कनकाई नगरपालिका विद्युत् चुहावटमुक्त नगर घोषणा

कनकाई नगरपालिका विद्युत् चुहावटमुक्त नगर घोषणा

झापा, कनकाई, २६ फागुन । झापाको कनकाई नगरपालिका आजबाट पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस नगरपालिकालाई पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा गर्नुभएको हो । नगरपालिकाको गत माघ १६ गतेको नगरपरिषद्को निर्णयअनुसार आजबाट पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा गर्ने नेपालकै पहिलो नगरपालिकाका रुपमा स्थापित भएको छ । ...
संविधान कार्यान्वयनमा प्राथमिकता– सभामुख महरा

संविधान कार्यान्वयनमा प्राथमिकता– सभामुख महरा

काठमाडौँ, २६ फागुन । नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकले उहाँ सभामुखमा निर्वाचित भएको औपचारिक घोषणापछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधान कार्यान्वयनका लागि आवश्यकपर्ने कानून निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सभामुख महराल...
सुशासन र समृद्धि हाम्रो प्राथमिकताः मुख्यमन्त्री राई

सुशासन र समृद्धि हाम्रो प्राथमिकताः मुख्यमन्त्री राई

काठमाडौँ, २६ फागुन। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यो प्रदेशलाई नमूना प्रदेशको रूपमा विकास गर्ने बताउनुभएको छ । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले भ्रष्टाचार, दण्डहिनता र आपराधिक क्रियाकलापको अन्त्य गर्दै प्रदेश नं १ लाई सुशासन र समृद्धिकोे बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “प्रदेश नं १ मा ठूला÷ठूला उद्योग, कलकारखाना स्थापना गर्न सकिन्छ, आयोजना स...
दीपक लिम्बुले तताए धनकुटा

दीपक लिम्बुले तताए धनकुटा

धनकुटा, २६ फागुन । धनकुटा महोत्सवमा शुक्रबार साँझ प्रथम नेपाली तारा दीपक लिम्वुको सांगीतिक प्रस्तुतिले दर्शक खचाखच थिए । ‘मुटु माग्यौ तिमीले मैले बाच्नु पर्छ, सिम्पल सिम्पल कान्छिको डिम्पल पर्ने गाला’ जस्ता करिव आधा दर्जन चर्चित गीत गाएका लिम्बुले दर्शकको राम्रो साथ पाए । सोहि मौकामा उनले आफ्नो नयाँ एल्वमको गीतसमेत गाउन भ्याए । दर्शकको वाक्लो उपस्थितीले महोत्सव स्थल तल्लो टुडिखेल खचाखच हुँदा आयोज...
स्थानीय तहका पदाधिकारीले पाउने सेवासुविधाबारे ऐनको मस्यौदा बन्दै

स्थानीय तहका पदाधिकारीले पाउने सेवासुविधाबारे ऐनको मस्यौदा बन्दै

धनगढी, २६ फागुन ।  प्रदेश नं ७ सरकारले स्थानीय तहका पदाधिकारीले पाउने सेवासुविधा तोक्ने विषयमा ऐनको मस्यौदा बनाउन थालेको छ । मस्यौदा तयार पार्ने जिम्मा आर्थिक मामिला तथा योजना मन्त्रालयलाई दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रदीपराज कँडेलले बताउनुभयो । प्रदेश सरकारले फोहरमैलाको व्यवस्थापन, स्वास्थ्य क्षेत्रको प्रवद्र्धन, खानेपानीको व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणलगायतमा...
विश्वकप छनोट : नेपालले आज अफगानिस्तानको सामना गर्ने

विश्वकप छनोट : नेपालले आज अफगानिस्तानको सामना गर्ने

काठमाडौँ, २६ फागुन । आइसिसी विश्वकप छनोटका लागि जिम्बाब्वे भ्रमणमा शनिबार (अाज) अफगानिस्तानविरुद्ध प्रतियोगिताको तेस्रो खेल खेल्दा सुपर सिक्सको प्रारम्भिक लक्ष्य हासिल गर्ने झिनो आशा कायम राख्न पनि नेपाली राष्ट्रिय टोलीसामू जितको विकल्प हुने छैन। प्रतियोगितामा दुई खेल खेलेको नेपाल र तीन खेल खेलेको अफगानिस्तान अहिलेसम्म अंक बिहिन छन्। छनोट प्रतियोगिता सुरू हुनुअघि प्रमुख दाबेदारको रुपमा हेरिएको नव...
द्वन्द्वग्रस्त मुलुक सिरियामा ५ सयभन्दा बढी नेपाली युवती

द्वन्द्वग्रस्त मुलुक सिरियामा ५ सयभन्दा बढी नेपाली युवती

काठमाडौँ,२६ फागुन । द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासमा आए पनि मृत्युको कारण अझै खुल्न सकेको छैन । सिरिया पुगेर सोधखोज गर्ने अवस्था नेपाली नियोग प्रतिनिधिको छैन । उनको शव स्थानीय अस्पतालमा बेवारिस छ । ८ महिनाअघि पनि सिन्धुपाल्चोककी माया तामाङको सिरिया...
भारतको सर्वोच्च अदालतद्धारा ‘इच्छामरण’ लाई सशर्त मान्यता

भारतको सर्वोच्च अदालतद्धारा ‘इच्छामरण’ लाई सशर्त मान्यता

नयाँदिल्ली,२६ फागुन ।  भारतको सर्वोच्च अदालतले ‘इच्छा मरण’लाई सशर्त मान्यता दिने फैसला शुक्रबार सुनाएको छ । आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले इच्छामरण गर्न पाउने फैसला सुनाएको हो । सर्वोच्च अदालतले स्थायी रुपमै निस्क्रिय हुने र केही बताउन नसक्ने अवस्थाको विरामीले इच्छामरणका लागि पहिले नै आफन्त मार्फत् अनुमति दिन सक्ने उल्लेख गरेको छ । अचेतन अवस्थामा...
प्रज्ञा–प्रतिष्ठान सातै प्रदेशमा हुनुपर्छः मुकारुङ

प्रज्ञा–प्रतिष्ठान सातै प्रदेशमा हुनुपर्छः मुकारुङ

काठमाडौँ, २६ फागुन ।  कला, भाषा, साहित्य र दर्शनको उत्थानका लागि छ दशकअघि स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा साहित्यकासाथै देशका अन्य मातृभाषाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । भाषा, साहित्य, संस्कृति, अनुवाद, दर्शनशास्त्रजस्ता ११ विभाग रहेको प्रज्ञा–प्रतिष्ठानले विशेष गरी भाषा र साहित्यसम्बन्धी अनुसन्धान तथा शोधलाई प्राथमिकतामा राखी काम गर्दै आएको छ । प्...
तेह्रथुम आगलागी: खरानीमा गहना खोज्दै पीडित

तेह्रथुम आगलागी: खरानीमा गहना खोज्दै पीडित

तेह्रथुम,२६ फागुन ।  लालीगुराँस नगरपालिका ८ सोल्मा कालीमाटीका ४२ वर्षीय लक्ष्मी अधिकारीको परिवार आगलागी भएको चार दिनसम्म पनि आफ्नो ३ तोला सुनको गहना खरानीमा खोजिरहेको छ । सम्पतीको नाममा भएको जम्मा ३ तोला सुन पनि जलेपछि यो परिवारको बिजोग भएको छ । उनीहरू खरानी भएको घरको आगनमा थुप्रिएको माटोमा गहना खोजिरहेका छन् । केही वर्षअघि आगलागीमा परेर सर्वस्व गुमाएका लोकनाथ न्यौपानेको पनि सोही आगोले जीवनभर ज...
अण्डाभित्र अण्डा भेटिएपछि…

अण्डाभित्र अण्डा भेटिएपछि…

कुखुरा पहिले कि अण्डा भन्ने प्रश्नको उत्तर अहिले पनि रहस्यमै छ । तर यो अण्डाको विषयमा फेरि अर्को रहर थपिएको छ । यो पटक कुखुराको यस्तो अण्डा भेटिएको छ जसभित्र अर्को अण्डा फेला परेको छ । अष्ट्रेलियाको स्टागमेन्स एग्स फार्ममा एउटा यस्तो अनौठो अण्डा पार्यो त्यहाँको कुखुराले । त्यो अण्डा अरु सामान्य अण्डाभन्दा तिनगुणा ठूलो थियो । जब त्यो अण्डालाई फुटाइयो त्यसभित्र त अर्को सामान्य आकारको अण्डा पो फेला ...
वायु प्रदूषणबाट ३५ हजारको मृत्यु

वायु प्रदूषणबाट ३५ हजारको मृत्यु

विराटनगर, २६ फागुन। वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायू प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव मृत्युको प्रमुख कारकका रुपमा देखिएको जानकारी दिइएको छ । प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले विश्वव्...
बच्चा बढी जन्माउनेलाई भत्ता !

बच्चा बढी जन्माउनेलाई भत्ता !

काठमाडौँ,२६ फागुन । मुलुकको अधिकांश भागमा गरिबी र भोकमरीका कारकका रुपमा ठूलो परिवार र रोजगारको अवसर कम हुनुलाई लिइन्छ । तर इलाम नगरपालिकाले भने अन्य नगरपालिकाभन्दा पृथक रणनीति तय गरेको छ । राजधानी दैनिक लेख्छ– जनसंख्या वृद्धिदर घटेको भन्दै नगरपालिकाले जति बढी सन्तान जन्मायो उति नै बढी भत्ता दिने निर्णय गरेको छ । बसाइँ सराइ, व्यस्त जीवनशैली र सुविधाभोगी चरित्रका कारण जनसंख्या वृद्धिद्धर घटेको न...
कटौती हुँदै सार्वजनिक बिदा, १०५ बाट ८४ मा झार्न प्रस्ताव

कटौती हुँदै सार्वजनिक बिदा, १०५ बाट ८४ मा झार्न प्रस्ताव

काठमाडौं, २६ फागुन । गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ । धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१ दिन कटौती गर्ने प्रस्ताव गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ । समाचार अनुसार, सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक बिदा दिँदै आएको छ । गृहले अब यो बिदामा २१ दिन कटौती गर...
छ लेन सडकमा ८० जनाको मृत्यु

छ लेन सडकमा ८० जनाको मृत्यु

भक्तपुर, २६ फागुन।  अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि सूर्यविनायकसम्मको छ लेन सडकखण्डमा पाँच वर्षमा भएको दुर्घटनामा ८० जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार सो अवधिमा चार हजार ६६२ सवारीसाधन दुर्घटना हुँदा १०६ गम्भीर घाइते र एक हजार ६१९ सामान्य घाइते भए । चालू आवको फागुन महिनाभित्र मात्र १७ जनाको मृत्यु भइसकेको छ । चारदोबाटो, सूर्यविनायकलगायत स्थानमा दिनहुँ दु...
२०७४ फागुन २६ गते शनिबारको राशिफल

२०७४ फागुन २६ गते शनिबारको राशिफल

वि.सं. २०७४ साल फागुन २६ गते। शनिबार। इश्वी सन् २०१८ मार्च १० तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– अष्टमी, ७:२२ बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्...
धनकुटा महोत्सव: छ दिनमा एक करोडको कारोबार, ५० हजारले गरे अवलोकन

धनकुटा महोत्सव: छ दिनमा एक करोडको कारोबार, ५० हजारले गरे अवलोकन

धनकुटा, २५ फागुन । धनकुटामा जारी प्रादेशिक औधोगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सवमा छैठौ दिनसम्म एक करोड वरावरको आर्थिक कारोवार भएको छ । यो अवधिमा करिव ५० हजार आन्तरीक तथा बाह्य पर्यटकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवमा साँझ बढी आन्तरीक पर्यटक पुग्ने गरेका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुतिमा दर्शकको बढी आकर्षण पाईएको प्रचार समिति संयोजक बि...
देश र जनताको अहितमा कुनै काम गर्दिन: प्रधानमन्त्री ओली

देश र जनताको अहितमा कुनै काम गर्दिन: प्रधानमन्त्री ओली

काठमाडौँ, २५ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताउनुभएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलको नेतृत्वमा गएको समूहको ज्ञापनपत्र आज बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकाले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभूति गराउने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “सर...
शिक्षामा बीस प्रतिशत बजेट विनियोजन हुन्छ: रक्षामन्त्री

शिक्षामा बीस प्रतिशत बजेट विनियोजन हुन्छ: रक्षामन्त्री

काठमाडौँ, २५ फागुन ।  रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत रकम विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले समृद्धि र विकासको यात्राका लागि ज्ञान, क्षमता र योग्यतामा आधारित नीति र शिक्षाका लागि बजेट वृद्धि गरिने बताउनुभएको हो । हाल शिक्षामा करिब १० प्रतिशत मात्र बजेट छ । उहाँले ...
‘ट्रम्प र किमबीच हुने भेट सकारात्मक’

‘ट्रम्प र किमबीच हुने भेट सकारात्मक’

वासिङ्टन, अमेरिका, २५ फागुन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच हुने ऐतिहासिक पहिलो भेटका लागि अमेरिकी राष्ट्रपति ट्रम्प सहमत हुनुभएको छ । दुई नेताबीच हुने भेटको यूरोपेली संघ (इयू), रसिया लगायत विश्व समुदायले स्वागत गरेको छ । उत्तर कोरियाको आणविक हतियारप्रतिको आकर्षण र लगातारका परीक्षणका कारण प्योङयाङसँग वासिङ्टन लगायतका विश्व समुदाय रुष्ट बनिरहेका समय भेट...
थ्री स्टारलाई हराउँदै झापा ११ फाइनलमा

थ्री स्टारलाई हराउँदै झापा ११ फाइनलमा

सुरुङ्गा (झापा),२५ फागुन  । घरेलु मैदानमा रुस्लान थ्रीस्टार क्लवलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै झापा ११ ले फाइनलको यात्रा तय गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको तेस्रो संस्करणअन्तर्गत आज भएको पहिलो सेमिफाइलन खेलमा थ्रीस्टारलाई पराजित गर्दै झापा ११ फाइनलमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि प्रतियोगिताको निर्णय टाइब्रेकरबाट लिइएको थ...
राष्ट्रपतिमा भण्डारीलाई राजपाको समर्थन

राष्ट्रपतिमा भण्डारीलाई राजपाको समर्थन

काठमाडौँ, २५ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा नेकपा(एमाले)का उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ । राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ । सत्ता नेतृत्वकर्ता ए...
माध्यमिक तहसम्म अनिवार्य र निःशुल्क शिक्षाबारे गृहकार्य हुँदै

माध्यमिक तहसम्म अनिवार्य र निःशुल्क शिक्षाबारे गृहकार्य हुँदै

ललितपुर, २५ फागुन ।  सरकारले माध्यमिक तहसम्म अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन गराउन गृहकार्य गर्दैछ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) को बाह्रौँ राष्ट्रिय साधारणसभाको उद्घाटन गर्दै रक्षामन्त्री ईश्वर पोखरेलले छ महिनाभित्र पात्रोमा आधारित भएर नयाँ शिक्षा नीति र कार्ययोजना बन्ने जानकारी दिनुभयो । सीपमूलक र व्यावहारिक शिक्षा सरकारको प्राथमिकतामा रहेकोे बताउँदै उहाँले भन्न...
मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान कार्य शुरु

मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान कार्य शुरु

वीरगञ्ज, २५ फागुन । नेपाल सरकारको प्राथमिकतामा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान गर्ने काम शुरु भएको छ । सीमावर्ती शहर भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२०६ किमी लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको जिम्मा पाएको भारतीय कम्पनी लिखिया इन्फ्रास्ट्रक्चरका प्राविधिकले पाइप जोड्ने काम शुरु गरेका छन् । पन्ध्र महिनाभित्र पाइपलाइन विस्तार गर्ने लक्ष्य लिएको सिमरास्थित पेट्रोलियम प...
मोरङका नाका साँझदेखि बन्द हुने

मोरङका नाका साँझदेखि बन्द हुने

विराटनगर, २५ फागुन । सीमावर्ती भारत विहारको अररिया जिल्लामा हुन लागेको लोकसभाको सदस्य पदको उपनिर्वाचनका कारण आज साँझ ६ बजेदेखि ४८ घण्टाका लागि सीमा नाका बन्द हुने भएको छ । अररियासँग जोडिएको मोरङको सीमावर्ती क्षेत्रका साथै सुनसरी जिल्लाको आधा सीमावर्ती क्षेत्रमा आज साँझ ६ बजेदेखि आइतबार साँझ ६ बजेसम्म आवागमन पूर्णरुपले बन्द हुने मोरङका प्रजिअ रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।
बलात्कृत बालिकाको स्वास्थ्यवस्थाबारे जानकारी

बलात्कृत बालिकाको स्वास्थ्यवस्थाबारे जानकारी

काठमाडौँ, २५ फागुन ।  गृहमन्त्री रामबहादुर थापाले गत हप्ता पर्सामा बलात्कारमा परेकी एक बालिकाको स्वास्थ्यावस्थाबारे आज जानकारी लिनुभएको छ । मन्त्री थापाले बालिका उपचाररत राजधानीको ग्रिनसिटी अस्पतालमा पुगी स्वास्थ्यावस्थाबारे जानकारी लिँदै घटनामा संलग्न अपराधीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गृहमन्त्रीले बालिकाको उपचारमा कुनै कमी नगर्न आग्रह गर्दै उनको उपचारमा सरकारबाट सहयोग ह...
मुख्य मन्त्री गुरुङद्वारा विश्वासको मत प्राप्त

मुख्य मन्त्री गुरुङद्वारा विश्वासको मत प्राप्त

पोखरा, २५ फागुन ।  प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि गर्नुभएको प्रस्तावमा ४१ जनाले उहाँको पक्षमा मतदान गर्नुभयो भने १७ जनाले विपक्षमा मतदान गर्नुभएको थियो । साठी सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्नेमा यस प्रदेशमा वाम गठबन्धनका तर्फबाट नेक...
दोहोरो सुविधा लिने भूकम्पपीडितबाट अनुदान फिर्ता गरिने

दोहोरो सुविधा लिने भूकम्पपीडितबाट अनुदान फिर्ता गरिने

काठमाडौँ, २५ फागुन।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोहोरो सुविधा लिने भूकम्पपीडितसँग अनुदान रकम फिर्ता गर्ने भएको छ । गैरसरकारी संस्थाबाट रकम प्राप्त गर्ने र कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सरकारी अनुदानप्राप्त लाभग्राहीको अलग अलग विवरण तयार पार्न जिल्ला समन्वय समितिको सचिवालयलाई पत्राचार गरिएको प्राधिकरणका सहायक प्रवक्ता डा भीष्मकुमार भुसालले राससलाई जानकारी दिनुभयो । “दुवै सूची आएपछ...
बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो

बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो

कपिलवस्तु २५ फागुन । पुरातात्विक एवं धार्मिक महत्वको प्रसिद्ध लुम्बिनी ग्राम भगवान शाक्यमुनि गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर परिचित छ । बुद्धको जन्मस्थल मायादेवी मन्दिर र बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारांै संख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्मका अनुयायी तथा अन्य हिन्दू लुम्बिनी पुग्छन् । तर, नजिकको तीर्थ हेला भने झैं शाक्यमुनि बुद्धजत्तिकै महत्वका अन्य दुई बु...
दक्षिण कोरियाली राष्ट्रपति भन्नुहुन्छ– अमेरिका कोरिया वार्ता ऐतिहासिक

दक्षिण कोरियाली राष्ट्रपति भन्नुहुन्छ– अमेरिका कोरिया वार्ता ऐतिहासिक

सोल, २५ फागुन।  दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच हुने भनिएको वार्ता एक ऐतिहासिक उपलब्धि हो भन्नुभएको छ । उहाँले भन्नुभयो– यो एक वास्तविक उपलब्धि हो र यसबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि ठूलो सघाउ पुग्नेछ । मैले भर्खरै सुनेँ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता उन आगामी मे महिनाभित्...
एकै समय दुईतिर काम गर्ने डाक्टरलाई कारबाहीको चेतावनी

एकै समय दुईतिर काम गर्ने डाक्टरलाई कारबाहीको चेतावनी

 काठमाडौँ, २५ फागु।  मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ । भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढवा दिने चिकित्सा सेवाका विकृति अन्त्य गर्न आफूले चाँडै नै मन्त्रिणपरिषद्मा एक प्रस्ताव प्रस्तुत गर्ने घोषणा पनि उहाँले गर्नुभएको छ । मातृशिशु समाज नेपालको द्विदिवसीय एघारौ सम्मेलन...
error: Content is protected !!