिक्री गर्ने भएका छन् । प्रभु, सिद्धार्थ, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सो परिमाणमा हकप्रद शेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले तोकेको रु आठ अर्ब चुक्ता पूँजी पु¥याउन ती बैंकले हकप्रद शेयरको बाटो रोजेका हुन् । बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा चुक्ता पूँजी पु...
सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय

सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय

काठमाडौँ, ८ माघ।  राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा निर्वाचन आयोगमा आज बसेको बैठकले यही माघ २४ गते बुधबार हुने उक्त निर्वाचनका लागि सुरक्षा निकायले सुरक्षा रणनीति तथा कार्यनीति...
तीन लाख रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ

तीन लाख रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ

काठमाडौँ, ८ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई रु तीन लाख घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग टोलीले उनलाई आज बालाजुबाट पक्राउ गरेको थियो । बु...
टर्कीलाई संयम रहन आग्रह

टर्कीलाई संयम रहन आग्रह

वासिङ्टन, ८ माघ। टर्कीले सिरियामा गरेको आक्रमणपछि उसलाई संयमता अपनाउन आग्रह गरिएको छ । टर्कीले सिरियास्थित कुर्दिस लडाकू समूहविरूद्ध स्थलगत रुपमा पनि सैन्य कारबाही थालेपछि अन्तर्राष्ट्रिय समुदायले उसलाई संयमता अपनाउन आग्रह गरेका समाचारमा जनाइएको छ । उत्तरी सिरियाको अफ्रिन नामक सहरमा टर्कीले शनिबार राति हवाई आक्रमण पनि गरेको एक समाचारमा जनाइएको थियो । सो आक्रमणको सिरियाले कडा शब्दमा निन्दा गरेक...
पर्यटन सेवा शुल्कका कारण बोर्डको आम्दानी बढ्यो

पर्यटन सेवा शुल्कका कारण बोर्डको आम्दानी बढ्यो

  काठमाडौँ, ८ माघ।  नेपाल आउने पर्यटकको संख्यामा भएको वृद्धिसँगै नेपाल पर्यटन बोर्डको आम्दानीसमेत वृद्धि भएको छ । नेपालका उडान गरिरहेका अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले पर्यटन सेवा शुल्कबापत बुझाउने रकममा बढोत्तरी भएको हो । बोर्डका अनुसार सन् २०१७ मा मात्रै रु ८७ करोड पर्यटन सेवा शुल्कका रुपमा उठेको छ । सन् २०१६ मा त्यस्तो शुल्क रु ५७ करोड मात्रै उठेको थियो । नेपाल पर्यटन बोर्डका अ...
गौतमबुद्धको जन्मस्थलबारे भ्रम चिर्न दुई युवती सगरमाथा आरोहणमा

गौतमबुद्धको जन्मस्थलबारे भ्रम चिर्न दुई युवती सगरमाथा आरोहणमा

चरिकोट, ८ माघ।  गौतमबुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्ने उद्देश्यले दुई युवतीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला तामाङले केही देशमा अहिले पनि गौतमबुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेकाले उनी नेपालमै जन्मिएका हुन् भने सन्देश प्रबाह गर्न सर्वाेच्च शिखर सगरमाथा आरो...
धनकुटामा पाँच दिनदेखि जारी निषेधाज्ञा १६ घण्टाका लागि खुल्यो

धनकुटामा पाँच दिनदेखि जारी निषेधाज्ञा १६ घण्टाका लागि खुल्यो

धनकुटा, ८ माघ । धनकुटामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा १६ घण्टाका लागि खुलेको छ । आज अपरान्ह ३ बजेबाट बिहान ७ बजेसम्मका लागि निषेधाज्ञा खुल्ला गरिएको हो । आन्दोलन हिंसात्मक बनेपछि गत बिहीबारबाट धनकुटामा निषेधाज्ञा जारी गरिएको थियो । पाँच दिनसम्मको निषेधाज्ञाले सर्वसाधरणको दैनिकी कष्टकर भएकाले सर्वसाधरणको हितलाई ध्यानमा राखेर १६ घण्टाका लागि निषेधाज्ञा खोलिएको प्रमुख जिल्ला अधिकारी प्रेम...
पशुपतिमा दाहसंस्कारका लागि वार्षिक बीस लाख केजी दाउरा खपत

पशुपतिमा दाहसंस्कारका लागि वार्षिक बीस लाख केजी दाउरा खपत

काठमाडौँ, ८ माघ। पशुपति आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ । मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द टिम्बर कर्पोरेशन अफ नेपालले दिएको जानकारीअनुसार झण्डै वार्षिक रु दुई करोड मूल्यबराबरको दाउरा खपत हुँदै आएको हो । टिम्बरले चुरे क्षेत्रका काठ काट्दा निस्केको दाउरा पशुपतिको दाहसंस्कारमा प्रयोग गरिन्छ । कर्पोरेशनका महाप्रबन्धक राजु ...
थारु बस्तीमा पूजामा पशुपक्षी बलि दिन निषेध

थारु बस्तीमा पूजामा पशुपक्षी बलि दिन निषेध

कञ्चनपुर, ८ माघ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् । माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि आज आयोजित बैठकमा गाउँका भद्रभालदमी, गुरुवा, केसौका, बडघरलगायतले पूजामा पशुपक्षी बलि दिंदा समाजमा क्रुरता र निदर्ययिताको भावनाको विकास हुने भएकाले त्यस प्रथालाई निरुत्साहित गर्ने निर्णय गरेका हुन् । उक्त समुदायले हरेरी, निकासी, देश...
निषेधाज्ञा र आमहड्तालले जनजीवन कष्टकर

निषेधाज्ञा र आमहड्तालले जनजीवन कष्टकर

धनकुटा, ८ माघ । लगातारको निषेधाज्ञा र आमहड्तालका कारण धनकुटाको जनजीवन कष्टकर बनेको छ । १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकिएको बिरोधमा गरिएको अनिश्चितकालिन आमहड्ताल आज छैठौ दिनपनि जारी छ । आन्दोलन हिंसात्मक बनेपछि गत बिहीबारबाट जारी गरिएको अनिश्चितकालिन निषेधाज्ञा पाँच दिन बितिसक्दासम्म पनि खुलेको छैन । निषेधाज्ञा र आमहड्तालका कारण सर्वसाधरणको दैनिकी कष्टकर बनेको हो । आमहड्तालका कारण छ द...
जैविक तरकारी खेतीतर्फ किसान आकर्षित

जैविक तरकारी खेतीतर्फ किसान आकर्षित

गुलरिया, बर्दिया, ८ माघ।  बार बर्दिया नगरपालिका–९ खैरेनीगाउँमा रहेको सतखुलवा होमस्टेमा पाहुना बढेपछि स्थानीय किसान जैविक खेती प्रविधिबाट तरकारी उत्पादन गर्न लागिपरेका छन् । सतखलुवा ताल तथा बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न होमस्टेमा बास बस्न आउने पर्यटकको संख्या दिनानुदिन बढेपछि आफ्नो उत्पादन सजिलै बिक्री हुने गरेको सतखलुवा होमस्टे आर्गानिक कृषि समूहकी अध्यक्ष विमला पाण्डेले बताउनुभयो । अध्य...
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौँ, ८ माघ। निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आज आयोगमा आयोजित ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’ सम्बन्धी प्रशिक्षणको शुभारम्भ गर्दै उहाँले निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार भएको जानकारी दिनुभयो । उक्त ...
प्रधानमन्त्री मोदी डाभोस प्रस्थानगर्दै

प्रधानमन्त्री मोदी डाभोस प्रस्थानगर्दै

नयाँ दिल्ली, ८ माघ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार स्वीट्जरल्याण्डको डाभोस प्रस्थान गर्दै हुनुहुन्छ । विश्व आर्थिक मञ्चको ४८ औँ बैठकमा सहभागिताका लागि उहाँ सोमबार नयाँ दिल्लीबाट त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री मोदीको भ्रमण दलमा भारतीय अर्थमन्त्री अरुण जेट्ली, वाणिज्य तथा उद्योगमन्त्री सुरेश प्रभुलगायत अन्य उच्च सरकारी अधिकारीहरु पनि रहनुभएको ...
प्रदेश नं २ मा सबैभन्दा बढी मतदाता, प्रदेश नं ६ मा कम

प्रदेश नं २ मा सबैभन्दा बढी मतदाता, प्रदेश नं ६ मा कम

काठमाडौँ, ८ माघ। आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी मतदाता (निर्वाचक मण्डल) प्रदेश नं २ मा र सबैभन्दा कम प्रदेश नं ६ मा रहेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार आइतबार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरेको छ । आयोगले प्रकाशन गरेको नामावलीअनुसार प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ...
खोटो संकलन कार्यले वन विनाश

खोटो संकलन कार्यले वन विनाश

डडेल्धुरा, ८ माघ। लामो समयदेखि निरन्तर खोटो संकलन कार्यले सल्लाको वन संकटमा परी विनाश थालेपछि खोटो झिक्ने कार्यलाई राक लगाउने अभियान नै थालिएको छ । चालीस वर्षदेखि निरन्तर रुपमा खोटो संकलन हुँदै आइरहेका डडेल्धुराका सल्लेरी वन विनाश हुने अवस्थामा पुगेका छन् । ४० वर्षदेखि एउटै रुखबाट निरन्तर खोटो संकलन गर्दा डडेल्धुराका सल्लेरी वन सुक्न थालेका हुन् । सल्लेरी वन जोगाउन खोटो संकलन कार्य रोक्नु पर्...
संख्यात्मकभन्दा गुणात्मक पर्यटनमा जोड

संख्यात्मकभन्दा गुणात्मक पर्यटनमा जोड

पोखरा, ८ माघ। नेपाल पर्यटन बोर्डले सन् २०१७ मा पर्यटकको संख्यामा वृद्धि भएको तथ्यांक अघि सारे पनि पोखराका पर्यटन व्यवसायी भने त्यसमा सन्तुष्ट देखिएका छैनन् । सन् २०१७ मा पोखराको पर्यटन सम्बन्धमा छलफलका लागि नेपाल पर्यटन बोर्ड पोखराद्वारा आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले केवल संख्या मात्र बढेर पर्यटन व्यवसाय फस्टायो भन्न नमिल्ने बताएका छन् । कार्यक्रममा नेपाल पर्यटन बोर्ड प्रमुख कार्यका...
राष्ट्रियसभा उम्मदेवारमा एमालेका को-को सिफारिस भए

राष्ट्रियसभा उम्मदेवारमा एमालेका को-को सिफारिस भए

काठमाडौं, ८ माघ। राष्ट्रियसभाका उम्मेदवार छान्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह बस्ने बैठकले राष्ट्रियसभाका लागि प्रदेशबाट सिफारिस भएर आएका उम्मेदवारहरुको बारेमा छलफल गर्ने प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताए । माघ १० गते राष्ट्रियसभा सदस्यहरुको उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले बैठकले उम्मेदवारको टुंगो लगाउने सम्भावना छ । ...
ट्रक र टिपरले दुर्घटना बढाएपछि टाइम कार्ड लागू

ट्रक र टिपरले दुर्घटना बढाएपछि टाइम कार्ड लागू

चितवन, ८ माघ। राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागू गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लोकमार्गमा अत्यधिक गतिमा चल्ने यस्ता सवारीसाधनबाट दुर्घटना बढी हुने गरेको गुनासो आउन थालेपछि टाइम कार्डको प्रयोग गरिएको जनाइएको छ । चालु आवमा भएका सवारी दुर्घटनामा २६ प्रतिशत दुर्घटना ट्रक र टिपरबाट भएकाले आइतबारदेखि ...
error: Content is protected !!