जोहानेसवर्ग, २० चैत । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको ८१ वर्षको उमेरमा निधन भएको छ ।
उनका श्रीमान जेलमा रहँदा दशकौँसम्म रंगभेद विरोधी आन्दोलनमा विनी माडिकीजला मण्डेलाको ठूलो प्रभाव रहेको थियो।
प्रशिक्षित सामाजिक कार्यकर्ता समेत रहेकी उनी केही समय जेलसमेत परेकी थिइन् । सन् ८० को दशकमा सोवेतो नगरका केही भागमा आतंक फैलाएको आरोप उनीमाथि लगाइएको थियो ।
सन् १९९० मा मण्डेला लामो जेलबाट रिहा भएको केही वर्षभित्रै उनीहरुको सम्बन्ध बिग्रियो । सन् १९९६ मा उनीहरुबीच पारपाचुके भएको थियो ।


















