संसद्मा उठ्यो कैलाली घटनाका दोषीमाथि कारबाहीको माग
काठमाडौँ, २७ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कैलाली घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभएको छ ।
कैलालीको घोडाघोडी नगरपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको निर्मम यातनामा संलग्नलाई कडा कारबाही हुनुपर्नेमा संसद्मा आज विशेष महत्व पाएको हो ।
एक्काइसौँ शताब्दीमा पनि महिलामाथि बोक्सीको आरोपमा कुटपिट भएको र दुव्र्यवहार भएको भन्...






























