नयाँवर्षमा टेलिकमले ल्यायो आकर्षक प्याकहरु

नयाँवर्षमा टेलिकमले ल्यायो आकर्षक प्याकहरु

काठमाडौं, ३० चैत । नेपाल टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा उपभोक्ताको थप सुविधाका लागि नयाँ वर्ष अफर २०७५ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ बैशाख ०१ देखि लागू हुनेछ । अफर आगामी २०७५ बैशाख १५ गते सम्म लिन सकिने छ । १. ह्याप्पी विकेन्ड प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्य...
अमेरिकी राष्ट्रपति ट्रम्पले दिए नेपालीलाई नयाँ वर्षको शुभकामना

अमेरिकी राष्ट्रपति ट्रम्पले दिए नेपालीलाई नयाँ वर्षको शुभकामना

काठमाडौं, ३० चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालीलाई शुभकामना दिएका छन् । राष्ट्रपति कार्यालयका कार्यवाहक सचिव जोन जे सुलिभानले शुक्रबार विज्ञप्ति जारी गरी ट्रम्पको शुभकामनाबारे जानकारी गराएका हुन् । ट्रम्पले संसारभर रहेका नेपालीलाई अघिल्लो वर्ष नेपालले गरेको धेरै महत्वपूर्ण कार्यबारे पनि शुभेच्छा प्रकट गरेका छन् । नेपालले अघिल्लो वर्ष स्थानीय, प्रदेश र प्...
प्रदेश सरकारले मेरो वर्ष २०७५ घोषणा गर्ने

प्रदेश सरकारले मेरो वर्ष २०७५ घोषणा गर्ने

विराटनगर, ३० चैत। प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रदेश सरकारले पनि सो कार्यक्रम गर्न लागेको हो । सामाजिक विकास मन्त्रालयले बिहीबार आठबुँदे प्रतिबद्धता सार्वजनिक गर्दै ती प्रतिबद्धता घोषणाका ...
प्रधानमन्त्रीले आज राराबाट देशबासीको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज राराबाट देशबासीको नाममा सम्बोधन गर्ने

काठमाडौं, ३० चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ को पहिलो सम्बोधन मुगुको राराबाट गर्ने भएका छन् । उनले शनिबार वैशाख १ गते राराबाट देशबासीलाई सम्बोधन गर्नेछन् । रारा पर्यटन वर्ष उदघाटनका लागि ओली मुगुको रारा जाँदैछन् । उनी शुक्रबार हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले दिउँसो बागलुङको ढोरपाटन अवलोकन गर्ने र त्यसपछि डोल्पाको दुनै बास बस्ने कार्यक्रम छ ।...
‘सन् २०१८ मा विश्व ब्यापारदर ४.४ प्रतिशत रहने’

‘सन् २०१८ मा विश्व ब्यापारदर ४.४ प्रतिशत रहने’

जेनेभा, स्वीट्जरल्याण्ड, ३० चैत । विश्व व्यापार संगठन (डव्लुटिओ) ले बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै सन् २०१८ मा विश्व व्यापार दर ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यो दरमा सन् २०१९ मा केही ह्रास आई चार प्रतिशत कायम हुने आँकलन गरेको छ । व्यापारमा निरन्तर वृद्धि देखिनुमा विश्व अर्थतन्त्रमा विकास र सरकारहरूको उचित व्यापार नीति जिम्मेवार मानिएको डव्लुटिओले आफ्नो बार्षिक प्रक्षेपण प...
अस्पताल भवनको निर्माण कार्य अलपत्र

अस्पताल भवनको निर्माण कार्य अलपत्र

इटहरी, ३० चैत । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत ६ महिनादेखि अघि बढ्न सकेको छैन । उक्त अस्पताल भवन रु चार अर्ब ५० करोडको लागतमा निर्माण थालिएको हो । निर्माण कार्यको सुपरीवेक्षणको जिम्मेवारी दिइएको केज कन्सल्टेन्सीले उक्त भवन निर्माण गर्दा अन्तर्राष्ट्रिय प्रचलनमै नरहेको तीन दशमल...
ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

उर्लाबारी, मोरङ, ३० चैत । बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । को१२प ४६५९ नंको मोटरसाइकललाई को१त ९९१० नंको ट्र्याक्टरले बुधबार राति ठक्कर दिएको थियो । ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार ताप्लेजुङ, मैवाखोला गाउँपालिका–६ बस्...
आरके ज्वेलर्सका मालिक पक्राउ

आरके ज्वेलर्सका मालिक पक्राउ

काठमाडौं, ३० चैत। ३३ किलो सुन प्रकरणमा न्यूरोडस्थित आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य  बिहीबार साझँ काठमाडौंबाट पक्राउ परेका छन्। शाक्यलाई गृह मन्त्रलायले गठन गरेको छानविन समितिले अनुसन्धानका लागि पक्राउ गरेको हो।  डेढ महिना अगाडी ३३ केजी सुन तस्करीमा मोरङका सोनम शाक्यको हत्या पश्चात् अपराध महाशाखाका प्रमुख एसएसपी दिबेश लोहनी, डिसपी प्रजित केसी  र सई बालकृण्ण सन्जेललाई प्रहरी प्रधान कार्याल...
सेनाको हेलिकप्टर खरिदमा पाँच करोडको अनियमितता

सेनाको हेलिकप्टर खरिदमा पाँच करोडको अनियमितता

काठमाडौं, ३० चैत। महालेखा परीक्षकको कार्यालयले नेपाली सेनाको हेलिकप्टर खरिदमा अनियमितता भएको सार्वजनिक गरेको छ। बिहीबार कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५५ औं वार्षिक प्रतिवेदनमा हेलिकप्टर खरिद गर्दा प्रतिष्पर्धा नगराएको, एजेन्ट भएर पनि लुकाइएको तथा मन्त्रिपरिषद्को निर्णय विपरित दुई हेलिकप्टर किन्न फरक(फरक कम्पनी रोजिएको भन्दै अनियमिता भएको देखाइएको हो। सेनाको प्रबन्ध तथा सम...
डा. भट्टराई भारत जाँदै, एक साता उतै रहने

डा. भट्टराई भारत जाँदै, एक साता उतै रहने

काठमाडौं, ३० चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शुक्रबार भारत जाँदै छन् । पत्नी एवम् विदेश विभाग इन्चार्ज हिसिला यमी र बुवा भोजप्रसादसहित भारत जान लागेका डा. भट्टराई एक साता उतै रहने छन् । नयाँ शक्ति पार्टीका अनुसार डा. भट्टराईले केही राजनीतिक कार्यक्रममा सहभागीता जनाउनुका साथै धार्मिक र पर्यटकीय स्थानहरुको भ्रमण पनि गर्नेछन् । मिडिया सेन्टरले दि...
सिधुवामा नयाँ बर्षलाई स्वागत गर्दै प्रभातफेरी

सिधुवामा नयाँ बर्षलाई स्वागत गर्दै प्रभातफेरी

सिधुवा, ३० चैत । धनकुटाको सिधुवा बजारमा नयाँ बर्ष २०७५ लाई स्वागत गर्दै आज बिहान प्रभातफेरी निकालिएको छ । छजोर बैंक तथा बित्तिय सस्था कर्मचारी समुहको आयोजनामा प्रभातफेरी निकालिएको हो । बैंक तथा बित्तिय सस्थाका कर्मचारीहरुको उपस्थितीमा स्थानीय हिलटपबाट सुरु भएको प्रभातफेरीले बजारक्षेत्रको परिक्रमा गरेको थियो । नयाँ बर्षको शुभकामना साटासाट गरी बैंक तथा बित्तिय सस्थाहरुवीच आपसी समझदारी बिका...
नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

तेह्रथुम, ३० चैत।  प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ । पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामका आकर्षक गन्तव्य छोएर नयाँ पर्यटकीय मार्गको विकास र प्रचारका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले साताव्यापी पदयात्रा थालेको हो । मंगलबार काठमाडौँबाट हिँडेको टोलीले बुधबार तेह्रथुमको वसन्तपुर...
अदालतमा भ्रष्टाचार : तीन तलाको भवनमा सात तलाको लिफ्ट !

अदालतमा भ्रष्टाचार : तीन तलाको भवनमा सात तलाको लिफ्ट !

काठमाडौं, ३० चैत। बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ । तीनतले भवनमा ७ तला क्षमताको लिफ्ट डिजाइन गर्नेलाई कारबाही गर्न महालेखापरीक्षकको प्रतिवेदनले निर्देशन दिएको छ । जिल्ला अदालतमा मात्र होइन, सर्वोच्चमै भएको बेथितिबारे पनि महालेखाले लेखेको छ । महालेखाले सर्...
आयल निगम जग्गा खरिद प्रकरण : ६१ करोड राजस्व छली

आयल निगम जग्गा खरिद प्रकरण : ६१ करोड राजस्व छली

काठमाडौं, ३० चैत । नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा करिब सबा ६१ करोड रुपैयाँ राजस्व छली गरेको र १७ गुणा महँगो मूल्य तिरेर अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। निगमले चितवन, रूपन्देही, झापा, सर्लाहीमा दुई अर्ब ३१ करोड रुपैयाँको ९१ बिघा जग्गा खरिद गर्दा ६१ करोड ३४ लाख रुपैयाँ आय कर छली गरेकाले छानबिन गरेर असुल गर्नुपर्ने ठहर महालेखाले गरेको छ।जग्गा खरिद कान...
जुम्लाका मेडिकलमै पाइन्छ लागुऔषध

जुम्लाका मेडिकलमै पाइन्छ लागुऔषध

जुम्ला, ३० चैत ।  जिल्लाका निजी औषधि पसलले लुकिछिपी लागुपदार्थ बेच्ने गरेको पाइएको छ । दुव्र्यसनीमा फसेका धेरै समूहले बाहिरी जिल्लाबाट लागुपदार्थ झिकाएर उपभोग गर्ने गरेको बताइए पनि पछिल्लो समय जिल्लाभित्रकै मेडिकलबाट लागुऔषध किनबेच हुने गरेको छ । मेडिकलहरूले अफिम, कोकिन, हिरोइन तथा ब्राउन सुगरजस्ता प्राणघातक लागुपदार्थ बेच्ने गरेको जुम्लाका डीएसपी डा. तपनकुमार दाहालको भनाइ छ । त...
सरकारबाट चीन भ्रमणको गृहकार्यः परराष्ट्रमन्त्री ज्ञवाली चीन जाने

सरकारबाट चीन भ्रमणको गृहकार्यः परराष्ट्रमन्त्री ज्ञवाली चीन जाने

काठमाडौं, ३० चैत। प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किए लगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ । भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी साता चीन भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवाली आगामी सोमबार चीन प्रस्थान गर्ने तयारीमा जुट्नु भएको छ । दुवै मुलुक वीच विगतमा भएका सहमति/सम्झौता कार्यान्वयनमा भएका प्रगति र प्...
निजी स्कुलले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने

निजी स्कुलले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने

काठमाडौं, ३० चैत। निजी विद्यालयले अब प्रत्येक कक्षाका २५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था गर्न सरकारले तयारी थालेको छ । कान्तिपुर दैनिकका अनुसार शिक्षा मन्त्रालयको अनुरोधमा कानून आयोगले अन्तिम रुप दिएको शिक्षाको अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यससम्बन्धी कानुनको मस्यौदा तयार पारिएको हो । आयोग पदाधिकारी, शिक्षा मन्त्रालय, विभागका सहसचिवहरु, कानुन मन्त्रालय र ...
ऊर्जामा अमेरिकाको १ खर्ब लगानी

ऊर्जामा अमेरिकाको १ खर्ब लगानी

काठमाडौं, ३० चैत। एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । ‘स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब अमेरिकी डलर लगानी गरेर ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ,’ उनले भने, ‘उनीहरूको लगानी प्रस्तावलाई स...
भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

सुरुङ्गा, झापा, ३० चैत ।  आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथरको साबिक रानीगाउँ–५ घर भई हाल बिर्तामोड बस्दै आएका ४५ वर्षीय प्रकाश भनिने दानबहादुर न...
अब खानेकुरासँगै कप, प्लेट र चम्चा पनि खान पाइने

अब खानेकुरासँगै कप, प्लेट र चम्चा पनि खान पाइने

भारत । प्लास्टिकको अत्यधिक प्रयोगका कारण वातावरण र मानव स्वास्थ्यमा परिरहेको नकारात्मक असरबाट जोगाउनका लागि वैज्ञानिकहरुले दिनहुँ नयाँनयाँ प्रयोग र आविष्कार गरिरहेका छन् । सोही क्रममा वैज्ञानिकहरुले प्लास्टिकको प्रयोग हुने केही सामाग्रीहरु यस्तो पदार्थबाट बनाएका छन् जसलाई खान मिल्दछ । भारतको हैदरावादका नारायण पिसपति नामक वैज्ञानिकले अन्नको पिठोबाट चम्चा तयार गरेका छन् । उक्त चम्चा हामीले दिन...
प्रमसँग एडिबीका उपाध्यक्ष भेट

प्रमसँग एडिबीका उपाध्यक्ष भेट

काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियाली विकास बैंकका उपाध्यक्ष वेन्चाइ झाङले भेट गर्नुभएको छ । दुईदिने नेपाल भ्रमणका आउनुभएका झाङले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा  भेट गर्नुभएको हो । उपाध्यक्ष झाङले अहिले नेपाल संघीय संरचनामा प्रवेश गरेको र संघीय संरचना विकासको संक्रमणकालीन अवस्थामा रहेकाले यस अवस्थालाई सफलतापूर्वक अगाडि डोहो¥याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्...
२०७४ चैत ३० गते शुक्रबार/आजको राशिफल

२०७४ चैत ३० गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७४ साल चैत ३० गते। शुक्रबार। इश्वी सन् २०१८ अप्रिल १३ तारिख। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– द्वादशी, ७:३८ बजेउप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्...
मिस नेपाल टप सेभेनमा पुगेकी धनकुटाकी सायराका यस्ता छन् सात तस्वीर

मिस नेपाल टप सेभेनमा पुगेकी धनकुटाकी सायराका यस्ता छन् सात तस्वीर

काठमाण्डौं, ३० चैत । धनकुटाको हिलेकी सायरा लामाले मिस नेपाल–२०१८ को टप सेभेनमा पुग्दै ‘मिस फ्रेण्डसिप अवार्ड’ जितेकी छन् । राजधानीमा सम्पन्न मिस नेपालको ग्रान्ड फिनालेमा टप सेभेनमा पुगेर २२ बर्षीया लामाले यो अवर्ड जितेकी हुन् । प्रतियोगितामा सहभागि २५ जनाबाट छनौट गरी बिभिन्न १२ विधामा प्रदान गरिएको टाईटल अवार्ड मध्ये लामाले उक्त अवार्ड पाएकी हुन् । बुवा वावुराम र आमा प्रमिलाको पहिलो सन्तानका रु...
धनकुटामा अखिल क्रान्तिकारीको सम्मेलन : अध्यक्षमा रखाल निर्वाचित

धनकुटामा अखिल क्रान्तिकारीको सम्मेलन : अध्यक्षमा रखाल निर्वाचित

धनकुटा, २९ चैत । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) को सातौं जिल्ला सम्मेलनबाट पदम रखाल मगर अध्यक्षमा निर्वाचित भएका छन् । बिहीबारराति सम्पन्न सम्मेलनले रखालको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा रविन मग्राती, संगिता कटुवाल, सचिवमा शुक्रराज लिम्बू, सह–सचिवमा सिताराम लिम्बू, सुस्मिता राई र क...
१ नं प्रदेशमा एक अर्बको बजेट प्रस्तुत

१ नं प्रदेशमा एक अर्बको बजेट प्रस्तुत

विराटनगर, २९ चैत । प्रदेश नं १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभाको बैठकमा चालु आवकोे तीन महिनाका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गर्नुभयो । सो बजेटमा चालु खर्च रु ५४ करोड ३४ लाख र पूँजीगत खर्चतर्फ रु ४७ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । सङ्घीय सरकारको अनुदानमा प्रदेश सरकारले आज प्रदेश सभामा प्रस्तुत गरिएको विनियोजित बजेटमा चालु आवका साथै प्...
बालगृहको आवरणमा सबै हिन्दूलाई पादरी बनाउने मिसन !

बालगृहको आवरणमा सबै हिन्दूलाई पादरी बनाउने मिसन !

काठमाडौं, २९ चैत । सबै हिन्दुलाई पादरी बनाउने उद्देश्यका साथ खुलेको संस्थाले समाजकल्याण परिषदमार्फत करोडौं रुपैयाको परियोजना स्वीकृत गराएर काम गरिरहेको खुलेको छ । संविधानले धर्म परिर्वतन गराउनु वा अर्काको धर्ममा खलल पर्ने काम गर्नुलाई दण्डनीय भनेको छ । तर, नयाँ पादरीलाई देशब्यापी रुपमा प्रशिक्षित गर्दै हिन्दू र वुद्धमार्गीलाई क्रिश्चियन बनाउने घोषित उद्देश्य बोकेको अन्तर्राष्ट्रिय गैरसरकारी ...
रारा आउने पर्यटकलाई गाउँमै बास

रारा आउने पर्यटकलाई गाउँमै बास

मुगु, २९ चैत ।  आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ । रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह (डाँफे होटल) र अर्को पाहुना घर(भिलेज हेरिटेज रिसोर्ट)ले रारा आउने पर्यटकलाई खाने बस्नेलगायत व्यवस्था धान्न नसक्ने भएकाले उनीहरुलाई जिल्ला समन्वय समितिले गाउँमै बासको व्यवस्था मिलाउने भएको छ...
महेन्द्रनगर युनाइटेडलाई हराउँदै काठमाडौं गोल्डेन्स डीपीएलको फाइनलमा

महेन्द्रनगर युनाइटेडलाई हराउँदै काठमाडौं गोल्डेन्स डीपीएलको फाइनलमा

कैलाली, २९ चैत।  काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउँदै धनगढी प्रमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै काठमाडौं फाइनल प्रवेश गरेको हो। काठमाडौं गोल्डेन्सले शुक्रबार हुने फाइनलमा टिम चौराह धनगढीसँग फाइनल खेल्नेछ। खेल मध्यान्ह १२ः३० मा हुनेछ। टस हारेर ब्याटिङमा आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट...
सेक्स पावर बढाउने सुईले युवतीको ज्यान लियो

सेक्स पावर बढाउने सुईले युवतीको ज्यान लियो

भारतको महाराष्ट्रकम आफ्ना प्रेमीसँग एक होटलमा पुगेकी युवतीको सेक्स पावरको औषधीको अधिक मात्राका कारण मृत्यु भएको भारतीय समाचार माध्यमले बताएको छ । स्रोतका अनुसार सूई लगाउने बित्तिकै युवतीको स्थिती बिग्रिएपछि उनका प्रेमीले उनलाई होटलमा नै छोडी फरार भएका थिए । पुलिसले उनको खोजी गरिरहेको बताएको छ । पुलिसका अनुसार भारतको अमृतनगरस्थित रशिद कम्पाउन्डमा बस्ने २९ वर्षीया युवती गत आइतबार अशोका होटल पुगे...
अवैध भारु सहित पक्राउ परेका दुई व्यक्ति सार्वजनिक

अवैध भारु सहित पक्राउ परेका दुई व्यक्ति सार्वजनिक

काठमाडौं, २९ चैत । प्रहरीले अवैध भारु नोट बोकेका दुई जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले काठमाडौंको लाजिम्पाटबाट उनीहरुलाई अबैध भारु नोट सहित पक्राउ गरेको थियो । विहिबार विहान पक्राउ परेका उनीहरूलाई प्रहरीले दिउँसो सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षीय सुनिलदेव वैश्य र नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय चेतबहादुर ने...
सार्वजनिक बिदा दुई दिन थप

सार्वजनिक बिदा दुई दिन थप

विराटनगर, २९ चैत। प्रदेश-१ सरकारले केन्द्र सरकारले कटौती गरेको सार्वजनिक बिदामा दुईदिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बिदासम्बन्धी निर्णय गरेको हो। थप बिदामा आदिवासी जनजाति दिवस र हिन्दूको चाड जनैपूर्णिमा रहेको छ। यस्तै, मन्त्रिपरिषद्को बैठकले छठ पर्वका दिन पनि प्रदेशभरि बिदा दिने निर्णय गरेको छ।  केन्द्र सरकारले भने छठ मनाउने जिल्लाहरूमा मात्रै बिदा दिने निर्णय गरेको थियो। यस्...
error: Content is protected !!