काठमाडौँ, ९ वैशाख । ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा आज शंकास्पद वस्तु विस्फोटन भएको छ ।

अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले जनाएको छ ।

Advertisement

विष्फोटबाट पर्खाल भत्किनुका साथै झ्यालका सिसा फुटेका छन् ।

घटनास्थलमा थप दुई शंकास्पद वस्तु भेटिएकाले नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको महानगरीय प्रहरी कार्यालय, ललितपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!