नून र अन्न नखाएर पनि निरोगी र सक्रिय जीवनाथ
गोठगाउँ, मोरङ, २० चैत । एउटा व्यक्ति नून र अन्न नखाइकन कति दिन बाँच्न सक्ला ? हामी प्रायजसोलाई त एक दिन पनि अन्न र नून नखाइ दिन कटाउन गाह्रो हुन्छ ।
तर सुन्दर हरैँचा नगरपालिका—७, गोठगाउँ निवासी जीवनाथ भट्टराईले अन्न र नून नखाइकनै सात दशक कटाउनु भएको मात्र छैन हाल त उहाँले २०६८ देखि त खाँदै आएको कन्दमूलसमेत त्याग गर्नुभएको छ ।
हाल ८२ वर्षमा हिँडिरहनुभएका भट्टराई के अन्न र नून बिना रहन र काम गर्...





























