ललितपुर, १९ चैत ।  ललितपुर महानगरपालिकाले शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई सम्मानस्वरुप चालकसहित सवारी साधन र एक जना सुरक्षा गार्ड प्रदान गरेको हो ।

महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीलाई सम्पर्क गर्न मोबाइलसहित सो सवारी साधन हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरणपछि जोशीले आफ्नो ललितपुर जिल्लासँग प्रगाढ सम्बन्ध रहेको बताउँँदै आफू जन्मेको जिल्ला र आफूले लेखेका कृति ललितपुरसँग जोडेकोे छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “आज महानगरपालिकाले गरेको सम्मानले गर्दा मैले गौरवको महसुस गरेको छु ।” नगर प्रमुख चिरीबाबु महर्जनले जोशीजस्ता महान् व्यक्तिलाई सम्मान गरेर यी चिज हस्तान्तरण गर्न पाउँदा आफूले शौभाग्यमानी ठानेको बताउनुभयो ।

गाडीका लागि आवश्यक खर्चसमेत महानगरपालिकाले बेहोर्ने उहाँले बताउनुभयो ।

गत १५ चैतमा बसेको महानगर कार्यपालिकाको बैठकले जोशीलाई सुरक्षा गार्ड र सवारी प्रदान गर्ने निर्णय गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!