एजेन्सी

काठमाडाैँ ९ वैशाख। भारत सरकारले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजायँ दिने अध्यादेशलाई स्विकृती दिएको छ । केन्द्रीय क्याबिनेटले १२ वर्षसम्मका बालिकालाई बलात्कार गरेको दोषी पाइएमा मृत्युदण्ड दिइने कार्यकारी आदेश अनुमोदन गरेको हो ।

Advertisement

आधिकारिक स्रोतका अनुसार आपराधिक कानूनमा संशोधन सम्बन्धी यो अध्यादेशमार्फत दोषीलाई मृत्युदण्डका लागि भारतीय दण्ड संहिता, प्रमाण व्यवस्था, आपराधिक प्रक्रिया संहिता र लैंगिक अपराधमार्फत बालबालिका संरक्षण कानून (अर्थात पोक्सो एक्ट) मा नयाँ प्रावधान ल्याइने छ ।

भारतमा श्रृङ्खलाबद्ध रुपमा भइरहेको बलात्कारका घटनाका कारण सरकारको कडा आलोचना भइरहेका बेला यस्तो निर्णय गरिएको हो ।भारतको दण्ड संहितामा गरिएको पछिल्लो संशोधन १२ वर्षमुनिका बालिकालाई बलात्कार गर्ने जोकोहीका हकमा लागू हुनेछ ।

केही समय अघि जम्मू कश्मिरको कठुआमा ८ वर्षीया बालिका र गुजरातको सूरतमा बालिकालाई बलात्कारपश्चात् हत्या गरिएको थियो । उत्तर प्रदेशको उन्नावमा पनि एक बालिकामाथि बलात्कारको घटना सार्वजनिक भएको थियो । कठुआ र उन्नाव मुद्दामा देशभरी विरोध प्रदर्शन भयो र पोक्सो कानूनमा कडा प्रावधानको माग उठ्यो ।

सन् २०१६ मा बालिका बलात्कारसम्बन्धि झण्डै १९ हजार घटना भारतमा दर्ता भएको सरकारी आँकडाले देखाउँछ । अर्थात्, प्रत्येक दिन ५० भन्दा बढि त्यस्ता घटना दर्ता भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!