संगालोखबर सम्वाददाता

विराटनगर, २९ चैत । उपचार गर्ने पैसा नहुँदा मोरङको सुन्दरहरैचा–१० की ६० बर्षीया छलमाँया श्रेष्ठलाई बाँच्ने आसा थिएन । मस्तिष्क भित्रको नसा फुटेकी छलमाँयाको अप्रेशन गर्ने पैसा अभाव हुँदा परिवारले पनि उनलाई माँया मारिसकेको थियो ।

तर, विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले उनको निःशुल्क अप्रेशन गरेपछि श्रेष्ठ परिवारको यो पीडा खुशीमा बदलिएको छ । उपचार गर्ने पैसा नभएर मायाँ मारिसकेको मान्छेलाई नोबेलले निःशुल्क उपचार गरेर बचाएको भन्दै छलमाँयाका श्रीमान जब्बरबहादुरले खुःशी ब्यक्त गरेका छन् ।

Advertisement

आफ्नो नाममा एक धुरसमेत जग्गा नभएको श्रेष्ठ परिवारले छलमाँयालाई सस्तो उपचारको खोजिमा धेरैवटा अस्पताल पुर्याएको थियो । चैत २ गते एन्यूरिजम फुटेर बेहोस भएपछि उनलाई तत्काल नोबेल अस्पताल ल्याईयो ।

विरामी छलमाँया श्रेष्ठ ।

नोबेलमा अप्रेशन गर्नुपर्छ भनेपछि अप्रेशन नगरी सस्तो मुल्यमै उपचार हुन्छ कि भन्ने आसामा उनलाई आर्युवेदिक उपचारका लागि भारतको खरैयाको एक अस्पताल लगियो । त्यहा पनि पार नलागेपछि विराटनगरको न्यूरो अस्पताल ल्याईएको भएपनि न्यूरोमा उपचार नभएपछि भारतको सिलगुढी स्थित प्याराउण्ट हस्पिटल लगियो ।

तर, अप्रेशनसहित पूर्ण उपचारका लागि करिव १० लाख खर्च लाग्ने बताएपछि उपचार गर्न नसक्ने भएर उनलाई त्यसै फर्काईयो । अर्काको खेत जोतेर जिविका गर्दै आएको श्रेष्ठ परिवारले जोडजाम गरेको करिव ५ लाख पैसा सस्तो उपचारको खोजिमा अस्पताल चाहर्दा–चाहदै सकियो । तर, उपचार नपाउँदा छलमाँयाको अवस्था भने झन–झन नाजुक बन्दै गएको थियो ।

पैसा नभएर उपचार गर्न नसकेको थाहा पाएपछि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले छलमाँयाको निःशुल्क उपचारको ब्यवस्था मिलाईदिएका हुन् । उनको घरैमा पुगेर डा.शर्माले निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएका थिए ।

विरामीको घरमा पुगेका डा.सुनिल शर्मा ।

‘उपचार गर्ने पैसा नहुँदा श्रीमतिलाई मायाँ मारेको थिए ।’ श्रीमान जब्बरबहादुरले भने ‘सुनिल शर्माले हाम्रो पीडा बुझिदिनाले मृत्युको मुखमा पुगेको मान्छे फर्ता पाएका छौ ।’

छलमाँयालाई निःशुल्क उपचारका लागि स्थानीय भीमबहादुर पाण्डे लगायतले सहयोगी भूमिका निर्वाह गरेका थिए । नोबेलले १ लाख ८३ हजार बरावरको उपचार निःशुल्क गरेको हो ।

नोबेल अस्पतालले छलमाँया जस्ता हजारौं विपन्न बिरामीको निःशुल्क उपचार गरिसकेको छ । विपन्न विरामी मुल्यांकन गरी दैनिक ५ लाख वरावरको निःशुल्क उपचार गर्ने गरिएको नोबेल अस्पताल सञ्चालक डा.शर्माले जानकारी दिएका छन् ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!