विश्वकप छनोट: जिम्बाब्वे टस जितेर ब्याटिङमा, वसन्तले लिए नेपालको पहिलो विकेट

विश्वकप छनोट: जिम्बाब्वे टस जितेर ब्याटिङमा, वसन्तले लिए नेपालको पहिलो विकेट

काठमाडौं, २० फागुन। एक दिवसीय आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत  विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेले टस जितेर ब्याटिङ रोजेको छ। क्विन्स स्पोट्र्स क्लबमा नेपालले फिल्डिङको निम्तो दिएको छ । आजको खेलमा नेपाली टोलीमा बलर ललित नारायण राजवंशीले डेब्यू गर्दैछन् । उनी करण केसीको स्थानमा टिममा आएका छन् । अब सोमपाल कामी र पारस खड्काले सुरुवाती बलिङ गर्नेछन् । सन्दिप लामिछाने र बसन्त रेग्मी पनि...
पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल भ्रमणमा

पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल भ्रमणमा

काठमाडौँ, २० फागुन।  इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि अपराह्न राजधानी आउनुहुने भएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा विचारविमर्श गर्नुहुनेछ...
दानका भरमा चल्दैँ संस्कृत विद्यालय

दानका भरमा चल्दैँ संस्कृत विद्यालय

बागलुङ, २० फागुन ।  बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत मावि दानका भरमा चलेको छ । धार्मिक विद्यालयका नाममा आउने न्यून सरकारी अनुदानले विद्यालयको खर्च धानिने अवस्था छैन । विद्यालयमा १८ जिल्लाका ७० विद्यार्थीले आवसीय सुविधासहित निःशुल्क पढ्न पाएका छन् । भोजनमा मात्र दैनिक रु पाँच हजार खर्च लाग्ने विद्यालय दानदाताकै सहयोगमा चलेको प्रअ शान्ति ज्ञवालीले बताउनुभयो । ...
देशभरका शैक्षिक सस्था बन्द, धनकुटामा पनि पठनपाठन प्रभावित

देशभरका शैक्षिक सस्था बन्द, धनकुटामा पनि पठनपाठन प्रभावित

धनकुटा, २० फागुन । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले आइतबार देशभरका शैक्षिक संस्था बन्द गराएको छ । संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित बिभिन्न ठाउँबाट पक्राउ गरिएका नेता कार्यकर्तालाई रिहाइ नगरेको बिरोधमा शैक्षिक हड्ताल गरिएको नेकपाका धनकुटा इन्चार्ज आकाश शर्माले संगालोखबरलाई जानकारी दिए । गिरफ्तार गरिएका नेताहरुलाई रिहाइ गर्नुको साट...
प्रदेश नं १ः चैत मध्यमा बजेट पेश हुने

प्रदेश नं १ः चैत मध्यमा बजेट पेश हुने

विराटनगर, २० फागुन। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरीय कामकाजका लागि चैत १५ गतेभित्र चालू आर्थिक वर्षका लागि आवश्यक बजेट विनियोजन गरी पेश गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सो बजेटबाट आगामी असार मसान्तसम्म काम गरिने र आउँदो आव २०७५/७६का लागि असार १ गते नयाँ बजेट पेश गर्ने निर्णय भएको पत्रकारलाई जानका...
हत्या गरी फालिएको अवस्थामा शव फेला

हत्या गरी फालिएको अवस्थामा शव फेला

उर्लाबारी, मोरङ, २० फागुन । मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आज बिहान एक महिला हत्या गरेर फालिएको अवस्थामा फेला परेकी छन् । सोही ठाउँकी ४४ वर्षीया शान्तिकला तामाङको शव बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईंले जानकारी दिनुभयो ।
प्रमबाट फागुन २७ गते विश्वासको मत खोजिने

प्रमबाट फागुन २७ गते विश्वासको मत खोजिने

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको आजको बैठकमा सो मितिमा सहमति भएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले राससलाई जानकारी दिनुभयो । प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान संविधानको धारा ७६(...
नेपालले जिम्बाबेलाई पराजित गर्न सक्ने ४ आधार

नेपालले जिम्बाबेलाई पराजित गर्न सक्ने ४ आधार

काठमाडौं, २० फागुन। २०१९ आईसीसी एकदिवसीय बिश्वकप छनौट खेल्न नेपाल सहित १० टिम जिम्बाबे पुगीसकेको छ। १० टिम मध्ये उत्कृस्ट २ हुने टिम बिश्वकप खेल्न छनौट हुनेछ भने उत्कृस्ट ३ एसोसिएट रास्ट्र एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ। नामिबियामा गत महिना सम्पन्न डिभिजन-२ को उपविजेताको रुपमा जिम्बाबे पुगेको नेपाली टिमको पहिलो लक्ष्य समुह चरण पार गर्दै सुपर सिक्स चरणमा प्रवेश गर्नु हुनेछ भने अस्चार्यचाकित नति...
पर्सा ठोरीकी सिमरन बनिन् मिस तामाङ

पर्सा ठोरीकी सिमरन बनिन् मिस तामाङ

काठमाडौँ, २० फागुन ।  यस वर्षको मिस तामाङको उपाधि पर्साकी सिमरन स्याङ्बोले जित्नुभएको छ । नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा शनिबार यहाँ आयोजना गरेको एघारौँ संस्करणको मिस तामाङको उपाधि पर्सा ठोरी गाउँपालिका–४ की सिमरनले जित्नुभएको हो । उहाँले प्रतियोगितामा सहभागी २८ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुम्नुभएको हो । सिमरनले प्रतियोगितामा सबैभन्दा बढी भोट प्राप्त...
फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा

फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा

चितवन, २० फागुन । प्रहरीले फागु पर्वमा अमर्यादित क्रियाकलाप गर्ने सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्व २०७४ सुरक्षा योजनाअन्तर्गत ३९ जनालाई पक्राउ गरी तीमध्ये सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालका अनुसार अन्यलाई सचेत गराई अभिभावकको जिम...
‘पाकिस्तानी सिनेट निर्वाचनमा पिएमएलको अग्रता रहने’

‘पाकिस्तानी सिनेट निर्वाचनमा पिएमएलको अग्रता रहने’

इश्लामावाद, पाकिस्तान, २० फागुन । पारदर्शीताको प्रत्याभुत गराउने कडा मापदण्डका साथ शनिबार पाकिस्तानमा आगामी छ बर्षका लागि सिनेटका ५२ सदस्यको निर्वाचन गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको मतदान प्रक्रिया स्थानीय समयअनुसार विहान नौ बजेदेखि शुरु भै अपरान्ह् चार बजे सम्पन्न भएको छ । निर्वाचनका लागि ११० पुरुष तथा २५ महिला गरी १३५ जनाले पाकिस्तानका सबै चार प्रान्तबाट सिनेटको ५२ सिटका लागि प्रत...
छ करोडको लागतमा मन्दिर निर्माण

छ करोडको लागतमा मन्दिर निर्माण

बागलुङ, २० फागुन। बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन श्रीरंगवेंकटेश मुक्तीनारायण मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ । रु छ करोडको लागतमा बन्न लागेको मन्दिरको ८५ प्रतिशत काम पूरा भएको जनाइएको छ । विसं २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि नयाँ बनाउन लागिएको हो । मन्दिर निर्माणमा विभिन्न क्षेत्रबाट दाताको सहयोग जुटेको निर्माण समितिले जनाएको छ । अखण्डज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्...
विश्वकप छनोटमा नेपालको यात्रा: टेस्ट मान्यता प्राप्त जिम्बाबेसँग भिड्दै नेपाल

विश्वकप छनोटमा नेपालको यात्रा: टेस्ट मान्यता प्राप्त जिम्बाबेसँग भिड्दै नेपाल

काठमाडौँ, २० फागुन।  एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा जिम्बाबेको पक्षमा गएमा विश्वकप छनोटमा नेपालको यात्रा सहज हुनेछैन । टेस्ट...
हुचिल र सालकको मासुसहित दुई जना पक्राउ

हुचिल र सालकको मासुसहित दुई जना पक्राउ

नुवाकोट, २० फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र यहाँको प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकेका मासु (सुकुटी)सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–७ रातमाटेका कृष्णलाल श्रेष्ठ र तार्केश्वर गाँउपालिका–२ तारुकाका बलराम श्रेष्ठ रहेको नुवाकोट प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिनुभयो । लामो समयदेखि वन्यजन्तुको ओसारपसार गर्दै आएको जानक...
मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा

मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा

पथरी, मोरङ, २० फागुन ।  गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योगमा जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्तत: गर्न सक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् । महिला पनि घरमै त्यसै बस्नुभन्दा दैनिक रु ४०० सम्म आम्दानी हुने काममा लाग्न थालेका छन् । अहिले करिडोरका सयभन्दा बढी ठूला उद्योगमा...
धनकुटा महोत्सव आजदेखि सुरु

धनकुटा महोत्सव आजदेखि सुरु

धनकुटा, २० फागुन । धनकुटामा आजबाट प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं चौथो धनकुटा महोत्सव सुरु हुँदैछ । स्थानीय तल्लो टुडिखेलमा सञ्चालन हुँने महोत्सवको मुख्यमन्त्री शेरधन राईले बिहान साँढे ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ । धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव फागुन ३० गतेसम्म चल्नेछ । ११ दिनसम्म चल्ने महोत्सवमा कृषि, पर्यटन, स्थानीय उद्योग र उत्पादनलाई प्राथमिकत...
चौविसेको शारदा माविलाई श्रेष्ठले दिए १५ लाखको पुस्तकालय भवन

चौविसेको शारदा माविलाई श्रेष्ठले दिए १५ लाखको पुस्तकालय भवन

धनकुटा, २० फागुन । धनकुटाको चौविसे गाउँपालिका–१ छ नं.वुधवारेको शारदा माध्यमिक बिद्यालयलाई १५ लाख लागतमा निर्माण गरिएको पुस्तकालय भवन हस्तान्तरण गरिएको छ । छ नं.वुधवारे घर भई अमेरिका वस्दै आएका युगेशप्रसाद श्रेष्ठले स्वर्गिय आमा वुवाको स्मृतिमा पुस्तकालय भवन निमार्ण गरि विद्यालयलाई हस्तान्तरण गरेका हुन् । पुस्तकालयका लागि चार कोठे भवन निमार्ण गरि श्रेष्ठले विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका ...
छोरी जन्मिए खातामा २५ हजार ! २० वर्ष नपुग्दै बिहे गरे रकम नपाइने

छोरी जन्मिए खातामा २५ हजार ! २० वर्ष नपुग्दै बिहे गरे रकम नपाइने

काठमाडौं, २० फागुन। रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो । गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड २१ लाख बजेट बिनियोेजन गर...
कांग्रेस संसदीय दलको निर्वाचन सोमबार हुदैँ, देउवालाई दुईतिहाइ मतले जिताउने प्रयास

कांग्रेस संसदीय दलको निर्वाचन सोमबार हुदैँ, देउवालाई दुईतिहाइ मतले जिताउने प्रयास

काठमाडौं, २० फागुन । नेता रामचन्द्र पौडेलले सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्न नदिने भएपछि कांग्रेस संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई दुईतिहाइ मतले जिताउने प्रयास थालेको छ । संस्थापन पक्षका नेताहरू शनिबार दिनभर पौडेल पक्षका सांसद्हरूसँग भेटघाट तथा छलफलमा व्यस्त रहे । आफैँ प्रधानमन्त्री भएका वेला गरेका तीनवटै निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेकाले नैतिकताका आधारमा दलको नेता...
ठेकेदारले बढी मूल्य पाएपछि अनुदानको चामल बाटोमै बिक्री

ठेकेदारले बढी मूल्य पाएपछि अनुदानको चामल बाटोमै बिक्री

काठमाडौं, २० फागुन । नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्री हुनुपर्ने चामल ठेकेदारले बढी मूल्य पाएपछि बीचबाटोमै बिक्री गर्ने गरेको पाइएको छ । कारोबार दैनिकका अनुसार संस्थानको डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पुमा ९ सय २० रुपैयाँमा बिक्री गर्नुपर्ने चामल बाटोमै बिक्री भएको हो । बंगालादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले पचाल झरनाको जारकोटबाट ९ सय ८० रु...
भूकम्पपीडितको पैसाबाट ब्याज कमाउँदै बैंक

भूकम्पपीडितको पैसाबाट ब्याज कमाउँदै बैंक

काठमाडौं, २० फागुन। भूकम्पपीडितका लागि घर पुनर्निर्माण गर्न सरकारले दिएको अनुदान रकम अर्कै खातामा राखी बैंकहरुले ब्याज कमाउने गरेको भेटिएको छ । कान्तिपुर दैनिकका अनुसार सीधै लाभग्राहीको खातामा राखेर वितरण गर्नुपर्नेमा केही बैंकहरुले ‘सन्ड्री खता’ मा राखेर अन्यत्र लगानी गरी ब्याज कमाउने र न्यूनतम तरलता व्यवस्थापनका लागि उक्त रकम प्रयोग गर्ने गरेको भेटिएको हो । भूकम्पपीडितको गुनासोका आधारमा स्थल...
यस्तो बन्दै छ एकीकृत पार्टीको सांगठनिक संरचना

यस्तो बन्दै छ एकीकृत पार्टीको सांगठनिक संरचना

काठमाडौं, २० फागुन। एमाले र माओवादीले पार्टी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचनाबारे छलफल केन्द्रित गरेका छन् । संघीय ढाँचाअनुसार केन्द्रीय कमिटीको आकार र संरचना कस्तो बनाउने भन्ने अनौपचारिक छलफलमा उनीहरू व्यस्त छन् । एकीकृत पार्टीको केन्द्रीय कमिटीको आकार १ सय ५० कि ३ सय ५० सदस्यीय भन्नेमा छलफल चलिरहेको कार्यदलका एक सदस्यले बताए । १ सय ५० सदस्यीय नभए अहिलेको एमालेको २ सय ...
२०७४ फागुन २० गते आइतबारको राशिफल

२०७४ फागुन २० गते आइतबारको राशिफल

वि.सं. २०७४ साल फागुन २० गते। आइतबार। इश्वी सन् २०१८ मार्च ४ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– तृतीया, २७:१५ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ। अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिनेछ। प्रतिस्पर्धाले थप हिम्मत जुटाउला। केही चुनौतीहरू देख...
पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : नेता थापा

पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : नेता थापा

चितवन १९ फागुन । नेपाली काँग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताउनुभएको छ ।  थापाले आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उहाँले दुई तिहाई बहुमत पु¥याउन लागेको कम्युनिष्ट सरकारसँग संसद्मा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक...
बार्षिक ५० लाख पर्यटक भित्रयाउँछौ : मुख्यमन्त्री पोखरेल

बार्षिक ५० लाख पर्यटक भित्रयाउँछौ : मुख्यमन्त्री पोखरेल

काठमाडौं, १९ फागुन । लुम्बिनीमा वार्षिक पर्यटक आगमनमा कमी भइरहेको बेला प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बार्षिक ५० लाख पर्यटक भित्रयाउने बताएका छन् । सो कुरा उनले आज शनिवार बुद्धजन्म स्थल लुम्बिनी साँस्कृतिक नगरपालिकाद्वारा खुल्ला दिसामुक्त समारोहलाई सम्बोद्धन गर्दै बताएका हुन् । आफनो जिम्मेवारी सम्हालेको पहिलो पटक बुद्धजन्मस्थल लुम्बिनीमा सार्वजनिक समारोहमा बोल्दै मुख्यमन्त्री पोखरे...
सिटी सेन्टरकाे चौथो तलाबाट खसालेर सुरक्षा गार्डको हत्या, यस्ताे छ हत्याकाे रहस्य

सिटी सेन्टरकाे चौथो तलाबाट खसालेर सुरक्षा गार्डको हत्या, यस्ताे छ हत्याकाे रहस्य

काठमाडौं, १९ फागुन । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरका सुरक्षा गार्ड रविन भुजेलको हत्या भएको पुष्टि भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक भुजेलको अाफ्नै साथिबाट हत्या भएकाे खुलेकाे हाे। महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त कमलपोखरीको संयुक्त टोलीले गरेको अनुसन्धानमा मृतक भुजेललाई अत्यधिक मदिरा सेवन गराई मलको चौथो तत्लाबाट तल फ्याकेको खुलेको हो। परिसरले नियन्त्रणमा लिएका चारजनालाई ...
भाइरल भयाे स्तनपान गराउँदै गरेकी आमाको फोटो

भाइरल भयाे स्तनपान गराउँदै गरेकी आमाको फोटो

एउटा भारतीय पत्रिको कभर पृष्ठमा छापिएको मोडलको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । बच्चालाई निवस्त्र स्तनपान गराइरहेको एउटा भारतीय मोडलको फोटोले सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ । तस्वीरलाईको विषयलाई लिएर थुप्रै टिकाटिप्पणी उठिरहेका छन् । केरलाबाट प्रकाशित ‘घरलक्ष्मी’ पत्रिकाको कभरमा मोडेल गिलु जोसफले आफ्नो छातीमा बच्चालाई दूध चुसाएको देखाउँदै क्यामरामा हेरिएको तस्वीर छ । तस्वीर सैग लेखिएक...
धनकुटा महोत्सवको तयारी पुरा

धनकुटा महोत्सवको तयारी पुरा

धनकुटा, १९ फागुन । धनकुटामा आईतबारदेखि सुरु हुँने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं चौथो धनकुटा महोत्सवको तयारी पुरा भएको छ । आयोजक धनकुटा उद्योग बाणिज्य संघले शनिवार महोत्सव स्थल तल्लो टुडिखेलमा पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी सकिएको जानकारी दिएको हो । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आईतबार विहान साढे ११ बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय गरिएको...
गुटबन्दीका कारण महिलालाई नेतृत्वमा स्थापित गर्न सकिएन : नेता खनाल

गुटबन्दीका कारण महिलालाई नेतृत्वमा स्थापित गर्न सकिएन : नेता खनाल

काठमाडौं, १९ फागुन । मोतीदेवी स्मृति प्रतिष्ठानले समाजको विविध विधाको विकासमा योगदान गर्ने आठ महिलालाई आज सम्मान गरेको छ । सम्मानित हुनेमा राजनीतिकर्मी उतरा कोइराला, कलाकार निशा शर्मा, पत्रकार संगीता लामा, समाजसेवी सुवर्ण केशरी, खेलाडी निरा कायस्थ, अपांगता भएकी संगीता पन्त, दलित अधिकारकर्मी रामरति राम र आरोही चुनु श्रेष्ठ हुनुहुन्छ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले उहाँहरुलाई सम्मान गर्...
यसरी हुँदैछ संघीय संसदको पहिलो अधिवेशन

यसरी हुँदैछ संघीय संसदको पहिलो अधिवेशन

काठमाडौं, १९ फागुन । संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न १६ः०० बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण १७ः०० बजेका लागि तय भएको छ । दोस्रो सं...
भारतले बनाएको किर्तिमान तोड्न टुँडिखेलमा उर्लियो मानवसागर

भारतले बनाएको किर्तिमान तोड्न टुँडिखेलमा उर्लियो मानवसागर

काठमाडौं, १९ फागुन। काठमाडौँको टुँडिखेलमा शनिबार धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रममा हजारौँको संख्या सर्वसाधारण सहभागी भएका छन् । बुद्धवचनलाई एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमबाट विश्व किर्तिमान बनाउनका साथै बौद्ध दर्शन अन्तर्राष्ट्रिय रुपमा फैलाउने उद्देश्यले ‘बुद्ध ...
error: Content is protected !!