धनकुटामा उच्च स्तरिय सरकारी टोलीद्धारा भौतिक संरचनाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक

धनकुटामा उच्च स्तरिय सरकारी टोलीद्धारा भौतिक संरचनाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक

धनकुटा, ९ फागुन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञवहादुर खत्री नेतृत्वको उच्च स्तरिय टोलीले सरकारी स्वामित्वमा रहेका धनकुटाका भौतिक संरचनाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश नं.१ को राजधानी धनकुटा वनाउन गठित आन्दोलन परिचालन समितिसंग वार्ताका लागि बनाईएको सरकारी टोलीले भौतिक संरचनाको अध्ययन गरी जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षिय बैठकमा प्रतिवेदन सार्वजनिक गरेको...
धनकुटाको डुम्म्रे सान्नेमा शिवपञ्चायन मन्दिर निमार्ण

धनकुटाको डुम्म्रे सान्नेमा शिवपञ्चायन मन्दिर निमार्ण

धनकुटा, ९ फागुन । धनकुटा नगरपालिका–१० डुम्म्रे सान्नेमा शिवपञ्चायन मन्दिर निमार्ण गरिएको छ । नौ लाख रुपैया बरावरको लागतमा निमार्ण गरिएको मन्दिरको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । वडा अध्यक्ष कमल कार्कीले मन्दिर उद्घाटन गरेका हुन् । मन्दिर निमार्णका लागि धनकुटा नगरपालिका, जिल्ला समन्वय समिति तथा स्थानीयबाट आर्थिक संकलन गरिएको स्थानीय सञ्चारकर्मी गोविन्द दाहालले जानकारी दिए । मन्दिर त...
लण्डनमा यौन दुब्र्यवहारको तथ्य सार्वजनिक

लण्डनमा यौन दुब्र्यवहारको तथ्य सार्वजनिक

लण्डन । लण्डनको प्रतिष्ठित डोर्चेस्टर होटेलमा प्रेसिडेन्ट क्लबले आयोजना गरेको पुरुष मात्रैको च्यारिटी इभेन्टमा काम गर्ने महिला परिचारिकाहरुमाथि यौन दुब्र्यवहार हुने गरेको तथ्य बाहिर आएको छ । फ्ईनान्सियल टाईम्सकी रिपोर्टर म्याडिसन म्यरिजले गरेको गोप्य अनुसन्धानबाट यस्तो तथ्य बाहिर आएको हो । केहि दिन अघि अमेरिकामा पनि १ सय ५६ जना महिलामाथि यौन दुब्र्यवहार गरेको भन्दै डाक्टर लारी नासरलाई १ सय ७५ ब...
पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छ: महामन्त्री डा. शशांक कोइराला

पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छ: महामन्त्री डा. शशांक कोइराला

रत्ननगर, चितवन, ८ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “पार्टीको नेतृत्वसमेत परिवर्तन गर्नुपर्छ, त्यो अधिवेशनबाट हुन्छ ।” वाम एकताको विषयमा पत्रकारले सोधेको जिज्ञासामा महामन्त्री डा कोइरालाले दुई ठूला पार्टी मिलेर गएपछि प्रतिस्पर्धा गर्न कठ...
बन्दका क्रममा बीसभन्दा बढी कार्यकर्ता पक्राउ

बन्दका क्रममा बीसभन्दा बढी कार्यकर्ता पक्राउ

काठमाडौँ, ८ फागुन । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आजका लागि आह्वान गरेको नेपाल बन्दमा सो पार्टीका २० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरी प्रवक्ता मनोज न्यौपानेले जबर्जस्ती बन्द गराउँदै हिँड्ने २० भन्दा बढी व्यक्तिलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको राससलाई बताउनुभयो । उहाँले बन्दको खासै प्रभाव नपरेको र जनतालाई त्रसित पार्न बन्दकर्ताले विभि...
एक वर्षभित्र काठमाडौँलाई मास्कमुक्त गर्नेछु: वातावरण मन्त्री पण्डित

एक वर्षभित्र काठमाडौँलाई मास्कमुक्त गर्नेछु: वातावरण मन्त्री पण्डित

काठमाडौँ, ८ फागुन ।  वायु प्रदूषण र यसबाट सिर्जित समस्याको समाधानका लागि तत्काल ठोस कदम चाल्न तथा विकास र वातावरणलाई सँगसँगै लैजान सरकारसँग माग गरिएको छ । स्वच्छ ऊर्जा नेपालको एक प्रतिनिधिमण्डलले आज जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितसमक्ष अपिलपत्र बुझाउँदै काठमाडौँलाई मास्कमुक्त बनाउने प्रतिबद्धताको कार्यान्वयन गर्न आग्रह गरेको छ । अपिलपत्रमा सडक निर्माण/विस्तारलाई व्यवस्थित नगरिन...
गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

जितपुर, कपिलवस्तु, ८ फागुन। यहाँ गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन् । काठमाडाँैबाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हँुदा बसमा सवार १२ जना घाइते भएका हुन् । घाइते तीन जनालाई थप उपचारका लागि बुटबल पठाइएको र अन्य घाइतेलाई सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन...
हाम्रो केही बिगार्दैन मधुमेहले, केवल यी कुरामा ख्याल राखौं

हाम्रो केही बिगार्दैन मधुमेहले, केवल यी कुरामा ख्याल राखौं

मधुमेह यस्तो रोग हो, जसलाई नियन्त्रण गरिएन भने, त्यसले अरु रोग पैदा गर्छ । जस्तो कि, उच्च रक्तचाप, मुटु रोग, मृगौला रोग आदि । तर, डराइहाल्नुपर्ने केहि छैन । किनभने केहि सावधानी अपनाउने हो भने यी सबै खतराबाट बच्न सकिन्छ । जब कसैलाई पहिलो पटक मधुमेह भएको थाहा हुन्छ, उनीहरु एकदम चिन्तित हुने गर्छन् । उनीहरुको मन एउटै प्रश्नले रिंगाइरहन्छ, ‘के जरैदेखि मधुमेह हटाउन सकिन्छ ?’ यस प्रश्नको उत्तर जान्न...
विप्लव नेतृत्वका तीनजना बन्दकर्ता पक्राउ

विप्लव नेतृत्वका तीनजना बन्दकर्ता पक्राउ

दाङ, ८ फागुन ।  दाङको तुलसीपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर–१९ निवासी पार्टीका जिल्ला सदस्य वासुदेव चौधरी, सोही ठाउँ निवासी विद्यार्थी संगठनका प्रकाश गिरी र तुलसीपुर–५ निवासी प्रेम परियार रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । परियारले बन्दको अवज्ञा गरेको भन्दै बस...
नेपालबाट ४० जनाले विश्वकप फुटबल हेर्न पाउने

नेपालबाट ४० जनाले विश्वकप फुटबल हेर्न पाउने

काठमाडौँ, ८ फागुन । कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ । कोकाकोला नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्र्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजक राष्ट्रका देशीय निर्देशक अम्बुज सिंहले बताउनुभयो । उहाँले फिफासँग विगत ४० वर्षदेख...
सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

काठमाडौँ, ८ फागुन ।  विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बीमा कम्पनीले हकप्रद शेयर बिक्री गर्न लागेका हुन् । ती बीमा कम्पनीले कूल रु छ अर्ब ८५ करोड ६४ लाख ४१ हजार मूल्य बराबरको हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएको बोर्डले जनाएको छ । आवेदन दिनेमा सूर्या लाइफ इस्योरेन्सको २८ लाख ८७ ...
बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने: सचिव ज्ञवाली

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने: सचिव ज्ञवाली

काठमाडौँ, ८ फागुन । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिनुभयो । सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गरी आर्थिक वृद्धि हासिल ग...
साझाको अपाङ्गतामैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’

साझाको अपाङ्गतामैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’

ललितपुर, ८ फागुन । लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूति गृह, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म आपाङ्मैत्री बस गुड्ने भएको छ । उक्त होचो बसमा अपाङ्गता भएका व्यक्तिलाई चढ्न र ओर्लन अरुको सहयोगको आवश्यकता पर्ने छैन भने साना बालबालिका, गर्भवती महिला वा अशक्त र ज्येष्ठ नागरिकलाई पनि आवत जावत गर्न हैरान हुने छैन । सो सुविधा उपलब्ध भएपछि अस्पताल जानका ल...
विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिनुपर्छः राष्ट्रपति

विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिनुपर्छः राष्ट्रपति

गाईघाट, उदयपुर, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताउनुभएको छ । कटारी बजारस्थित त्रिवेणी मावि स्थापनाको ५० आँै वर्ष पुगेका अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवको समापनका अवसरमा राष्ट्रपति भण्डारीले दक्ष जनशक्तिबाट मात्र कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग क्षेत्रमा तीव्र गतिमा विकास हुन सक्ने बताउनुभयो...
महाधिवेशन नभएसम्म नयाँ पार्टीको अध्यक्षता आलोपालो गर्ने: अध्यक्ष दाहाल

महाधिवेशन नभएसम्म नयाँ पार्टीको अध्यक्षता आलोपालो गर्ने: अध्यक्ष दाहाल

रत्ननगर, चितवन, ८ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताउनुभएको छ । भरतपुरमा आज प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी भइसकेको भन्दै कानूनी रुपमा निर्वाचन आयोगमा दर्ता गरेपछि भन्न मिल्ने उल्लेख गर्नुभयो । ...
आगलागीपीडितलाई आर्थिक सहयोग

आगलागीपीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, ८ फागुन ।  आठराई त्रिवेणी गाउँपालिका–३ हाम्पाङका आगलागीपीडित तीन परिवारलाई यक्सो बृहत् एकता समाजले आर्थिक रकम संकलन गरी हस्तान्तरण गरेको छ । गत मंसिर १९ गते भएको आगलागीका कारण पूर्णरुपमा घर गुमाएका स्थानीयवासी देवमान यक्सो, रुपनारायण यक्सो र विकल्प यक्सोको परिवारलाई रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको हो । सोमबार एक कार्यक्रमबीच प्रतिपरिवारलाई रु एक लाख ७...
राष्ट्रियसभा सदस्यमा तीनजना मनोनयन

राष्ट्रियसभा सदस्यमा तीनजना मनोनयन

काठमाडौँ, ८ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा विमला पौडेल (मोरङ)लाई आज मनोनयन गर्नुभएको हो । मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिई नयाँ नाम...
ट्रम्पपुत्र डोनाल्ड ट्रम्प जेआर भारत भ्रमणमा

ट्रम्पपुत्र डोनाल्ड ट्रम्प जेआर भारत भ्रमणमा

नयाँदिल्ली, ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपु्ग्नु भएको छ । भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उहाँ सहभागी हुने भ्रमण तालिका रहेको छ । उहाँले भारतका अन्य सहरहरुको पनि भ्रमण गर्नुहुने भएको छ । राष्ट्रपति पुत्र ट्रम्पले भारतमा जग्गाको कारोबार सम्वन्धी दुई वटा परियोजना सुरु गर्नुहुने भएको...
अज्ञात समूहले राखेको बम सेनाद्वारा निष्क्रिय

अज्ञात समूहले राखेको बम सेनाद्वारा निष्क्रिय

बागलुङ, ८ फागुन । बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’ अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ‘हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको पुष्टि भएपछि तत्काल निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विश्वराजसिंह थापाले जानकारी ...
राष्ट्रियसभा सदस्यमा सरकारले गरेको सिफारिस असंवैधानिकः बालकृष्ण खाँड

राष्ट्रियसभा सदस्यमा सरकारले गरेको सिफारिस असंवैधानिकः बालकृष्ण खाँड

काठमाडौँ, ८ फागुन । राष्ट्रियसभाका तीन सदस्यमा आफ्नो सरकारले पठाएको नाम फिर्ता लिएर अर्को नाम पठाएकोमा कांग्रेसले विरोध गरेको छ । कांग्रेस नेता बालकृष्ण खाँडले ओली सरकारको निर्णय असंवैधानिक र सहमतिको भावना विपरित भएको बताएका छन ।मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले राष्ट्रियसभामा तीन सदस्य मनोनयनका लागि अघिल्लो सरकारले गरेको निर्णय फिर्ता लिई नयाँ नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो...
राष्ट्रियसभा सदस्यमा खतिवडा, बिंडारी र पौडेलको नाम सिफारिश

राष्ट्रियसभा सदस्यमा खतिवडा, बिंडारी र पौडेलको नाम सिफारिश

काठमाडौँ, ८ फागुन ।  सरकारले राष्ट्रियसभा सदस्यमा तीन व्यक्तित्वको नाम सिफारिश गरेको छ । मन्त्रिपरिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अर्थशास्त्री डा. युवराज खतिवडा, कानूनविद् रामनारायण बिंडारी र अर्थविद् विमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जानकारी दिनुुभयो । उनन्साठी सदस्यीय राष्ट्रियसभामा मन्त्रिपरिषद...
राष्ट्रिय युवा शक्तिमा लोहनी

राष्ट्रिय युवा शक्तिमा लोहनी

काठमाडौँ, ८ फागुन ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को जनवर्गीय संगठन राष्ट्रिय युवा शक्तिको फणिराज लोहनी (राजु) को अध्यक्षतामा गठन भएको छ । उपाध्यक्षमा राजकुमार श्रेष्ठ र राजन लामा तथा महामन्त्रीमा सुरेन्द्र सेढाइ, सुभानसिंह राई र विनोद बानियाँ हुनुहुन्छ भने कोषाध्यक्षमा सुदर्शन सिलवाललाई मनोनयन गरिएको छ । सदस्यमा विष्णु पाण्डे, गोविन्द नगरकोटी र अकलबहादुर तामाङ हुनुहुन्छ...
प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु

जितपुर, कपिलवस्तु, ८ फागुन । कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरेले जानकारी दिनुभयो । प्रतियोगितामा नगरका आठ टोलीबीच प्रतिष्पर्धा हुने ...
अन्तर्राष्ट्रिय केःलाङ (च्याब्रुङ नाँच) महोत्सव शुरु

अन्तर्राष्ट्रिय केःलाङ (च्याब्रुङ नाँच) महोत्सव शुरु

पाँचथर, ८ फागुन । पाँचथर सदरमुकाम फिदिममा आइतबारदेखि अन्तर्राष्ट्रिय केःलाङ (च्याब्रुङ नाँच) महोत्सव शुरु भएको छ । किरात लिम्बू जातिको लोकप्रिय नाँच च्याब्रुङ नाँचको संरक्षण र विकासका लागि महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक मूल समारोह समितिले जनाएको छ । स्थानीय फिदिम माविको खेलमैदानमा महोत्सव शुरु भएको हो । महोत्सवअन्तर्गत आइतबार भारतको आसाम, सिक्किम र नेपालका विभिन्न जिल्लाबाट आएका...
प्रदेश १ काँग्रेस संसदीय दलको नेतामा कोइराला

प्रदेश १ काँग्रेस संसदीय दलको नेतामा कोइराला

इनरुवा, ८ फागुन ।  प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन हुनुभएको छ । संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध चयन हुनुभएको नेपाली क...
जहाँ धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ

जहाँ धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ

काठमाडौं, ८ फागुन । लतिलपुरको इकुडोलमा भने धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ । किसानको घरबाट दूध संकलन केन्द्रसम्म दैनिक धाउनुपर्ने बाध्यता अन्त्य गर्न यस्तो तरिका अपनाइएको हो। इकुडोलवासीले दूध संकलनका लागि यो उपाय अपनाएको १० वर्ष भइसकेको छ । २०६४ वैशाख १ गते इकुडोलका व्यवसायी भीमसेन आचार्यले दूध संकलनका लागि यो तरिका सुरु गरेका थिए । सडकको सहज पहुँच नभएका ग्रामीण क्षेत्रबाट दूध संकलन गर्न कठि...
बन्दले धनकुटाको जनजीवन पनि प्रभावित

बन्दले धनकुटाको जनजीवन पनि प्रभावित

धनकुटा, ८ फागुन । नेता, कार्यकर्ता पक्राउको बिरोधमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आवहन गरेको नेपाल बन्दका कारण आज धनकुटाको जनजीवन पनि प्रभावित बनेको छ । गत आईतबार बिराटनगरमा नेकपा निकट राष्ट्रिय युवा जनस्वयंसेवकको तेस्रो राष्ट्रिय सम्मेलनका क्रममा प्रहरीले नेता, कार्यकर्ता पक्राउ गरेको बिरोधमा बन्द आवहन गरिएको नेकपाका धनकुटा ईन्चार्ज आकास शर्माले जानकारी दिए । बन्...
सीमसागको राजधानीका रुपमा परिचित जिरिखिम्ती

सीमसागको राजधानीका रुपमा परिचित जिरिखिम्ती

पथरी, मोरङ, ८ फागुन । पूर्वी मोरङको पथरीशनिश्चरे–८, जिरिखिम्ती सीमसागको राजधानीका रुपमा परिचित हुन थालेको छ । किसान थोरै जमिनबाट घरको गर्जो टार्ने खर्च मात्र हैन व्यावसायिकरुपमा साग खेती गरेर आर्थिकरुपमा समृद्ध बन्दै गएका छन् । घर नजिकै बग्ने मोरङ्गीखोलाको थोरै भूगोलमा सीमसागको व्यावसायिक खेती गरी उनीहरूले एक सिजनमा रु ६० लाख आम्दानी गर्ने गरेका छन् । कात्तिकमा रोपेको सीमसागले ४५ दिनदेखि आम...
ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिए सिलवाल

ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिए सिलवाल

काठमाडौं, ८ फागुन । कार्यसम्पादन मूल्यांकन कीर्ते मुद्दामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्वडीआईजी एवं एमाले सांसद् नवराज सिलवाल केपी ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् । उनी सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका थिए । सरकारी छाप दस्तखत कीर्ते मुद्दामा सर्वोच्च अदालतको आदेशपछि प्रहरीले सिलवालको व्यापक खो...
प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने तयारी

प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने तयारी

काठमाडौं, ८ फागुन। सरकारले प्रदेशमा ६० प्रतिशत कर्मचारी पठाए पनि कार्यस्थलमा भने १५ प्रतिशत मात्रै कर्मचारी पुगेका छन् । खटाएको स्थानमा कर्मचारी जान नमानेपछि सरकारले उनीहरुलाई बर्खास्त गर्ने तयारी गरेको  छ । सरकारले प्रदेशको कामकाजका लागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ । जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् । बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बी...
ताप्लेजुङमा खुल्यो महिन्द्राको आधिकारिक शो रुम

ताप्लेजुङमा खुल्यो महिन्द्राको आधिकारिक शो रुम

ताप्लेजुङ, ८ फागुन । ताप्लेजुङमा महिन्द्रा गाडीको आधिकारिक शो रुम स्थापना भएको छ । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले सदरमुकाम फुङलिङमा ४२ औँ महिन्द्रा एण्ड महिन्द्रा शो रुमको स्थापना गरेको हो । शो रुमको सोमबार एक कार्यक्रमका बीच एक नम्बर प्रदेशसभा सदस्यद्वय बलबहादुर साम्सोहाङ, होमकुमारी साँवा र महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री डाइरेक्टर तापस पटनायकले...
error: Content is protected !!