धनकुटामा एक घण्टा चक्काजाम

धनकुटामा एक घण्टा चक्काजाम

धनकुटा, ९ माघ । सरकारले १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा आज धनकुटामा एक घण्टा चक्काजाम गरिएको छ । प्रादेशिक राजधानी माग गर्दै ४० दिनयता निरन्तर आन्दोलन गर्दै आएका जिल्लाबासीले दिउँसो १२ देखि १ बजेसम्म चक्काजाम गरेका हुन् । कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड स्थित जिरोपईन्टमा सडक अवरुद्ध गरिएको थियो । चक्काजामका कारण पूर्वी पहाडी जिल्लाबाट तराई झर्ने र तराईबाट पूर्वी...
गौचन र तिवारी हत्याका अभियुक्त पक्राउ

गौचन र तिवारी हत्याका अभियुक्त पक्राउ

चितवन, ९ माघ। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको अभियोगमा श्याम लामा गुम्बेलाई प्रहरीले सोमबार साँझ यहाँ पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मुख्य गोली हान्ने गुम्बेलाई पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले बताउनुभयो । अभियुक्त गुम्बेलाई भरतपुर मह...
पर्यटक आगमनमा चौँतिस प्रतिशतले वृद्धि

पर्यटक आगमनमा चौँतिस प्रतिशतले वृद्धि

मुस्ताङ, ९ माघ। हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४९ प्रतिशतले बढेको छ । सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित इलाका कार्यालयले जनाएको छ । सन् २०१७ मा ५२ हजार ४७५ पर्यटकले मुस्ताङको भ्रमण गरेका कार्यालयका प्रमुख तुलसी दाहालले जानकारी दिनुभयो । उपल्लो मुस्ताङको भ्रमणमा जाने पर्यटकको संख्या चार...
दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन नेपालमा

दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन नेपालमा

काठमाडौँ, ९ माघ । जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ । विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने विभागका महानिर्देशक डा ऋषिराज शर्माले जानकारी दिनुभयो । “दक्षिण एशियामा यस्तोखालको वातावरणमैत्री भवन अहिलेसम्म कसैले बनाएको छैन, बनाउँदा बनाउँदै अरु कसैले बनायो भने मात्र हो नत्र हामी नै हौँ पहिलो...
वादी समुदाय मुआब्जाबाट वञ्चित

वादी समुदाय मुआब्जाबाट वञ्चित

जाजरकोट, ९ माघ।  नलसिंङगाड जलविद्युत् आयोजनाका डुबान प्रभावित क्षेत्रका वादी समुदायले मुआब्जा पाउन सकेका छैन्न । नलगाड नगरपालिका–१ दल्लीका १८ घरपरिवार वादी समुदाय मुआब्जा पाउनबाट वञ्चित भएका हुन् । त्रिभुवन उच्च मावि दल्लीको खातामा १८ घरपरिवारको मुआब्जा रकम निकासा भए पनि तीन वर्षदेखि सो रकम वादी समुदायले पाउन सकेको छैन । विद्यालयले सो रकम वादी समुदायलाई दिन आनाकानी गदै आएको छ । लामो समयदेखि ...
नावालिका करणी आरोपमा दर्जी पक्राउ

नावालिका करणी आरोपमा दर्जी पक्राउ

पाँचथर, ९ माघ। नावालिकालाई करणी गरेको आरोपमा प्रहरीले पाँचथरको याङवरक गाँपालिका वडा नम्बर ४ बस्ने एक यूवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा याङवरक ४ साविक थर्पु ४ का २९ बर्षिय कविन्द्र सुन्दास दर्जी रहेका छन् । सोमबार राती आफूले चलाउँदै आएको स्कूटरमा घर पुरयाईदिन्छु भन्दै बाटोमै नावालिकालाई करणी गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ परेका...
समितिको विवादले करोडौँको खानेपानी योजना अवरुद्ध

समितिको विवादले करोडौँको खानेपानी योजना अवरुद्ध

फलेवास, पर्वत, ९ माघ।  उपभोक्ता समिति गठनमा सहमति जुट्न नसकेपछि यहाँको एक विकट गाउँमा सञ्चालन हुन लागेको करोडौँको खानेपानी योजना अलपत्र भएको छ । फलेवास नगरपालिका–३ शंकरपोखरीमा सञ्चालित खानेपानी आयोजनाको काम विवादका कारण शुरु हुन नसकेको हो । समितिको पदाधिकारीका लागि दलीय टकराव भएपछि उपभोक्ता समितिमा विवाद उत्पन्न भएको हो । नेपाली काँग्रेस गाउँ कार्यसमितिका सचिव शिवप्रसाद तिवारीको अध्यक्षतामा खा...
अदुवा निकासीमा भारतको अवरोध, भन्सार पुगिसकेका गाडी फर्काइयो

अदुवा निकासीमा भारतको अवरोध, भन्सार पुगिसकेका गाडी फर्काइयो

इलाम,९ माघ । भारतीय पक्षले नेपाली अदुवा निकासीमा अवरोध गरेको छ । जसका कारण काँकडभिट्टा भन्सारमा पुगिसकेको दश हजार टन अदुवा फर्काइएको छ । नेपाली अदुवा गुणस्तरहीन भएको र चिनियाँ अदुवा मिसाइएको भारतीय पक्षको दावी छ । यहि दावी गर्दै भारतीय पक्षले पूर्वी पहाडी क्षेत्रबाट भारत निकासीका लागि अदुवा बोकेर काँकडभिट्टा नाका पुगिसकेका ४० वटा ट्रक दुई हप्तादेखि रोकेर राखिएको थियो । अदुवा निकासीका लागि एक स...
रोहिङ्ग्यालाई बुधबारदेखि स्वदेश फिर्ता गरिँदै

रोहिङ्ग्यालाई बुधबारदेखि स्वदेश फिर्ता गरिँदै

याङ्गुन, ९ माघ।  हाल बङ्गलादेशमा रहेका म्यानमारी रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउने विषयमा म्यानमारका विदेशमन्त्री तथा राज्य सल्लाहकार आङ सान सुकीले राखिन राज्यका अधिकारीहरुसँग छलफल गर्न लाग्नुभएको छ । उहाँले उनीहरुको फिर्तीका लागि उक्त राज्यले अवलम्बन गर्नुपर्ने विशेष कार्यक्रमका बारेमा सल्लाह गर्नुभएको र त्यसका लागि आवश्यक कार्ययोजना पनि पारित गर्न लाग्नुभएको बताइएको छ । म्यानमार र ब...
लागत स्वीकृत गराएर पुनःनिर्माण अघि बढाउन निर्देशन

लागत स्वीकृत गराएर पुनःनिर्माण अघि बढाउन निर्देशन

काठमाडौँ, ९ माघ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विपद्पछिको पुनर्लाभ कार्यढाँचाभित्र रहेका आयोजनामध्ये वास्तविक पुनःनिर्माण गर्नुपर्ने आयोजनाको मात्र डिजाइन र लागत स्वीकृत गराएर काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । भूकम्पबाट क्षतिग्रस्त भई विपद्पछिको पुनर्लाभ कार्यढाँचाभित्र रहेका सम्बन्धित आयोजनाको हालसम्म सम्पन्न भएको प्रगति विवरण र आगामी योजनाबारे छलफल गर्न सोमबार बोलाइएक...
राष्ट्रियसभामा तालमेल गर्न वाम र मधेशी दल सकारात्मक

राष्ट्रियसभामा तालमेल गर्न वाम र मधेशी दल सकारात्मक

काठमाडौँ, ९ माघ। वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन् । नेकपा (एमाले) संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान भएको संयुक्त छलफलमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको जनादेशबमोजिम मुलुकलाई अगाडि बढाउने विषयमा छलफल सकारात्मक देखिएको एमाले स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले बताउनुभयो । ठोस सहमति भएमा...
प्रदेशसभा सहजीकरणका लागि संसद् सचिवालयका कर्मचारी काजमा

प्रदेशसभा सहजीकरणका लागि संसद् सचिवालयका कर्मचारी काजमा

काठमाडौँ, ९ माघ। संघीय संसद् सचिवालयले प्रदेशसभा सञ्चालनको शुरुवाती दिनमा सहजीकरणका लागि सहसचिवको नेतृत्वमा कर्मचारी खटाएको छ । प्रदेशसभामा कर्मचारीको व्यवस्थापन नभइसकेको अवस्थामा संसदीय अभ्यास र अनुभवका आधारमा संघीय संसद् सचिवालयले सात वटा प्रदेशसभाका लागि एक सहसचिवसहित चारजनाका दरले कूल २८ कर्मचारी पठाउने निर्णय भएको सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो । ती कर्मचारी आउँदो ...
सातवटै प्रदेशमा सूचना आयोग आवश्यक

सातवटै प्रदेशमा सूचना आयोग आवश्यक

पाँचथर, ९ माघ। राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सातवटै प्रदेशमा प्रादेशिक सूचना आयोगको गठन गर्नुपर्ने जरुरी रहेको बताउनुभएको छ । पाँचथरको फिदिममा आज बिहान रासससित कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । यस्तै मुलुकमा रहेका ७५३ वटा स्थानीय तहमा उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा सूचना आयोगको बोर्ड गठन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक नेपालीला...
खिचरा महोत्सव सम्पन्न, पाँच पत्रकार पुरस्कृत

खिचरा महोत्सव सम्पन्न, पाँच पत्रकार पुरस्कृत

रत्ननगर, चितवन, ९ माघ। ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने नारासहित पुस २८ देखि चितवनको खैरहनीमा शुरु भएको पाँचौँ खिचरा (माघी) महोत्सव सोमबार समापन भएको छ । थारु कल्याणकारिणी सभा, चितवनको क्षेत्र नम्बर ७ ले थारु संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको महोत्सवमा प्रतियोगितात्मक थारु सांस्कृतिक घरेलु हस्तकला र कृषि प्रदर्शनीसम...
पोखरामा चिनियाँ भाषाको कक्षा शुरु

पोखरामा चिनियाँ भाषाको कक्षा शुरु

पोखरा, ९ माघ। पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा शुरु गरेको छ । साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहयोगमा बोर्डको पोखरा ड्यामसाइटस्थित प्रदेश नम्बर ४ कार्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो । प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले सोमबार एक विशेष समारोहका बीच चिनियाँ ...
बोलेरो दुर्घटनामा एक महिने शिशुको मृत्यु

बोलेरो दुर्घटनामा एक महिने शिशुको मृत्यु

चरिकोट, ९ माघ।  चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशु (छोरा) को आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । सोमबार साँझ बा १२ च ८७७१ नम्बरको बोलेरो बे्रक फेल भई दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका थिए भने दुईको अवस्था सामान्य रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार भीमेश्वर नगरपालिक...
रामग्राम स्तुपमा जियोफिजिक्स सर्भे: प्राचीन पोखरी र विहार फेला

रामग्राम स्तुपमा जियोफिजिक्स सर्भे: प्राचीन पोखरी र विहार फेला

नवलपरासी, ९ माघ । भगवान् गौतमबुद्धको अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तुपमा प्राचीन पोखरी र विहारको भग्नावशेष फेला परेका छन् । नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–७, उजैनी रामग्राम स्तुप क्षेत्रमा गरिएको जियोफिजिक्स (भूभौतिक) सर्भेको क्रममा भगवान् गौतमबुद्धसँग सम्बन्धित प्राचीन पोखरी र विहारको भग्नावशेष फेला परेको हो । भगवान् गौतमबुद्धका सातवटा अष्ठधातुमध्ये एउटा मात्र सिंगो अ...
नेपाली खानेतेल उद्योग संकटमा

नेपाली खानेतेल उद्योग संकटमा

पथरी, मोरङ, ९ माघ।  मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो । मोरङका तेल उद्योगी श्रवण अग्रवालका अनुसार यो कोरिडोरमा दुई दर्जन तेल उद्योग बन्द भइसकेका छन् । अहिले सञ्चालन भइरहेका तेल उद्योग पूर...
धनकुटामा पुनः निषेधाज्ञा सुरु

धनकुटामा पुनः निषेधाज्ञा सुरु

धनकुटा, ९ माघ । धनकुटामा प्रशासनले आज बिहानबाट पुनः निषेधाज्ञा जारी गरेको छ । पाँच दिनसम्मको निषेधाज्ञाले सर्वसाधरणको दैनिकी कष्टकर भएकाले त्यसलाई मध्यनजर राख्दै हिजो अपरान्ह ३ बजेबाट १६ घण्टाका लागि निषेधाज्ञा खुल्ला गरिएको थियो । अहिले बिहान ७ बजेबाट पुनः निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले संगालोखबरलाई जानकारी दिएका छन् । उनका अनुसार निषेधाज्ञालाई खुकुलो पारिने...
त्रिभुवन आर्मी सेमिफाइनलमा

त्रिभुवन आर्मी सेमिफाइनलमा

इटहरी, ९ माघ। त्रिभुवन आर्मी क्लब सोमबार पाहुना टोली ड्रुक युनाइटेड भुटानलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । अब आर्मीको बुधबार थ्रीस्टारसँग पहिलो सेमिफाइनल भेट हुनेछ । दोस्रो सेमिफाइनलका लागि मनाङ मस्र्याङदीले मंगलबार आफ्नो प्रतिद्वन्द्वी पाउने छ । आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ क्लब कोलकोताबीच ...
सडक दुर्घटनामा ८ वर्षमा १६ हजारको मृत्यु

सडक दुर्घटनामा ८ वर्षमा १६ हजारको मृत्यु

काठमाडौं, ९ माघ। सन् २०११ देखि हालसम्मको सात वर्षमा सडक दुुर्घटनाबाट मृत्यु हुनेको संख्या झन्डै डेढ गुणाले वृद्धि भएको छ । सरकारले १० वर्ष (२०११–२०२०) सम्ममा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या आधाले घटाउने लक्ष्य लिएको थियो । तर, त्यसको विपरीत मृत्युदर बढ्दै गएको छ । ०६६-६७ (२००९-०१०) मा कुल एक हजार सात सय ३४ जनाको मृत्यु भएको थियो । यसलाई २०२० मा आधा अर्थात् आठ सय ६७ जनामा सीमित गर्नुपर्ने स...
ईश्वरीगंगा धाममा कुम्भमेलाको तयारी

ईश्वरीगंगा धाममा कुम्भमेलाको तयारी

बैतडी, ९ माघ।  बैतडीको दशरथचन्द नगरपालिकामा रहेको प्रसिद्ध तीर्थस्थल ईश्वरीगंगा धाममा कुम्भ मेला लाग्ने भएको छ । प्रत्येक १२ वर्षमा लाग्ने कुम्भमेला महाशिवरात्रिका अवसरमा आगामी फागुन १ गतेदेखि लाग्ने ईश्वर रामनाम समिति, ईश्वरीगंगा धामले जनाएको छ । फागुन १ गतेदेखि शुरु हुने कुम्भमेलाको तयारी तीव्र पारिएको कुम्भमेला व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर चन्दले जानकारी दिनुभयो । मेलास्थल ईश्वरीगं...
म्याड्रिडमा जारी अन्तराष्ट्रिय पर्यटन मेलामा नेपालको सहभागिता

म्याड्रिडमा जारी अन्तराष्ट्रिय पर्यटन मेलामा नेपालको सहभागिता

काठमाडौं, ९ माघ। नेपाल पर्यटन बोर्ड एवं नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सको(नाटा) संयुक्त सहकार्यमा स्पेनको राजधानी म्याड्रिडमा जारी ३८ औँ अन्तराष्ट्रिय पर्यटन मेला ‘फितुर’ मा नेपालले पनि सहभागिता जनाएको छ । पर्यटन मेलामा पर्यटन क्षेत्रसँग सम्बन्धित नेपालका ११ बटा कम्पनीहरुले मेलामा नेपालले आफ्नो उल्लेखनीय सहभागीता जनाएको थियो । नेपाल पर्यटन बोर्डका अनुसन्धान योजना तथा अनुगमन महाशाखाक...
१० महिनासम्म पनि त्रिविमा सेमेस्टर सकिएन

१० महिनासम्म पनि त्रिविमा सेमेस्टर सकिएन

काठमाडौं, ९ माघ। त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्षको कार्यालयको शैक्षिक क्यालेन्डरविपरीत डिन कार्यालयपिच्छे सेमेस्टर प्रणाली सञ्चालन भएको छ । शिक्षाध्यक्षको कार्यालयले सबै डिन कार्यालयलाई एउटै क्यालेन्डर दिएको थियो । तर, कतिपयले सेमेस्टरको परीक्षा सकेका छन् भने कतिपयले १० महिनासम्म पनि परीक्षा सम्पन्न गर्न सकेका छैनन् । नतिजा कहिले आउने भन्ने कुनै टुंगो छैन । व्यवस्थापन संकायको डिन कार्यालय ...
डेरा खोज्दै सांसद्, कार्यालय खोज्दै कर्मचारी

डेरा खोज्दै सांसद्, कार्यालय खोज्दै कर्मचारी

काठमाडौं, ९ माघ। शपथग्रहण सकिँदा नसकिँदै प्रदेश सांसदहरुलाई डेराको चिन्ताले सताउन थालेको समाचारलाई अन्नपूर्ण पोस्ट दैनिकले आज लेखेको छ । समाचारअनुसार, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुको घरमा बसेर काम चलाइरहेका प्रदेश सांसदहरु डेरा सर्ने तयारीमा जुटेका छन् । प्रदेश सांसदलाई डेराको चटारो परेजस्तै कर्मचारीहरुलाई भने कार्यालयको चिन्ता छ । प्रदेश प्रमुखका लागि सचिवालय व्यवस्थापन भए पनि अन्य प्रशास...
राष्ट्रिय सफ्ट टेनिसमा मध्यमाञ्चल प्रथम

राष्ट्रिय सफ्ट टेनिसमा मध्यमाञ्चल प्रथम

विराटनगर, ९ माघ। विराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चलले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकका साथ प्रथम स्थान प्राप्त गरी सोमबार खेल सम्पन्न भएको छ । प्रतियोगितामा पूर्वाञ्चलले तीन स्वर्ण, एक रजतका साथ दोस्रो र मध्यपश्चिमाञ्चलले एक रजत र दुई कास्यका साथ तेस्रो भएका छन् । माघ ४ गतेदेखि शुरु भएको प्रतियोगितामा पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल, ...
तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी धरानमा

तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी धरानमा

ललितपुर, ९ माघ। कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर आगामी फागुनको १० गतेदेखि १३ गतेसम्म धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ । कृषि विभागअन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा कार्यक्रमको आयोजना गर्न लागेको सोमबार यहाँ आयोजना भएको पत्रकार सम्मेलनमा नेपाल कृषि मेशिनरी व्...
२०७४ माघ ९ गते मंगलबारको राशिफल

२०७४ माघ ९ गते मंगलबारको राशिफल

वि.सं. २०७४ साल माघ ९ गते। मंगलबार। इश्वी सन् २०१८ जनवरी २३ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– षष्ठी, १२:३५ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हु...
भीरगाउँको धर्मोदय प्राविमा गुरागाईद्धारा अक्षयकोष स्थापना, बिद्यार्थीलाई पनि सहयोग

भीरगाउँको धर्मोदय प्राविमा गुरागाईद्धारा अक्षयकोष स्थापना, बिद्यार्थीलाई पनि सहयोग

धनकुटा, ८ माघ । धनकुटा नगरपालिका–२ भीरगाउँको धर्माेदय प्राथमिक बिद्यालयको ६१ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा ५५ हजार वरावरको अक्षयकोष स्थापना गरिएको छ । भीरगाउँ घर भई हाल धनकुटा–५ बस्दै आएका विद्यालयका संस्थापक सदस्य द्रोर्णप्रसाद गुरागाईले ५५ हजार ५ सय ५५ रुपैयाको टिकाहरी स्मृति अक्षयकोष स्थापना गरेका हुन् । सामाजिक काम गर्दै आएका गुरागाईले कक्षा ५ मा अध्ययनरत वावुआमाविहिन विद्य...
पार्टी एकताका लागि कार्यदल बनाउने एमालेको निर्णय

पार्टी एकताका लागि कार्यदल बनाउने एमालेको निर्णय

भक्तपुर, ८ माघ।  नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)सँग छिट्टै पार्टी एकता गर्नका लागि दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । आज बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उहाँकै अध्यक्षतामा बसेको पार्टीे स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो । बैठकले दुई वटै पार्टी एकताको प्रक्रिया सकारात्मक रहेको ठहर गरेको जानकारी दिँदै पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश ...
सवारी दुर्घटनामा मृत्यु

सवारी दुर्घटनामा मृत्यु

तिलोत्तमा, ८ रुपन्देही । मोटरसाइकल दुर्घटनामा परी आज रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । तीव्र गतिमा मोटरसाइकल चलाएका करण रोक्न नसक्दा ट्र्याक्टरको पछाडि भागमा ठोक्किँदा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ तेनुहवाका १८ वर्षीय इन्जामूल मुसलमानको मृत्यु भएको हो । लुम्बिनी विकास कोष क्षेत्रको सडकखण्डको गेट नं ७ स्थित लोखरिया चोकदेखि पडरिया चोकतिर गइरहेको लु२त १०२६ नं को ट्र्याक...
error: Content is protected !!