छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ

छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ

सुरुङ्गा, झापा, ९ फागुन । अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो । मंगलबार राति अर्जुनधारा–११ स्थित बस पार्कको सिर्जना होटल अगाडि ...
राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय सच्याउन माग

राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय सच्याउन माग

काठमाडौँ, ९ फागुन ।  नेपाली काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगर्नु संविधानको मर्म र भावना विपरित भएको आरोप लगाएका छन् । पार्टीका भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरुले आज यहाँ पत्रकार सम्मेनलन गरी आलंकारिक भूमिकामा रहनुपर्ने राष्ट्रपतिले आफ्नो भूमिकालाई बेवास्ता गर्दै सरकारपिच्छे फरकफरक व्यवहार...
रेडपाण्डा संरक्षण गर्न ६८ लाख खर्च गरिने

रेडपाण्डा संरक्षण गर्न ६८ लाख खर्च गरिने

ताप्लेजुङ, ९ फागुन । दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) को संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा रु ६८ लाख खर्च गरिने भएको छ । यस जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले रु ६८ लाख ४६ हजार ३०० बजेट छुट्याएको हो । नेपालको २३ जिल्लामा पाइने रेडपाण्डाको संरक्षण गर्न संस्थाले सन् २०१६ देखि काम गरिरहेको छ । सो रकम अनुसन्...
प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा

प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा

पोखरा, ९ फागुन ।  प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्फबाट रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आज आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उहाँले आगामी चैत महिनामा आउने प्रदेशको नीति, कार्यक्र...
होटल मजदुर हेमरोन मृत अवस्थामा फेला

होटल मजदुर हेमरोन मृत अवस्थामा फेला

मंगलबारे, इलाम ९ फागुन ।  इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सागर हेमरोन नाम गरेका व्यक्ति बिब्ल्याँटेको पेट्रोल पम्प अगाडि मृत अवस्थामा फेला परेका हुन् । मिठाइ पसलमा काम गर्ने उनी आज बिहान करिब ९ बजे मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । झापा गौरीगञ्ज घर भएका हेमरोन एक महिनाअघिदेखि उक्त पसलमा काम गर्दै आएको जिल्ला पहरी कार्...
पुनःनिर्माणको प्रगति दिन सूचना प्रणाली सार्वजनिक

पुनःनिर्माणको प्रगति दिन सूचना प्रणाली सार्वजनिक

काठमाडौँ, ९ फागुन ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणमा स्थलगत रुपमा खटिने इञ्जिनियरले मोबाइल एपमार्फत् प्रगति विवरण भर्न सक्ने प्रणालीको विकास गरेको छ । एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा प्राधिकरणले आयोजना अनुगमन सूचना प्रणाली निर्माण गरी आज सार्वजनिक गरेको हो । यो प्रणालीमा भूकम्प प्रभावित ३२ जिल्लास्थित स्थानीय तहका वडामा पुनःनिर्माणमा लागेका इञ्जिनियरले तथ्यांक राख्न...
चालु आर्थिक वर्षको सात महिनामा ४३ अर्बको इन्धन आयात

चालु आर्थिक वर्षको सात महिनामा ४३ अर्बको इन्धन आयात

पर्सा, ९ फागुन ।  चालु आर्थिक वर्ष २०७४/७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ । आव २०७३/७४ को साउनदेखि माघसम्मको सात महिनामा वीरगञ्ज नाका भएर रु ३३ अर्ब १० करोड ६६ लाख मूल्यको पाँच लाख ५...
कलेजस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गरिने

कलेजस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गरिने

इटहरी, ९ फागुन । ‘नेपालय इन्टरनेशनल काठमाडौँ’को आयोजनामा यही फागुन १३ देखि २० गतेसम्म प्रदेश नं १ को एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । स्थानीय कार्यक्रम संयोजक एवं क्रिकेट प्रशिक्षक सिपी पौडेलले आज यहाँ पत्रकार सम्मेलन गरेर एक्सपर्ट कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिताका विषयमा जानकारी दिनुहुँदै उक्त प्रतियोगिता क्रिकेटका लागि उच्च दक्ष जनशक्ति उत्पादनका...
दोहनीमा ईपू चारसयदेखि मानव बसोबास शुरु भएको पाइयो

दोहनीमा ईपू चारसयदेखि मानव बसोबास शुरु भएको पाइयो

कपिलवस्तु, ९ फागुन । कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा उत्खनन गर्दा इशापूर्व चारसय वर्षदेखि मानव बसोबास शुरु भएको पाइएको छ । पुरातत्व विभागको व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले उत्खनन गर्दा पाएका पुरातात्विक सामग्रीको अनुसन्धानपछि सो तथ्य प्रकाशमा आएको हो । उत्खननमा भेटिएका माटोका भाँडा तथा सामग्रीका टुक्रा तथा मूर्तिको वैज्ञानिक परीक्षणका आधारमा चारसय वर्ष अघ...
प्रहरी इन्काउन्टरमा मनोज पुनलाई १२, सोम बहादुर आलेलाई १० गोली

प्रहरी इन्काउन्टरमा मनोज पुनलाई १२, सोम बहादुर आलेलाई १० गोली

बुटवल, ९ फागुन । गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् । रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । देवदह नगरपालिका–४ भवानीपुरमा गोली लागेर ढलेका दुवै जनालाई लुम्बिनी अञ्चल अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रह...
स्वच्छ ऊर्जाको माध्यमबाट वातावरण संरक्षण गरिने: वातावरण मन्त्री पण्डित

स्वच्छ ऊर्जाको माध्यमबाट वातावरण संरक्षण गरिने: वातावरण मन्त्री पण्डित

काठमाडौँ, ९ फागुन । संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐन, कानूनमा परिमार्जन तथा नयाँ कानूनको तर्जुमा गरी आम जनताको पहुँचमा सुलभ, भरपर्दो ऊर्जाको पहुँच विस्तार गर्न व्यवसायीले सरकारलाई सुझाव दिएका छन् । मुलुकमा नवीकरणीय ऊर्जा क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको छाता संगठन नेपाल नवीकरणीय ऊर्जा परिसंघको प्रतिनिधिमण्डलले जनसंख्या तथा वातावरणमन...
मोरङको बेलबारीमा आगलागी हुँदा ३० लाखको क्षति

मोरङको बेलबारीमा आगलागी हुँदा ३० लाखको क्षति

बेलबारी, ९ फागुन । मोरङको बेलबारी ३ मा रहेको सञ्जय सुवेदीको पुरानो घर (गुवाली) मा खोले पकाउने क्रममा आगलागी हुँदा बुधबार बिहान लाखौको क्षति भएको छ । बिहान करिब ५ बजे भएको आगलागीमा ३० लाख बढीको क्षति भएको छ ।  गाईलाई खोले पकाउने क्रममा आगलागी भएको  इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिएका छन । आगलागीपछि सुन्दरहरैचा, इटहरी र बिराटनगरबाट आएका दमकल र स्थानीय बासी स...
अतिसंकटापन्न सालकको अध्ययन गरिँदै

अतिसंकटापन्न सालकको अध्ययन गरिँदै

रत्ननगर, चितवन, ९ फागुन । चितवनलगायत जिल्लामा अतिसंकटापन्न अवस्थामा रहेको लजालु जनावर सालकको अध्ययन गरिँदै छ । सालकको अवस्था पत्ता लगाई यसको संरक्षण क्षेत्र बनाउने लक्ष्यसहित यहाँ अध्ययन गर्न लागिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत सन्तोष भट्टराईका अनुसार चितवनबाट अध्ययन शुरु गरिने र त्यसपछि मकवानपुर तथा गोरखामा समेत अध्ययन हुने जानकारी दिनुभयो । त्यसका लागि आजै क्य...
‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउन ट्रम्पको निर्देशन

‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउन ट्रम्पको निर्देशन

काठमाडौं ,९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्दुकको प्रयोग गर्न पाउने कानुनमा कडाई गर्न निर्देशन दिएका छन् । बिशेषगरी बम्प–स्टक (अर्धस्वचालित राइफलबाट एकै मिनेटमा सयौं राउन्ड गोली चलाउन मिल्ने उपकरण)को प्रयोगमा प्रतिवन्ध लगाउनुपर्ने ट्रम्पको भनाइ छ । ह्वाइटहाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले त्यससम्बन्धी कानुन बनाउन कानुन मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी गराएका छन । बम्प–स्टक उप...
बालीमा फैलिएको गाँठे रोगले किसान मारमा

बालीमा फैलिएको गाँठे रोगले किसान मारमा

ललितपुर, ९ फागुन । केही वर्ष पहिलेसम्म काठमाडौँ उपत्यकाको काउली र बन्दामा देखिएको गाँठे रोग अहिले देशका धेरै जिल्लाका धेरैथरी बालीमा फैलिएको छ । गाँठे रोग झण्डै ४० जिल्लामा फैलिएको कृषि विभाग, प्लान्ट क्वारेन्टाइन कार्यक्रमका वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताउनुभयो । “झण्डै १५ वर्ष पहिले छिटफुट देखिएकामा अहिले यो समस्या व्यापक बनिसकेको छ”, उहाँले भन्नुभयो, “त्यतिबेला नियन्त्रण...
मलेसिलयामा श्रमिक सचेतना कार्यक्रमको आयोजना

मलेसिलयामा श्रमिक सचेतना कार्यक्रमको आयोजना

काठमाडौँ, ९ फागुन । नेपाली कामदारको बाक्लो उपस्थिति रहेको मलेसियाको जोहरबारुमा त्यहाँ कार्यरत नेपाली कामदारको हकहित तथा नेपाली दूतावासबाट प्राप्त हुने सेवा, सुविधाबारे सचेतना कार्यक्रम आयोजना गरिएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम मन्त्रालयलगायत निकायबाट प्राप्त हुने सेवा र मलेसियामा रहँदा नेपाली श्...
कोलकातामा नेपाल भवन बनाउन आह्वान

कोलकातामा नेपाल भवन बनाउन आह्वान

काठमाडौँ, ९ फागुन । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको चतुर्थ साधारणसभाले सभापतिमा राजु पाठकलाई सभापतिमा चुनेको छ । मञ्चका उपसभापतिमा बद्रीविक्रम थापा र टीकारामगोपाल भित्रीकोटी, महासचिवमा विष्णुप्रसाद बस्याल, सचिवमा देवराज भट्टराई र रामायणप्रसाद धमला, कोषाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा गुञ्जदास श्रेष्ठ रहनुभएको छ । त्यस्तै शिक्षा, साहित्य एवम् प्रकाशन विभाग प्रमुखमा...
राष्ट्रिय परिचयपत्र तयार पार्न थप ६ महिना ढिला हुने

राष्ट्रिय परिचयपत्र तयार पार्न थप ६ महिना ढिला हुने

काठमाडौँ, ९ फागुन । राष्ट्रिय परिचयपत्र तयार पार्न तोकिएभन्दा थप ६ महिना ढिला हुने भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र गठन भएको ७ वर्ष बितिसक्दा पनि योजना पूरा नहुँदा आगामी असोजमा कार्यावधि टुंगिने गरी समय थप्न लागिएको हो । ‘एकमात्र आधार परिचयपत्र’ का रूपमा ल्याइन लागेको परिचयपत्र कार्यक्रम एसियाली विकास बैंकको नेपालमा सञ्चालित लामा योजनामध्ये पर्छ । पहिलो चरणमा वितरण हुनै थप ६ मह...
चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक

चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक

मंगलबारे, इलाम, ९ फागुन । प्र्रदेश नं १ मा चियाको व्यापार बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ । प्र्रदेश नं १ का सभासद राम रानाले मंगलबार ‘चिया क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा’ सम्बन्धमा केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालले आयोजना गरेको एकदिने कार्यशालामा प्राङ्गारिक चिया उत्पादन गर्ने कार्यमा लागिपरेको इलाममा अझै पूूर्ण रुपमा विषादी प्रयोग नहटेको र कामदारलाई सुरक्षित...
बसको चक्काले किचेर एक जनाको मृत्यु

बसको चक्काले किचेर एक जनाको मृत्यु

काठमाडौँ, ९ फागुन । स्थानीय नेपालटारमा बसको चक्काले किचेर एक जनाको मृत्यु भएको छ । गए राति काठमाडौँको तार्केश्वर नगरपालिका–११ नेपालटारमा गुडिरहेको बसको चक्काले थिचेर मोटरसाइकल चालक नुवाकोट घर भई काभ्रेस्थली बस्ने २६ वर्षीय चन्द्रप्रकाश मोक्तानको मृत्यु भएको हो । मोक्तान नेपाल विद्यार्थी संघ एनआर कलेजका सचिवसमेत रहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयो । बालाजु बाइपासबाट शेषम...
नेपालबाट आयात गर्दै आएको धागोमा भन्सार छुट रोक्ने टर्कीको सम्भावना

नेपालबाट आयात गर्दै आएको धागोमा भन्सार छुट रोक्ने टर्कीको सम्भावना

काठमाडौं, ९ फागुन  । पूर्वी युरोपेली मुलुक टर्कीले नेपालबाट आयात गर्दै आएको धागोमा भन्सार छुट सुविधा रोक्ने संकेत गरेको छ । नेपालबाट हुँदै आएको ठूलो परिमाणको निर्यातमाथि नै टर्कीले शंका व्यक्त गरेको छ । नेपालले वार्षिक करिब आठ अर्ब रुपैयाँको धागो टर्की निर्यात गर्छ । भन्सार छुट सुविधा रोक्ने संकेत गरेसँगै धागोको निकासी प्रभावित हुने जोखिम बढेको छ । करिब एक महिनाअघि नेपालबाट निकासी हुने धागोमा भन...
पहिलो चरणमै राष्ट्रपति र उपराष्ट्रपतिको चयन !

पहिलो चरणमै राष्ट्रपति र उपराष्ट्रपतिको चयन !

काठमाडौँ, फागुन ९ गते । संघीय र प्रदेश संसदमा दलहरुवीच भएको सांसद सङ्ख्याअनुसार यसपटकको राष्ट्रपति र उपराष्ट्रपतिका लागि हुने चुनाव पहिलो ‘राउण्ड’मै टुङ्गिने सम्भावना देखिएको छ । निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मतभार प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि संघीय संसद्का ३३४...
बिहानै परकम्प

बिहानै परकम्प

काठमाडौँ, ९ फागुन । आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ । बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।
पार्टी एकीकरण घोषणा फागुनभित्रै गर्ने तयारी

पार्टी एकीकरण घोषणा फागुनभित्रै गर्ने तयारी

काठमाडौं, ९ फागुन । नयाँ पत्रिका दैनिकले पार्टी एकता गर्न सोमबार सहमति गरेका एमाले–माओवादी फागुनभित्रै पार्टी एकीकरणको घोषणा गर्ने तयारीका साथ अघि बढेको समाचार छापेको छ । समाचार अनुसार एकीकरणको प्रारम्भिक आधारपत्रमा सोमबार हस्ताक्षरपछि अन्तिम तयारी गर्न गठन गरिएका दुई कार्यदलले काम थालेका छन् । गठन गरिएका दुईमध्ये राजनीतिक कार्यदलले राजनीतिक विषय टुंग्याउने छ भने विधान र संगठनात्मक कार्यदलले वि...
निष्पक्ष न्याय गर्न अभिप्रेरित गर्दै उपप्रमुखलाई तराजु हस्तान्तरण

निष्पक्ष न्याय गर्न अभिप्रेरित गर्दै उपप्रमुखलाई तराजु हस्तान्तरण

नगरकोट, ९ फागुन । न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले यहाँका नगरपालिका उपप्रमुखहरुलाई मङ्गलबार न्यायको प्रतीक तराजु हस्तान्तरण गरेको छ । नयाँ संविधानअन्तर्गत न्यायिक निकायका प्रमुखका रुपमा रहनुभएका उपप्रमुखलाई निष्पक्ष न्याय गर्न अभिप्रेरित गर्दै केन्द्र चाँगुनारायणले जिल्लाका चारै उपप्रमुखलाई तराजुलगायत सामग्री हस्तान्तरण गर्दै भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश भोजराज ...
गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरीसँगको इनकाउन्टरमा मारिए

गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरीसँगको इनकाउन्टरमा मारिए

बुटवल, ९ फागुन । व्यक्ति हत्याका प्रमुख योजनाकारको आरोपमा प्रहरीको मस्टवान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन प्रहरीसँगको मुडभेडमा मारिएका छन् । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आलेको पनि सोही मुडभेडमा मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका-४ भवानीपुरमा प्रहरीसँगको मुडभेडमा पुन र आले मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवाल...
एकीकृत पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ आयोगमा दर्ता गर्न कठिनाइ

एकीकृत पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ आयोगमा दर्ता गर्न कठिनाइ

काठमाडौं, ९ फागुन । एमाले–माओवादीले जुराएको एकीकृत पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न कठिनाइ हुने भएको छ । ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी यसअघि नै आयोगमा दर्ता छ । निर्वाचन आयोगको दलसम्बन्धी ऐनको दफा ९ मा एउटै नाममा दुई पार्टी दर्ता गर्न नमिल्ने व्यवस्था स्पष्ट छ । यस्तो अवस्थामा एकीकृत पार्टीले कि पुरानो पार्टीसँग एकता गर्नुपर्नेछ, कि नयाँ पार्ट...
सङ्कटकाल थप ३० दिन लम्ब्याउन संसदबाट सहमति

सङ्कटकाल थप ३० दिन लम्ब्याउन संसदबाट सहमति

माले, मालदिभ्स, ९ फागुन । मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमीनको आग्रहमा यहाँको संसदले थप ३० दिन सङ्कटकाल लम्ब्याउन सहमति दिएको छ । यस सम्बन्धमा मालदिभ्सको ८५ सदस्यीय संसदमा मङ्गलबार साँझ मतदान हुँदा सङ्कटकाल थप एक महिनाका लागि बढाउने पक्षमा बहुमत जुटेको हो । राष्ट्रपति यमीनले सोमबार संसदसँग सङ्कटकाल लम्ब्याउनका लागि सहमति माग्नुभएको थियो । मालदिभ्सको सर्वोच्च अदालतको फेब्रुवरी १ मा थुना...
अध्ययन: ७० प्रतिशत ‘सामुद्रिक माछा’मा प्लाष्टिक

अध्ययन: ७० प्रतिशत ‘सामुद्रिक माछा’मा प्लाष्टिक

लण्डन, ९ फागुन । उत्तरपश्चिम एटलान्टिक महासागरको गहिराईमा पाइने माछाका प्रजातीका झण्डै दुईतिहाई नमूनामा वातावरणीय प्रदुषणमा महत्वपूर्ण भूमिका रहने गरेको प्लाष्टिकका कणहरू भेटिएको एक अध्ययनले देखाएको छ । यो सामुद्रिक जीवमा प्लास्टिकको अत्यधिक मात्रा पाइएको विश्वका केही उदाहरणमध्ये एक हो । उक्त समुद्रमा पाइने माछाका अधिकांश (७३ प्रतिशत) माछाको पेटमा साना साना प्लाष्टिकका टुक्रा भेटिएको हालै सार्व...
निर्वाचन अघिको सहमतिअनुसार नै पार्टी एकताः अध्यक्ष दाहाल

निर्वाचन अघिको सहमतिअनुसार नै पार्टी एकताः अध्यक्ष दाहाल

रत्ननगर, चितवन, ९ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचन अघि नेकपा (एमाले)सँग गरेको सहमतिअनुसार नै पार्टी एकता भएको बताउनुभएको छ । भरतपुर महानगरपालिका–२२ मा रहेको अमर माध्यामिक विद्यालयको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले दुई पार्टीबीचको एकताले अब नेपाललाई समृद्ध, विकास र सुशासनतर्फ अगाडि बढाउने उद्घोष गर्नुभयो । यही विद्यालयमा आफूले फुटबल प्रतियोगि...
राष्ट्रिय क्रिकेट खेलाडी करण केसी गृह जिल्लामा सम्मानित

राष्ट्रिय क्रिकेट खेलाडी करण केसी गृह जिल्लामा सम्मानित

बागलुङ, ९ फागुन ।  राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई गृह जिल्ला बागलुङमा आज स्वागत तथा सम्मान गरिएको छ । बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित समारोहमा केसी नगद रु ५० हजारसहित सम्मानित हुनुभएको हो । बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले संयुक्त रुप...
error: Content is protected !!