काठमाडौँ, १८ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘मनमोहन सेन्टर एनेक्स’ भवनको आज शिलान्यास गर्नुभएको छ ।

Advertisement

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास र समृद्धिका लागि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारका हरेक कदम सुधार र विकासका लागि र जनताका हितका लागि हुनेछन् । हामी कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनुभूत गर्ने गरी नै समृद्धिका काम गर्नेछौँ ।”


प्रधानमन्त्री ओलीले केही वर्षभित्र नेपाललाई अल्पविकसित देशको सूचीबाट विकसित देशमा स्तरोन्नति गरिने बताउँदै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गर्दै ‘मेडिकल कलेज सञ्चालनमा गुणस्तरीयता आवश्यक छ”, उहाँले भन्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!