- बिनोद बिष्ट/संगालोखबर

काठमाण्डौं, २८ चैत । श्रृङ्खला खतिवडाले ‘मिस नेपाल २०१८’ को उपाधि जितेकी छिन् । राजधानीको अन्नपूर्ण होटलमा बुधबार राति भएको ग्रान्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई उछिन्दै हेटौंडाकी २२ बर्षीय खतिवडाले उपाधि जितेकी हुन् ।

Advertisement

खतिवडाले उपाधि जितेसँगै ‘मिस वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत पाएकी छिन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराएकी छन् । ग्रान्ड फिनालेमा २० देखि २४ बर्ष उमेर समुहका प्रतिस्प्रधि सहभागि थिए ।

गोरखाकी मनिता देवकोटा मिस नेपाल यूनिभर्स, काठमाण्डौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाण्डौंकै २२ बर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!