काठमाडौं २२,चैत्र । वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ कमलराज रेग्मीको  बिहीबार बिहान आफ्नै निवासमा निधन भएको छ ।पाल्पाको मेहल्धारामा जन्मिएका रेग्मी २००४ सालमा जयतु संस्कृतम् आन्दोलनमा सहभागी भएका थिए । उहाँ २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएका थिए । २०१५ सालमा भएको पहिलो संसदीय चुनावमा उनी पाल्पाबाट निर्वाचित भएका थिए ।

Advertisement

उनी  विसं २००४ सालको जयतु संस्कृतम आन्दोलनका अगुवामध्ये एक थिए ।

रेग्मी साहित्यकार समेत थिए । उनका थुप्रै साहित्यिक कृति पनि प्रकाशित छन् । आमा, म र पाल्पा, बचेरालाई आहार, चन्द्रहास, शर्मिष्ठा, पादुका दान, दोस्रो विवाह लगायतका कृतिहरु उनले लेखेका थिए ।

कमलराज रेग्मीको चर्चा नेपालमा मात्रै होइन, भारतमा पनि फैलिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!