- बिनोद बिष्ट/संगालोखबर

काठमाण्डौं, २९ चैत । मिस नेपाल–२०१८ को टप सेभेनमा पुगेकी धनकुटा हिलेकी सायरा लामाले ‘मिस फ्रेण्डसिप अवार्ड’ पाएकी छन् ।हिडेन ट्रेजरको आयोजनामा राजधानीको अन्नपूर्ण होटलमा बुधबार राति सम्पन्न मिस नेपालको ग्रान्ड फिनालेमा लामा टप सेभेनमा पुगेकी हुन् ।

Advertisement

सोहि अवसरमा बिभिन्न १२ विधामा प्रदान गरिएको टाईटल अवार्ड मध्ये लामाले ‘मिस फ्रेण्डसिप अवार्ड’ जितेकी हुन् । प्रतियोगितामा २५ प्रतियोगि सहभागि थिए ।

यसैवीच प्रतियोगितामा सहभागि २४ प्रतिस्पर्धीलाई उछिन्दै हेटौंडाकी २२ बर्षीय श्रृङ्खला खतिवडाले ‘मिस नेपाल २०१८’ को उपाधि जितेकी छिन् । नेपालका विभिन्न जिल्लाकाबाहेक अमेरिका, बेलायत, अष्ट्रेलिया र स्पेनमा बसोबास गर्दै आएका नेपाली युवती पनि प्रतिस्पर्धामा सहभागी थिए ।

प्रतियोगितामा काठमाडौंबाट ८, पोखरा, बिराटनगर र भरतपुरबाट २/२, धनकुटा, बीरगञ्ज, गोरखा, महेन्द्रनगर, दाङ, रुपन्देही, झापा र हेटौंडाका एक/एक जना प्रतिस्पर्धी सहभागि भएका थिए ।

टाइटल अवार्डका विजेताहरुको नामाबली :

ब्यूटिफूल हेयरः श्रृङ्खला खतिवडा
मिस फ्रेन्डसिपः सायरा लामा
मिस फोटोजेनिकः महिमा सिंह
मिस पक्चुअलः लक्ष्मी पौडेल
मिस इन्टेलेक्चुअलः आश्मा ढुंगाना
मिस बेष्ट ऐथ्लिटः मेघा श्रेष्ठ
मिस कन्फिडेन्टः आस्था साख
मिस फ्याशिनोः श्रृङ्खला खतिवडा
मिस ग्ल्यामरः मनिता देवकोटा
मिस पपुलर च्वाइसः सन्ध्या अधिकारी
मिस ट्यालेन्टः रोनाली अमात्य
ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देल

भिडियो हेर्नुहोस्…

यो पनि पढ्नुहोस्…

श्रृङ्खला खतिवडा भईन् मिस नेपाल-२०१८

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!